इन्द्र कमल रोक्का
|
7 hours ago
काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित आज चारजनालाई नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपालले सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने ३३ वर्षीय थापालाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरिएको जनाएको छ ।
इन्द्र कमल रोक्का
|
7 hours ago
काठमाडौं । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पारे ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडाैं । नेपालमा गुगल वर्कस्पेसको अधिकृत प्रत्यक्ष रिसेलरका रूपमा कार्यरत टेलि डिजिटल सर्भिसेस प्रा.लि.ले अनधिकृत गुगल वर्कस्पेस सदस्यतासँग सम्बन्धित खाता निलम्बनका घटनाहरू बढ्दै गएपछि देशभरका संस्थालाई तत्काल सतर्कता अपनाउन आग्रह गरेको छ ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिउँसो ३ः३४ मिनेटमा चन्द्रग्रहणले स्पर्श गरेको समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको छ । कम्पनीले आदर्शनगर, वीरगन्ज तथा अर्विट मल, शिवचोक, जनकपुरमा दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये ९५ लाई स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा ६२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण संकटमा परेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले इमर्जेन्सी रेस्पोन्स टिम गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार टोलीमा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधि सहभागी छन् । मन्त्रालयका सहसचिव श्री लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कुवेत, दुबई, एर्बिल लगायतका स्थानमा ट्रान्जिटमा रहेका नेपाली सुरक्षित छन् ।
इन्द्र कमल रोक्का
|
8 hours ago
भक्तपुर । नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ ।
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौंबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाइरहेका छन् । दिनहुँ विमानस्थल पुग्छन्, उडान रद्ध भएको सूचना पाएसँगै निराश भएर फर्किन्छन् ।
इन्द्र कमल रोक्का
|
9 hours ago
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतनाको निरीक्षण गरेका छन्। मंगलबार नारायणहिटीस्थित उपत्यका पृतना भ्रमणका क्रममा प्रधानसेनापतिले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थासहित समग्र वस्तुस्थिति प्रतिवेदन प्राप्त गरेका थिए। निरीक्षणको क्रममा उनले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन र आवश्यक व्यवस्थापन सुनिश्चित गर्न निर्देशन दिएका छन्।
इन्द्र कमल रोक्का
|
9 hours ago
इन्द्र कमल रोक्का
|
9 hours ago
सिद्धार्थनगर (रुपन्देही) । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार हुने निर्वाचन प्रक्रियाअन्तर्गत मौनअवधि सुरु भइसकेको अवस्थामा खटिएका कर्मचारी निर्वाचन सामग्री लिई तोकिएको मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको हो ।
इन्द्र कमल रोक्का
|
10 hours ago
काठमाडौँ । महोत्तरीमा शंकास्पद वस्तु फेला परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास र धनुषाको लालबन्दी जोड्ने रातो पुलमा दिउँसो करिब ३ बजेतिर शंकास्पद वस्तु भेटिएको हो। पुलमाथि शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त वस्तु करिब २ घण्टापछि गोरखनाथ गणको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।
इन्द्र कमल रोक्का
|
10 hours ago
इन्द्र कमल रोक्का
|
10 hours ago
काठमाडौं । सर्लाहीमा एक मतदान अधिकृतको निधन भएको छ । पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो । मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
इन्द्र कमल रोक्का
|
10 hours ago
काठमाडौँ । सर्लाहीमा बेहोस भएर ढलेका एक मतदान अधिकृतको मृत्यु भएको छ। सर्लाही क्षेत्र नम्बर-२ को पर्सा गाउँपालिका वडा नम्बर-४ जिङ्गडवामा स्थित आधारभूत विद्यालय जिङ्गडवा (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको हो।
इन्द्र कमल रोक्का
|
10 hours ago
वासिङ्टन । बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुक स्थित दुतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ । साउदी अरबको रियाद स्थित अमेरिकी दूतावासमा मङ्गलबार देखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरु बन्द गरिएको छ ।
इन्द्र कमल रोक्का
|
10 hours ago
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईँलाई पक्राउ गर्नुपर्ने कारण न्यायालयमा पेश गर्न आदेश दिएको छ।
इन्द्र कमल रोक्का
|
11 hours ago
काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् ।मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन् ।‘सयम सयममा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ ।