News of Nepal
मौन अवधिमा पनि मतदाता भेट्दै उम्मेदवार गजुरेल
न्युज अफ नेपाल
|
5 hours ago
सिन्धुली ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधि लागू भइसकेपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी का सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेल मतदाता भेटघाटमा संलग्न भएको पाइएको छ ।
आज बिहान करिब १० बजे कमलामाई नगरपालिका–४ हिरापानी चेकपोस्ट नजिकै उम्मेदवार गजुरेल प्रत्यक्ष रूपमा मत माग्दै गरेको अवस्थामा भेटिएको हो । उक्त दृश्य नेपाल समाचार पत्र सिन्धुलीका संवाददाता बुद्ध नेपालीले तस्बिरमा कैद गरेका छन् ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै पनि उम्मेदवार वा राजनीतिक दलले मतदातासँग भोट माग्ने, प्रचार–प्रसार गर्ने वा प्रभाव पार्ने गतिविधि गर्न नपाउने व्यवस्था रहेको छ । यस सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।