npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

न्युज अफ नेपाल 10 hours ago

काठमाडौँ।

फाल्गुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने जनाएकाे हाे ।

चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। मंगलबार साँझ ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुने भएकाे छ । बेलुका ७ बजेर ४ मिनेटमा चन्द्रग्रहण सकिने उनकाे भनाइ छ।

नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिने भएकाे छ। चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने र आँखालाई असर नगर्ने खगोलविद्ले बताएका हुन् । खुला ठाउँबाट पनि नाङ्गो आँखाले हेर्न सकिन्छ । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायतका कर्म गर्ने शास्त्रीय परम्परा छ ।

मंगलबार बिहान ९ बजेदेखि बेलुका ७ बजेर ४ मिनेटसम्म भोजन गर्न नहुने भनिए पनि बालबालिका, रोगी, अशक्त, वृद्ध-वृद्धा लगायतलाई नियम पालना अनिवार्य छैन । यसपछि २०८४ सालमा खण्डग्रास सूर्यग्रहण देखिने आज बेलुका खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएकाे हाे ।

Read more news from News of Nepal

Explore by Source or Category