बगदाद। इराकी विदेशमन्त्री फुअद हुसेनले आफ्नो देश युद्धको प्रत्यक्ष प्रभावमा परेको बताएका छन्। उनले युद्ध जारी रहेमा यसले क्षेत्रीय स्तरमै अस्थिरतालाई थप उकास्ने र अराजकता सिर्जना गर्ने चेतावनी दिएका छन्। विदेशमन्त्री हुसेन र मध्यपूर्वका लागि बेलायती राज्यमन्त्री हमिस फाल्कनरबीच भएको टेलिफोन वार्ताका क्रममा यसबारे कुरा भएको इराकी समाचार एजेन्सीले जनाएको छ।
काठमाडौँ। कुवेती हवाई प्रतिरक्षा प्रणालीले भुलवश अमेरिकाका तीनवटा एफ-१५ लडाकु विमानहरू खसालेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानविरुद्धको सैन्य अपरेसनमा सहभागी ती विमान ‘फ्रेन्डली फायर’ (मैत्रीपूर्ण गोलाबारी) का कारण दुर्घटनामा परेका हुन्।
भक्तपुर। भक्तपुरको चाँगुनारायण ८‚ वन कार्यालयस्थित बागेश्वरी भवनअगाडि कार दुर्घटना भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार सडकबाट करिब दुई सय मिटर तल खसेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। कारमा पाँचजना चढेका थिए। दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल भक्तपुरतर्फ पठाइएको पनि थापाले जानकारी दिए।
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आक्रमणका लागि ‘डिएगो गार्सिया’ सैन्य आधार शिविर प्रयोग गर्न अनुमति दिन ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले आक्रमणमा भएको विलम्बप्रति बेलायती प्रधानमन्त्री किअर स्टार्मरको कडा आलोचना गरेका छन्। सुरुमा अनुमति दिन अस्वीकार गरेका स्टार्मरले पछि आफ्नो निर्णय बदलेकामा ट्रम्पले असन्तुष्टि व्यक्त गरेका हुन्।
काठमाडौँ। निर्वाचनलाई लक्ष्य गर्दै प्रहरीले पुल्चोक क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेको छ। प्रहरीका अनुसार साँझको समयमा सवारीसाधन रोकेर कागजात, परिचय खुल्ने प्रमाणको जाँच तथा शंकास्पद गतिविधिप्रति निगरानी बढाइएको हो। शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न मुख्य चोक तथा व्यस्त मार्गहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएका छन्।
काठमाडौं। इरानविरुद्धको सैन्य कारबाही सुरु भएदेखि हालसम्म मृत्यु हुने अमेरिकी सैनिकको संख्या चार पुगेको छ। अमेरिकी सेनाले इरान लक्षित आक्रमणका क्रममा आफ्ना थप एक सदस्य मारिएको पुष्टि गरेको हो।अमेरिकी सेन्ट्रल कमान्डले हिजो मात्रै तीन सैनिकको मृत्यु भएको र पाँचजना सख्त घाइते भएको जानकारी दिएको थियो।
काठमाडौँ। अमेरिका-इजरायलले इरानमाथि सुरु गरेको प्रत्यक्ष सैन्य आक्रमणका कारण मध्यपूर्वका विभिन्न देशमा मानवीय क्षतिको संख्या तीव्र रूपमा बढ्दै गएको छ। पछिल्लो विवरणअनुसार इरान, इजरायल, लेबनान र खाडी मुलुकमा गरी ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। सबैभन्दा ठुलो क्षति इरानमा देखिएको छ। जहाँ संयुक्त अमेरिकी-इजरायली सैन्य कारबाही सुरु भएदेखि अहिलेसम्म ५५५ जनाको मृत्यु भइसकेको छ।
काठमाडौँ। कतारले आफ्ना महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमा इरानले ड्रोन आक्रमण गरेको दाबी गरेको छ। कतारको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशका प्रमुख औद्योगिक मेसाइएदस्थित एक विद्युत् केन्द्रको पानी ट्यांकीलाई र रस लाफान इन्डस्ट्रियल सिटीमा अवस्थित इनर्जीसँग सम्बन्धित ऊर्जा पूर्वाधारमा श्वटा ड्रोन आक्रमण भएको जनाएको छ। मन्त्रालयले ड्रोन आक्रमण कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ।
काठमाडौँ। रामेछापमा मतपेटिकालगायत निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका २‚ सिरुबारी भन्ने ठाउँमा ना.७ख ६७६८ नम्बरको जिप दुर्घटना हुँदा एक सुरक्षाकर्मीको मृत्यु भएको हो। जिपमा निर्वाचनमा खटिएका १०/११ जना कर्मचारीदेखि सुरक्षाकर्मी थिए।
ओमान। मध्यपूर्वमा जारी सैन्य द्वन्द्वमा एक भारतीयको मृत्यु भएको छ। ओमानमा इरानी ड्रोन आक्रमणमा ती व्यक्तिको मृत्यु भएको हो। ओमानको सल्तनतको समुद्री सुरक्षा केन्द्रले यसको पुष्टि गरेको छ। समुद्री सुरक्षा केन्द्रले एक विज्ञप्ति जारी गर्दै भन्यो, “मार्सल टापुको झन्डा भएको तेल ट्यांकर एमकेडी व्योममा ड्रोनले आक्रमण गरेको थियो।
सर्लाही। बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पासवानसहित अन्य कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरे। सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितका नेता नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको थापाको सचिवालयले जनाएको छ।
लमजुङ। नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा सोमबार लमजुङको बेंसीसहर नगरपालिका ७ मा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुनावमा धाँधली हुन नदिनतर्फ सबै सचेत हुनुपर्ने बताए।
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केही तत्वबाट सुनियोजित ढंगले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आम मतदातालाई सार्वजनिक अपिल गरेका छन्।
गोरखा। गोरखा २ मा नेपाली कांग्रेस र बाबुराम भट्टराई प्रमुख संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को संयुक्त घरदैलो अभियान सञ्चालन भएको छ। गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको प्रलोपाले कांग्रेससँग मिलेर चुनावी प्रचारलाई तीव्र बनाएको हो।
तेल अबिब। इजरायली सेनाले लेबनानको सशस्त्र समूह हिजबुल्लाहविरुद्ध औपचारिक रूपमा ‘आक्रामक अभियान’ सुरु गरेको छ। हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य कारबाहीको घोषणा गरेको हो। इजरायली सेनाका अनुसार लेबनानमा कारबाहीका लागि इजरायलले एक लाख रिजर्भ सैनिक, दर्जनौं गुल्म र गण परिचालन गरेको छ।
दुबई। अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि मध्यपूर्वमा चर्किएको सैन्य द्वन्द्वका कारण खाडी क्षेत्रका प्रमुख विमानस्थलहरू ठप्प भएका छन्। जसकारण विश्वव्यापी हवाई यात्रा प्रभावित बनेको छ। इरान र इजरायलबीचको बढ्दो तनावका कारण आकाशमार्ग असुरक्षित भएपछि खाडी देशहरूको विमानस्थलहरूबाट ३४ सयभन्दा बढी उडान प्रभावित बनेका छन्। करिब तीन लाख यात्रु विभिन्न देशका विमानस्थलमा अलपत्र परेका छन्।
काठमाडौँ। फाल्गुण शुक्ल पूर्णिमा‚ फागुपूर्णिमा अर्थात् होली सोमबार पहाडी क्षेत्रमा हर्सोल्लासका साथ मनाइएको छ। काठमाडौँ उपत्यकासहित देशका पहाडी र हिमाली क्षेत्रमा मनाइने होली पर्व उपत्यकाको विशेषगरी हनुमानढोका दरबार क्षेत्रमा भव्यताका साथ मनाइन्छ। काठमाडौँको वसन्तपुरमा विभिन्न देशका पर्यटकले पनि स्थानीयसँग मिलेर आपसमा रङ लगाएर होली खेले।
काठमाडौँ। मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच कुवेतमा अमेरिकी वायुसेनाका लडाकु विमानहरू दुर्घटनाग्रस्त भएका छन्। कुवेती रक्षा मन्त्रालयले अमेरिकी सैन्य विमानहरू ठूलो दुर्घटनामा परेको आधिकारिक पुष्टि गरेको छ। कुवेतको रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा परेका विमानका सबै चालक दलका सदस्यहरूलाई जीवितै उद्धार गरिएको छ।
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। यूएईको पराराष्ट्र मन्त्रालयले नेपालका दिवस श्रेष्ठको निधन भएको आधिकारिक जानकारी दिएको त्यहाँस्थित दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सुरक्षा गार्डका रूपमा मिडल इस्ट कम्पनीमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको हो।
जुम्ला। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला जुम्लामा ९२५ जना अस्थायी मतदाताको संख्या रहेको छ। जिल्ला अस्थायी मतदाताका यहाँका दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए।