काठमाडौँ । काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्। त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारीमा रहेका तीन कैदीबन्दी केही समयपछि कैदमुक्त हुँदै छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तनलाई पुराना राजनीतिक दलहरूको समयानुकूल रूपान्तरणको महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा तथा उनको टिमलाई बधाई दिँदै भट्टराईले यस परिवर्तनले समग्र राजनीतिक प्रणालीलाई नै अग्रगामी दिशातर्फ धकेल्ने विश्वास व्यक्त गरेका छन्।
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।
वासिङ्टन । अमेरिकाको विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएको भन्दै यस्तो कदम चालेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।
तनहुँ । तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाट धाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाट धाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसंगममा लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति बनेका छन् । बुधबार अबेर राति शर्मा र भुसाललाई सर्वसम्मत उपसभापति चयन गरिएको हो । गगन थापा सभापतिमा चयन हुँदा सहमहामन्त्रीमा खस आर्यतर्फ उदय शमशेर राणा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’ सर्वसम्मत चयन बताएका छन् ।
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरेका हुन्।
काठमाडौँ। यूएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाइदिने भन्दै ठग्ने कन्सन्टेल्सीका सञ्चालकहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न कन्सल्टेन्सीका पाँच सञ्चालक रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।
धनुषा। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको प्रमुख पार्टी नेपाली कांग्रेसभित्र देखिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुर पुगेका गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्। उनले भने‚ “कांग्रेसभित्र घटेका घटना-परिघटनाबारे हामी जानकारी लिइरहेका छौँ। त्यसले चुनावमा असर पर्छ कि पर्दैन भनेर सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको छ।
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि संशोधन गरिएको छ। बुधबार राति सवा १० बजे केन्द्रीय निर्वाचन समितिले कार्यतालिका पुन: संशोधन गरेको हो। निर्वाचन समिति संयोजक सीताराम केसीले निर्वाचन कार्यतालिका संशोधन गरिएको जानकारी दिएका छन्। संशोधित तालिकाअनुसार बुधबार राति ११:३५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
काठमाडौँ। टोखाबाट यस वर्ष पाँच करोड रुपैयाँभन्दा बढीको चाकु बिक्री भएको छ। माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। टोखाका हाल १८ उद्योगले चाकु‚ लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकु उत्पादन र बाँकी आठ उद्योगले तिलको लड्डु‚ भूजाको लड्डुलगायत परिकार बनाउँदै आएका छन्।
दाङ। दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका ४‚ बैँबाङका २५ वर्षीय रोशन चौधरीको मृत्यु भएको हो। चौधरी गत २८ मंसिरमा ब्राउनसुगरसहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए। ५.
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिने निर्णय गरेको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथिको मुद्दा फिर्ता लिने निर्णय बुधबार गरेकी हुन्। यी दुई प्रकृतिका मुद्दा फिर्ता लिए पनि सहकारी ठगीको मुद्दा भने कायमै छ।
काठमाडौँ। निर्वाचन आयोगमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले हिजै (मंगलबार) निर्वाचन आयोगमा पत्राचार गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्। विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा हिजै जानकारी गराएको प्रवक्ता भट्टराईको भनाइ छ। शेरबहादुर देउवा पक्षले भने बुधबार पत्र पठाएको भट्टराईले नेपालन्युजलाई जानकारी दिए।
काठमाडौँ। भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापति पदमा फरमुल्लाह मन्सुरलाई चयन गरेको छ। नेता अजयबाबु शिवाकोटीका अनुसार कांग्रेसका दुई उपसभापतिमध्ये मन्सुरको नाम टुंगो लागेको हो। अर्को उपसभापतिका लागि छलफल भइरहेको छ। नेता गगनकुमार थापाले उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको पनि शिवाकोटीको भनाइ छ। कांग्रेसको १४औँ महाधिवेशनबाट मन्सुर सह-महामन्त्री निर्वाचित भएका थिए।
काठमाडौँ। नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ। प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज (बुधबार) विज्ञप्तिमार्फत मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका हुन्। अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गरे।
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक साताभित्रै सानेपास्थित पार्टी कार्यालयमा सभापतिको कुर्सीमा गगनकुमार थापा बस्ने घोषणा गरेका छन्। उनले केन्द्रीय कार्यसमितिले गरेको कारबाहीको निर्णय विशेष महाधिवेशनले खारेज गरेको भन्दै अब थापा सभापतिको कुर्सीमा सानेपा जाने बताए। “हामी कसैलाई पनि कारबाही गर्दैनौँ, विधानसम्मत नेतृत्व छानेर पार्टी कार्यालय जान्छौँ,” विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै शर्माले भने।
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अन्तरिम नेतृत्व मात्रै माग्दासमेत सभापति शेरबहादुर देउवाले नमानेको बताएका छन्। विशेष महाधिवेशनस्थलमा मन्तव्य दिँदै थापाले नेतृत्वसमेत आफूहरूले दाबी नगरिरहेको अवस्थालाई समेत स्वीकार नगरिएको बताए। पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्का वा शेखर कोइरालालाई अन्तरिम सभापति स्वीकार गरेर अघि बढ्न देउवा तयार नभएको थापाले बताए।