npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

अमेरिकाको ‘तेलको खेल’ बिगार्दै चीन ? गर्यो यस्तो घोषणा

जयराम गौतम 13 hours ago

काठमाडां । मध्यपूर्वमा बढ्दो तनावले चीनमाथि तेलको सम्बन्धमा दबाब बढाएको छ। किनकि चीनले आफ्नो अधिकांश तेल इरान र हर्मुजको जलडमरुमबाट आयात गर्छ। यो इरानद्वारा नियन्त्रित उही मार्ग हो र इरानले अब स्पष्ट रुपमा भनेको छ कि यस मार्गबाट गुज्रने कुनै पनि तेल ट्यांकर वा जहाजमाथि आक्रमण गरिनेछ।

सावधानीका रुपमा साउदीको रिफाइनरी पनि बन्द गरिएको छ। यसले चीनको तेल आयातमा संकट सिर्जना गरेको छ। यद्यपि, चीनसँग कच्चा तेलको ६ महिनाको भण्डार छ। केही विज्ञहरुका अनुसार अमेरिकाले इरानमाथिको आक्रमणलाई बहानाका रुपमा प्रयोग गरेर चीनको तेल आयातमा बाधा पुर्याएको छ। यस कारणले गर्दा चीनले अमेरिकाको खेलमा पनि बाधा पुर्याउन सक्छ।

चीनको ठूलो घोषणा

यसैबीच चीनको आधिकारिक बयानले संकेत गर्छ कि चीनले चाँडै नै आफ्नो ऊर्जा आयात र भण्डारका बारेमा ठूलो निर्णय लिन सक्छ। चीनको विदेश मन्त्रालयले चेतावनी दिएको छ कि यसले आफ्नो ऊर्जा सुरक्षाको समीक्षा गरिरहेको छ र आफ्नो ऊर्जा सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नेछ। यो कथनले भविष्यमा चीनको तेल आयातमा बाधा पुर्याउने कुनै पनि देश वा मार्गविरुद्ध चीनले कारबाही गर्न सक्ने संकेत गर्छ।

युद्ध रोक्न चीनको अपिल

यद्यपि, चीनले पहिले मध्यपूर्वमा तनाव र युद्ध बढ्न नदिन आह्वान गरेको थियो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने, ‘होर्मुज जलडमरुम र यसको वरपरका समुद्री मार्ग अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण छन्। त्यसैले सबै पक्षलाई तुरुन्तै युद्ध रोक्न अपिल गर्छौं। तनाव बढ्दै जाँदा विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक असर पर्नेछ।’

वार्तामार्फत समस्या समाधान होस्

चीनले आफ्नो विज्ञप्तिमा सबै पक्षले तनाव बढ्नबाट बच्न संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न प्रयास गर्नुपर्ने पनि जनाएको छ। केही मिडिया रिपोर्टका अनुसार चीनले अमेरिका–इजरायली आक्रमणको निन्दा गरेको छ र युद्ध रोक्न तथा शान्ति स्थापना गर्न आह्वान गरेको छ।

तेलको मूल्यमा वृद्धि

मध्यपूर्वमा युद्ध सुरु भएपछि तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। सोमबार तेलको मूल्य १० प्रतिशतभन्दा बढी बढ्यो तर त्यसपछि घट्यो र ७ प्रतिशतले बढेर बन्द भयो। हाल तेलको मूल्य २.५० प्रतिशतभन्दा बढीले बढेको छ। प्रतिब्यारेल ८० डलरमा कारोबार भएको छ।

यसैबीच हिजो युरोपेली प्राकृतिक ग्यासको मूल्य ४५ प्रतिशतले बढेको थियो। – एजेन्सी

Read more news from Insurance Khabar

Explore by Source or Category