npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

न्युज अफ नेपाल 5 hours ago

लोमान्थाङ ।

लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको ग १ च ६५२४ नम्बरको गाडीबाट ३० बरामद भएको छ।

प्रहरीका अनुसार मौन अवधिको समयमा लोमान्थाङतर्फ जाँदै गरेको उक्त गाडीलाई चराङ क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। जाँचका क्रममा गाडीभित्र काँग्रेसको झण्डामा बेरिएको अवस्थामा ३० लाख नगद फेला परेको बताइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद रकमको स्रोत तथा उद्देश्यबारे स्पष्ट हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।
वडाध्यक्ष नवाकुङ्गा लामा फरार भएको स्थानीयले बताएका छन् ।

Read more news from News of Nepal

Explore by Source or Category