npl.977 Nepal News Stream

Insurance Khabar logo

Insurance Khabar

Nepal's First Insurance News Portal

सैद्धान्तिक पारदर्शिता र निष्पक्षता बिना दिगो बीमा उद्योग निर्माण गर्न असम्भव

जयराम गौतम | 10 hours ago
काठमाडौं । जीवन, स्वास्थ्य, व्यवसाय, घर सबै कुरामा जोखिम एउटा अविभाज्य शब्द बनेको छ। सबै अनिश्चितताका बीचमा चाहे त्यो अचानक रोग होस्, दुर्घटना होस्, आगलागी होस्, प्राकृतिक प्रकोप होस् वा बजारमा उतारचढाव होस्—बीमा कम्पनीहरु मानिसहरुले विश्वास गर्न चाहने केही संस्थाहरुमध्ये एक हुन्। तर, प्रश्न यो छ– यो विश्वास कहाँ छ ?

अमेरिकाको ‘तेलको खेल’ बिगार्दै चीन ? गर्यो यस्तो घोषणा

जयराम गौतम | 11 hours ago
काठमाडां । मध्यपूर्वमा बढ्दो तनावले चीनमाथि तेलको सम्बन्धमा दबाब बढाएको छ। किनकि चीनले आफ्नो अधिकांश तेल इरान र हर्मुजको जलडमरुमबाट आयात गर्छ। यो इरानद्वारा नियन्त्रित उही मार्ग हो र इरानले अब स्पष्ट रुपमा भनेको छ कि यस मार्गबाट गुज्रने कुनै पनि तेल ट्यांकर वा जहाजमाथि आक्रमण गरिनेछ। सावधानीका रुपमा साउदीको रिफाइनरी पनि बन्द गरिएको छ।

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

जयराम गौतम | 12 hours ago
काठमाडौं । निर्वाचनअघिको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.१३ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.८४ प्रतिशतको गिरावट देखिएको छ।

चुनावअघिको अन्तिम कारोबार दिन नेप्सेमा ३८ अंकको वृद्धि, २५४ कम्पनीको शेयरभाउ बढ्यो

नानु खड्का (निर्जला) | 12 hours ago
काठमाडौं । आज चुनाव अघिको अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३८ दशमलव ५२ अंकले बढेर २,७१२ को विन्दुमा कायम भएको छ । आज २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आयो २०८३ सालको सार्वजनिक बिदाको सूची

जयराम गौतम | 12 hours ago
काठमाडौं । सरकारले २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको फागुन १३ गतेको बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो। यो सार्वजनिक बिदाको निर्णय मंगलबार नेपाल राजपत्रमा प्रकाशित भएको छ। २०८३ सालमा ५२ वटा शनिबार परेका छन्। घटस्थापना असोज २५ गते आइतबार सार्वजनिक बिदा दिइएको छ।

नेप्सेमा थपियो दुई कम्पनीको ४७ लाख ८० हजार बढी कित्ता शेयर

जयराम गौतम | 13 hours ago
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको ४७ लाख ८० हजार बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा घोराही सिमेन्ट इन्डस्ट्री र हिमालयन लघुवित्त वित्तीय संस्थाको कुल ४७ लाख ८० हजार ३६४.७६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता र हिमालयन लघुवित्तको २ लाख १२ हजार ६७९.

यूएईको बीमा बजार दोहोरो अंकको वृद्धिको बाटोमा, तर अगाडि छन् थुप्रै ठूला चुनौती

जयराम गौतम | 13 hours ago
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा बीमा क्षेत्र द्रुत गतिमा बढिरहेको छ। बीमा उद्योग विश्लेषकहरुले लगभग ६४–६५ अर्ब दिरामको कुल प्रिमियमका आधारमा आगामी वर्षहरुमा बजारले दोहोरो अंकको वृद्धि हासिल गर्ने अपेक्षा गरेका छन्। आर्थिक विविधीकरण, अनिवार्य स्वास्थ्य र मोटर बीमा तथा बलियो नियामक ढाँचाले बजारलाई स्थिर जग प्रदान गरेको छ।

जेनजीले एआईका कारण बदलिँदो कामको दुनियाँलाई सम्हाल्न सक्लान् ?, एलन मस्कको यस्तो सुझाव

जयराम गौतम | 14 hours ago
काठमाडौं । सन् २०२६ मा कामको दुनियाँमा प्रवेश गर्नु भनेको त्यस्तो वातावरणमा प्रवेश गर्नु हो, जहाँ कृत्रिम बुद्धिमत्ता (एआई) अब विशेष उपकरण नभएर कामको आधारभूत भाग बनेको छ। ड्राफ्टिङदेखि डेटा विश्लेषणदेखि ग्राहक संलग्नतासम्म एआई प्रणालीहरु लगभग हरेक कार्यमा संलग्न छन्। यसले काम गर्ने तरिकामात्र नभएर करिअर प्रवेशको संरचनालाई पनि परिवर्तन गरेको छ।

निर्वाचनको दिन यती एयरलाइन्सको उडानहरु स्थगित

जयराम गौतम | 14 hours ago
काठमाडौं । यती एयरलाइन्सले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते उडानहरु स्थगित गरेको छ। कम्पनीले आज एक सूचनाका प्रकाशित गर्दै फागुन २१ गते निर्वाचनको दिन आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित रहने जानकारी गराएको हो। फागुन २२ गतेबाट भने नियमित उडान सेवाहरु पूर्ववत रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

कहिलेसम्म भर्न पाइन्छ शिखर पावरको आइपीओ ?

नानु खड्का (निर्जला) | 14 hours ago
काठमाडौं । शिखर पावर डेभलपमेन्टको आइपीओमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओ भर्ने शुक्रबार अन्तिम दिन हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ ल्याएको हो।

बैंकिङ प्रणालीबाट ६ दिनका लागि रु. १०० अर्ब तान्दै राष्ट्र बैंक

जयराम गौतम | 15 hours ago
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको छ। केन्द्रीय बैंकले आज फागुन १९ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

लघुबीमा कम्पनीहरुलाई इजाजतपत्र दिनाले बीमा पहुँचमा सुधार आएको छ ?

केशवप्रसाद भण्डारी | 16 hours ago
काठमाडौं । नेपालले लघुबीमा कम्पनीहरुलाई इजाजतपत्र दिएको २ वर्ष बितिसक्दा पनि प्रश्न बाँकी छः के यो नीतिले बीमा पहुँचलाई उल्लेखनीय रुपमा विस्तार गरेको छ ? नेपाल बीमा प्राधिकरणको तथ्यांकले के भन्छ भने बिक्री भएको बीमालेख र जनसंख्याबीचको अनुपात तुलना गर्दा नेपालमा बीमा प्रवेश हाल जनसंख्याको ४७.९५ प्रतिशत छ।

आज पनि बढ्यो सुनको मूल्य

नानु खड्का (निर्जला) | 16 hours ago
काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १९ गते सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको मूल्य तोलामा ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

जयराम गौतम | 16 hours ago
काठमाडौं । प्रभु इन्स्योरेन्स गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८.

ह्वाट्सएप प्रयोग गर्न पैसा लाग्ने ! निःशुल्क उपलब्ध हुने छैनन् यी ३ फिचर

जयराम गौतम | 17 hours ago
काठमाडौं । ह्वाट्सएपले सःशुल्क सदस्यता मोडेल प्रस्तुत गर्दैछ। यससम्बन्धी सूचना अब एपमा देखा परेको छ। मेसेजिङ एपका लागि आगामी फिचरहरु ट्रयाक गर्ने वेबसाइट वेबबिटाइन्फोले यो जानकारी सार्वजनिक गरेको छ। सःशुल्क सदस्यता वैकल्पिक फिचर हुनेछ। मेसेजिङ एपले अब सशुल्क सदस्यताहरुको उपलब्धतालाई हाइलाइट गर्दै यससम्बन्धी सूचनाहरु जारी गर्न थालेको छ।

हर्मुजको जलडमरुम संकटः विश्वव्यापी बीमा बजार दबाबमा

जयराम गौतम | 17 hours ago
काठमाडौं । हर्मुजको जलडमरुमवरिपरि जारी तनावले विश्वव्यापी ऊर्जा बजारमा नयाँ अनिश्चितता सिर्जना गरेको छ। यद्यपि, यसको प्रभाव तेल र ग्यासको मूल्यमा मात्र सीमित छैन। समुद्री बीमा, कार्गो बीमा, ऊर्जासँग सम्बन्धित जोखिम बीमा र पुनर्बीमा क्षेत्र सबै दबाबमा छन्। यो बीमा उद्योगका लागि आवश्यक जोखिम पुनर्मूल्यांकनको समय हो।

यस्ता छन् डिजिट वित्तीय कारोबारमा तीन तहका सुरक्षा

जयराम गौतम | 18 hours ago
काठमाडौं । आधुनिक डिजिटल प्रविधि हामीलाई सहज रुपमा वित्तीय सेवा प्रदान गरेको छ। तर, यसको दुरुपयोगको जोखिम पनि उत्तिकै बढेको छ। त्यसैले उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्न आवश्यक छ। यसका लागि तीन तहको सुरक्षा छन्। यस्ता छन् तीन तहका सुरक्षा तपाइँलाई मात्र थाहा हुने: यो तहले तपाइँलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ।

Explore news by Category