टक्सार न्युज
|
2 hours ago
२०८२ फागुन १९ गते मंगलबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला । वृष वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् ।
टक्सार न्युज
|
15 hours ago
काठमाडौँ । गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरे । लामो समयको तनावकाबिच गरिएको आक्रमणमा इरानका सर्वोच्च नेतासहित वरिष्ठ सैन्य तथा सुरक्षाअधिकारीहरू मारिए । अहिले आक्रमण र प्रत्याक्रमण जारी छ । इरानले पनि आक्रमणको तुरुन्तै जवाफ फर्कायो । सुरुमै सर्वोच्च कमान्डर गुमाएको इरानले प्रत्याक्रमणलाई जारी राखेको छ ।
टक्सार न्युज
|
15 hours ago
काठमाडौँ । जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुङ्गानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् । मिराज त्यस्ता जेन–जी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो ।
टक्सार न्युज
|
16 hours ago
काठमाडौँ । मध्यपूर्वमा विकसित भएको पछिल्लो अवस्थाका कारण त्यहाँका विभिन्न देशमा रहेका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित भएको भन्दै नेपाली कांग्रेसले समस्यामा परेका नेपालीका लागि ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको जनाएको छ । कांग्रेस सभापति गगनकुमार थापाले उक्त जानकारी दिँदै सबैलाई थप आवश्यक सहयोग पुर्याउन ‘हेल्प डेक्स’सञ्चालनमा ल्याएको जनाएका हुन् ।
टक्सार न्युज
|
16 hours ago
काठमाडाैँ । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ ।
टक्सार न्युज
|
16 hours ago
काठमाडाैँ । निर्वाचनको मौन अवधि सुरू हुनै लाग्दा काठमाडौँको सडक सुनसान देखिएको छ । मतदाताहरू आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि आज होली पर्वका दिन पनि काठमाडौँको मुख्यमुख्य सडकमा केही ठाउँमा होलि खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन ।
टक्सार न्युज
|
16 hours ago
काठमाडौँ । बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि अर्थात् मौन अवधि सुरु हुने भएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्मका लागि निर्वाचन आयोगले उक्त अवधि तोकेको हो ।
टक्सार न्युज
|
18 hours ago
काठमाडाैँ । सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत चालु आर्थिक वर्षका लागि विकासतर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर आठ महिना बितिसक्दा पनि १ खर्ब रुपैयाँसमेत खर्च हुन नसक्नुले विकास निर्माणको गति कमजोर रहेको सङ्केत गरेको छ ।
टक्सार न्युज
|
18 hours ago
काठमाडाैँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको पूर्वसन्ध्यामा परेको फागु पूर्णिमा (होली) ले देशभर नयाँ उत्साह र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरेकी छन्। सोमवार देशवासीको नाममा सम्बोधन गर्दै उनले होली पर्वले नेपाली समाजमा एकता, सद्भाव र आपसी विश्वास सुदृढ बनाउने बताइन्।
टक्सार न्युज
|
18 hours ago
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा विकसित पछिल्लो तनावप्रति सरकार गम्भीर रहेको स्पष्ट पारेकी छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले विशेषगरी इरान र त्यस वरपरको क्षेत्रमा गहिरिँदै गएको युद्धको संकटले नेपाल सरकारलाई चिन्तित बनाएको बताइन्।
टक्सार न्युज
|
18 hours ago
काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरेकी छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गरिन्।
टक्सार न्युज
|
19 hours ago
सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ। बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको हो।
टक्सार न्युज
|
21 hours ago
काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख २० हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख २६ हजार १०० रूपैयाँ कायम भएको छ ।
टक्सार न्युज
|
21 hours ago
संयुक्त राज्य अमेरिका इजरायल र इरान बिचको युद्धका बिच आइतबार कच्चा तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । युद्ध नियन्त्रण बाहिर जाने र आपुर्ति अवरोध निम्त्याउने डरका कारण कच्चा तेलको मूल्य बढेको हो । अमेरिकी कच्चा तेल ६ प्रतिशतभन्दा बढी अर्थात ४.१३ अमेरिकी डलरले बढेर ७१.७५ डलर प्रति ब्यारेल पुगेको छ ।
टक्सार न्युज
|
21 hours ago
काठमाडौंँ । प्रतिनिधिसभा निर्वाचनका कारण २०–२२ फागुन सार्वजनिक बिदा घोषणा भए पनि इन्धन आपूर्ति प्रभावित नहुने भएको छ। नेपाल आयल निगम ले बिदाकै बीच आफ्ना प्रादेशिक कार्यालय र डिपोहरू सञ्चालनमा राख्ने निर्णय गर्दै पेट्रोलियम पदार्थको सहज उपलब्धता सुनिश्चित गर्ने जनाएको हो। निगमका अनुसार विभिन्न प्रदेश कार्यालयहरू तोकिएको मितिमा आलोपालो खुला रहनेछन्।
टक्सार न्युज
|
21 hours ago
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्रहरूलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाइएको जनाएको छ । आयोगका अनुसार अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी तथा यौनिक अल्पसङ्ख्यक मतदाताले सहज रूपमा मतदान गर्न सक्ने गरी आवश्यक व्यवस्थापन गरिएको छ ।
टक्सार न्युज
|
21 hours ago
काठमाडौँ । मोलुङ हाइड्रोपावर लिमिटेड को ५३ लाख ५१ हजार ७ सय कित्ता सेयरको लक–इन अवधि आजबाट सकिएको छ। यससँगै संस्थापक, कर्मचारी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका नाममा रोक्का रहेका सेयर दोस्रो बजारमा कारोबारका लागि खुला भएका हुन्।
टक्सार न्युज
|
21 hours ago
काठमाडाैँ । नेपालीहरूको हर्षोल्लासको पर्व होली मनाउन सुरू गरिएको छ । आज बिहानैबाट काठमाडाैँ उपत्यकासहित देशभर होली मनाउन सुरू गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । काठमाडौँ वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू उपस्थित हुन थालेका छन् ।
टक्सार न्युज
|
21 hours ago
काठमाडौं । केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाएको दाबी गरेका छन् । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी गर्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। उनका अनुसार यसअघि नेपालको भूमि अरूको नक्शामा पर्ने तर आफ्नै नक्शामा नपर्ने अवस्था रहेको थियो।
टक्सार न्युज
|
21 hours ago
काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइ जस्तो अवस्थाबाट जोगाउन आगामी निर्वाचनमा एमालेको जित अनिवार्य रहेको बताएका छन्। झापा–५ अन्तर्गत दमकमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित चुनौतीहरूको सामना गर्न सक्षम राजनीतिक शक्तिले नै निर्वाचन जित्नुपर्ने धारणा राखे।