सर्लाहीमा मतदान अधिकृतको निधन
इन्द्र कमल रोक्का
|
7 hours ago
काठमाडौं । सर्लाहीमा एक मतदान अधिकृतको निधन भएको छ ।
पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतोको निधन भएको हो ।
मंगलबार दिउँसो २ बजे मतदान केन्द्रमै अचानक बेहोस भएपछि महतोलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्याएको करिब आधा घण्टापछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।