npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

कहिलेसम्म भर्न पाइन्छ शिखर पावरको आइपीओ ?

नानु खड्का (निर्जला) 3 hours ago

काठमाडौं । शिखर पावर डेभलपमेन्टको आइपीओमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आइपीओ भर्ने शुक्रबार अन्तिम दिन हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ ल्याएको हो।

कम्पनीले १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार ४०० कित्ता आफ्ना कर्मचारीलाई छुट्याएर १०० रुपैयाँ अंकित दरका बाँकी १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ।

यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

Read more news from Insurance Khabar

Explore by Source or Category