शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?
जयराम गौतम
|
14 hours ago
काठमाडौं । निर्वाचनअघिको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन जलविद्युत समूह सर्वाधिक २.१३ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.८४ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा २५४ कम्पनीको शेयरभाउ बढेको छ भने ६ वटाको घटेको छ। यो दिन २ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब सवा ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- आँखुखोला जलविद्युतः ३४ करोड ६५ लाख रुपैयाँ
- रिडी पावरः २७ करोड ७४ लाख रुपैयाँ
- एसवाई प्यानलः २४ कराड ६७ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः २२ करोड ६० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २० करोड ९० लाख रुपैयाँ
- राधी विद्युतः २० करोड ७८ लाख रुपैयाँ
- कुमारी बैंकः १५ करोड ८० लाख रुपैयाँ
- अपी पावरः १५ करोड २९ लाख रुपैयाँ
- शिवम सिमेन्टः १३ करोड ८६ लाख रुपैयाँ
- सहास ऊर्जाः १३ करोड ८० लाख रुपैयाँ