npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

इरानको आक्रमणबाट ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

नेपालन्युज 17 hours ago

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ।

यूएईको पराराष्ट्र मन्त्रालयले नेपालका दिवस श्रेष्ठको निधन भएको आधिकारिक जानकारी दिएको त्यहाँस्थित दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार विमानस्थलमा सुरक्षा गार्डका रूपमा मिडल इस्ट कम्पनीमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठले इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाएको पनि नेपाली दूतावासले जानकारी दिएको छ।

दूतावासले गोरखा घर भएका २९ वर्षीय दिवसको निधनप्रति दु:ख व्यक्त गरेको छ।

इरानले यूएईमाथि गरेको ड्रोन आक्रमणमा गोरखाका दिवससहित तीनजना मारिएका थिए। जसमा एक पाकिस्तानी र एक बंगलादेशी थिए। यसमा ५८ जना घाइते भएका थिए। घाइते हुनेमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, ​​भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमेन, युगान्डा, इरिट्रिया, लेबन र अफगानिस्तानका नागरिक छन्।

यूएईले दुई दिनमा इरानमा १६५ ब्यालेस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ वटा ड्रोन प्रयोग गरेर आक्रमण गरेको छ। तीमध्ये ३५ वटा ड्रोन यूएईमा खसेको जनाएको छ। अमेरिका र इजरायलले बमबारी सुरु गरेपछि इरानले पछि छिमेकी देशसहितका विभिन्न स्थानमा आक्रमण थालेको हो।

यो पनि…

इजरायलको शेमेंशमा इरानी क्षेप्यास्त्र खस्दा ६ जनाको मृत्यु, २० घाइते

Read more news from नेपाल न्युज

Explore by Source or Category