npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

कुवेतमा अमेरिकी सेनाका लडाकु विमान दुर्घटनाग्रस्त, पाइलटहरूको जीवितै उद्धार

नेपालन्युज 1 day ago

काठमाडौँ। मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच कुवेतमा अमेरिकी वायुसेनाका लडाकु विमानहरू दुर्घटनाग्रस्त भएका छन्।

कुवेती रक्षा मन्त्रालयले अमेरिकी सैन्य विमानहरू ठूलो दुर्घटनामा परेको आधिकारिक पुष्टि गरेको छ। कुवेतको रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा परेका विमानका सबै चालक दलका सदस्यहरूलाई जीवितै उद्धार गरिएको छ। मन्त्रालयका प्रवक्ता सइद अल-अत्वानले जारी गरेको विज्ञप्तिमा अमेरिकी हवाई सेनाको चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको जनाएको छ।

उद्धार गरिएका सबै सैनिकलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइएको र उनीहरूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको बताइएको छ।

यो दुर्घटना इरानले इजरायल र अमेरिकी सैन्य आधार इलाकाहरूलाई लक्षित गरी जवाफी आक्रमण गरिरहेको समयमा भएको हो। यद्यपि विमानहरू प्राविधिक समस्याका कारण खसेका हुन् वा कुनै बाह्य आक्रमणबाट दूर्घटनामा परेको हो भन्नेबारे आधिकारीक पुष्टि हुन बाँकी छ।

यो पनि…

इरानी हमलाको असर : बहराइन र यूएईमा अमेजनको डाटा सेन्टरमा आगलागी, सेवा अवरुद्ध

Read more news from नेपाल न्युज

Explore by Source or Category