चुनावअघिको अन्तिम कारोबार दिन नेप्सेमा ३८ अंकको वृद्धि, २५४ कम्पनीको शेयरभाउ बढ्यो
काठमाडौं । आज चुनाव अघिको अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३८ दशमलव ५२ अंकले बढेर २,७१२ को विन्दुमा कायम भएको छ । आज २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावरका लगानकिर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै शुवम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका हुन् ।