जयराम गौतम
|
44 minutes ago
काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३ प्रतिशत बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) छन्।
जयराम गौतम
|
1 hour ago
काठमाडौं । सुपरमाई हाइड्रोपावरको सवा ४८ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४८ लाख २५ हजार ७०० कित्ता शेयरको लकइन अवधि आउँदो फागुन ४ गतेबाट सकिने जानकारी गराएको हो।
जयराम गौतम
|
2 hours ago
काठमाडौं । देशको अग्रणी निर्जीवन जीवन बीमकमध्ये एक हो, नेको इन्स्योरेन्स। यो कम्पनीले देशको निर्जीवन बीमा बजारमा विगत ३० वर्षदेखि सेवा पुर्याउँदै आएको छ।
नानु खड्का (निर्जला)
|
2 hours ago
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।
नानु खड्का (निर्जला)
|
3 hours ago
नानु खड्का (निर्जला)
|
18 hours ago
काठमाडौं । एलआइसी नेपालको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सम्पन्न भएको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको कुल २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सभाले सो प्रस्ताव अनुमोदन गरेको छ ।
नानु खड्का (निर्जला)
|
18 hours ago
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा अनुपम फुड ल्याण्ड एण्ड व्याङ्क्वेट प्रा.लि., बत्तीसपुतली, गौशाला, काठमाण्डौमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त साधारण सभामा संस्थाको तर्फबाट प्रस्तुत गरिएको आ.व.२०८१/०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.
नानु खड्का (निर्जला)
|
18 hours ago
काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले विभिन्न निर्णयहरु पारित गरेको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.
नानु खड्का (निर्जला)
|
18 hours ago
काठमाडौं । नेपाल बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शमाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले बैंकको ६६ औँ वार्षिक साधारण सभा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ ।
नानु खड्का (निर्जला)
|
18 hours ago
काठमाडौं । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी हुन् ।
नानु खड्का (निर्जला)
|
18 hours ago
काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जयराम गौतम
|
19 hours ago
काठमाडौं । सन् २०२५ मा प्राकृतिक प्रकोपबाट विश्वव्यापी अर्थतन्त्रमा भएको ठूलो क्षतिबाट एसिया सबैभन्दा बढी प्रभावित भएको थियो। विश्वव्यापी पुनर्बीमा कम्पनी म्युनिख रिको विश्लेषणअनुसार सन् २०२५ मा विश्वव्यापी प्राकृतिक प्रकोपबाट कुल आर्थिक क्षति २२४ अर्ब डलरको हुने अनुमान गरिएको छ। त्यससमध्ये एसिया प्रशान्त क्षेत्रमा लगभग ७३ अर्ब डलर रहने अनुमान छ।
केशवप्रसाद भण्डारी
|
21 hours ago
जयराम गौतम
|
21 hours ago
काठमाडौं । हिजोसम्म चीनको ‘आर यु डेड ?’ एप केवल यसको भाइरल नाम र अनौठो अवधारणाका लागि समाचारमा थियो। आज कथा एक कदम अगाडि बढेको छ। यो अब केवल चेक–इन बटनका बारेमा मात्र नरहेर अब एप पैसा, स्केल, रिब्रान्डिङ र स्टार्टअप मूल्यका बारेमा बहस भइरहेको छ।
जयराम गौतम
|
22 hours ago
काठमाडौं । तपाइँले अहिलेसम्म चन्द्रमामा जानेबारे गीत वा कथा सुन्नुभएको होला। तर, अब चाँडै नै तपाइँ चन्द्रमामा बनेको होटलमा बस्न सक्नुहुनेछ। यो काल्पनिक लाग्न सक्छ। तर, यो वास्तविकता हो। एउटा स्टार्टअपले चन्द्रमामा होटल बनाउने तयारी गरिरहेको छ र यसलाई सन् २०३२ सम्ममा खोल्ने योजना बनाएको छ।
जयराम गौतम
|
23 hours ago
काठमाडौं । प्राकृतिक प्रकोपबाट हुने विश्वव्यापी बीमा नोक्सानी सन् २०२५ मा फेरि १०० अर्ब डलरभन्दा बढीको भएको छ। बीमा कम्पनीहरुले लगभग २२४ अर्ब डलरको कुल आर्थिक क्षतिमध्ये लगभग १०८ अर्ब डलर क्षतिपूर्ति दिनुपर्ने भएको हो। म्युनिख रिको तथ्यांकअनुसार मौसमसँग सम्बन्धित विपत्तिहरुले बीमा नोक्सानीहरुको ९७ प्रतिशत हिस्सा ओगटेका छन्।
जयराम गौतम
|
23 hours ago
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले अपर म्याग्दी जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर र अपर म्यादी जलविद्युतबीच बुधबार लगानी सम्झौता भएको हो। सम्झौताबमोजिम एनआरएन इन्फ्रास्ट्रक्चरले अपर म्यादी जलविद्युतमा १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता संस्थापक शेयर खरिद गर्नेछ। एनआरएनको यो लगानी उक्त कम्पनीको कुल पुँजीको ४.
जयराम गौतम
|
1 day ago
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ कीर्तिमानी उचाइबाट घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १ हजार ५०० रुपैयाँले बढेर सुन २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।
जयराम गौतम
|
1 day ago
काठमाडौं । नेपालको धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा छलफल भएको छ। सेबोनको खुमलटारस्थित कार्यालयमा बुधबार भएको छलफलमा सेबोन, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएससी तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए।
जयराम गौतम
|
1 day ago
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका मानिसका लागि आप्रवासी भिसा प्रोसेसिङमा अनिश्चितकालीन रुपमा रोक्ने घोषणा गरेको छ। यही जनवरी २१ देखि लागू हुने ट्रम्प प्रशासनको यो आदेशले संयुक्त राज्य अमेरिकामा कानुनी प्रवेशलाई थप प्रतिबन्धित गर्नेछ। हालैका समयमा अमेरिकाले लिएको यो सबैभन्दा कडा भिसा प्रतिबन्ध हो।