npl.977 Nepal News Stream

Taksar News logo

Taksar News

अर्थराजनीतिक दिशानिर्देश

घोषणा पत्र निर्माण र निर्वाचन तयारीका लागि थापा नेतृत्व काँग्रेसले गर्‍यो समिति गठन

टक्सार न्युज | 3 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको पार्टीले आगामी निर्वाचनका लागि घोषणा पत्र निर्माण प्रक्रिया अघि बढाएको छ। पार्टी सभापतिको अध्यक्षतामा पार्टीको घोषणा पत्र निर्माण समिति गठन गरिएको छ। बिहीवार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।

एमाले ४ माघदेखि औपचारिक रूपमा निर्वाचन केन्द्रित हुने

टक्सार न्युज | 3 hours ago
काठमाडाैँ । नेकपा (एमाले) आगामी माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचनमा सहभागी हुने भएको छ। पार्टी सचिव महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै काठमाडौँमा विशेष प्रदर्शनमार्फत फागुन २१ को निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने सन्देश दिने बताए।

उद्योग विभागद्वारा सुपारी, केराउ र मरिच पैठारीका लागि आवेदन आह्वान, उद्योगहरूले पूरा गर्नुपर्छ यस्ता कानुनी प्रक्रिया

टक्सार न्युज | 4 hours ago
काठमाडौँ । उद्योग विभागले आर्थिक वर्ष २०८२/०८३ का लागि औद्योगिक कच्चा पदार्थको रूपमा सुपारी, केराउ र मरिच पैठारी गर्न इच्छुक उद्योगहरूका लागि आवेदन आह्वान गरेको छ। यसका लागि उद्योगहरूले आवेदन पेश गर्दा नेपाल राजपत्रको खण्ड ७५, संख्या ५७, मिति २०८२/०९/२८ मा प्रकाशित सूचनामा आधारित कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ।

जेनजी आन्दाेलनकाे क्रममा भएकाे आगजनीले पेटेन्ट र डिजाइन दर्ता प्रभावित, पुनः आवेदन दिन आह्वान

टक्सार न्युज | 4 hours ago
काठमाडाैँ । उद्योग विभागले गत भदाै २४ गते जेनजी आन्दाेलनका क्रममा विभागको औद्योगिक सम्पत्ति शाखामा आगजनी र तोडफोडको घटनाका कारण भौतिक फाइलहरू जलेर नष्ट भएको जनाएको छ। विभागले सूचना जारी गर्दै यस घटनाले पेटेन्ट तथा डिजाइन दर्ता र नवीकरण कार्यमा समस्या उत्पन्न भएको जनाएकाे हाे ।

सर्चदेखि एक्सनसम्मः टिकटकले सघाउँदैछ नेपालीहरूको दैनिक जीवनलाई

टक्सार न्युज | 4 hours ago
दैनिक जीवन स–साना प्रश्नहरूबाट घेरिएको हुन्छ । आज के पकाउने ? यो परिकार छिटो कसरी बनाउने ? काम, कलेज, चाडबाड वा पार्टीका लागि के लगाउने? एउटै पोशाकलाई फरक तरिकाले कसरी स्टाइल गर्ने ? दैनिक कामलाई सजिलो बनाउने सरल उपाय के–के छन् ?

आयोगद्वारा ‘खुला पहुँच निर्देशिका, २०८२’ जारी, निजी लगानी र बजार पहुँचमा मार्ग प्रशस्त

टक्सार न्युज | 4 hours ago
काठमाडाैँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा प्रतिष्पर्धा, पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ ।

सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिने कुरा आपत्तिजनक छः जेन्जी मुभमेन्ट

टक्सार न्युज | 4 hours ago
काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठग रवि लामिछानेसँग सम्बन्धित गिरोहका सदस्यलाई महान्यायाधिवक्ताले उन्मुक्ति दिएको घटनाप्रति आपत्ति जनाएको छ। मुभमेन्टले यस निर्णयलाई सुशासन र कानुनी राज्यको मूल्यमाथि प्रहार भन्दै तत्काल सुधारको माग गरेको छ। “जेन्जी विद्रोहका क्रममा ७६ नागरिकले जीवन बलिदान दिएका थिए भने ३ हजारभन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए।

ललितपुरकाे नकबहिलमा पाँच वर्षमा एकपटक हुने लसता सम्यक महादान पर्व सम्पन्न

टक्सार न्युज | 5 hours ago
काठमाडाैँ । ललितपुर–१६ नकबहिलमा बौद्ध धर्मावलम्बीहरूले पाँच वर्षमा एकपटक आयोजना हुने लसता सम्यक महादान पर्व मनाएका छन्। यो पर्व लोकाकीर्ति महाविहार संरक्षण समिति, नकबहिल टोल विकास समिति र न्यकू जात्रा मठयाः सञ्चालन समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। स्थानीय बौद्ध धर्मावलम्बी हिरण्यनरसिंह शाक्यका अनुसार, पर्वमा दीपंकर बुद्धको स्थापना गरी पूजा र होम आयोजना गरिन्छ।

नवनिर्वाचित सभापति थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठक सुरू

टक्सार न्युज | 5 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वमा नयाँ केन्द्रिय कार्यसमितिको पहिलो बैठक सुरू भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा जारी रहेको हो । बैठकमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

राष्ट्रिय आर्थिक गणनाको तयारी तीव्र,४ हजार ४३९ जनशक्ति करारमा भर्ना लिइने

टक्सार न्युज | 5 hours ago
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना–२०८२ को गणनाका लागि तयारी तिब्र पारेको छ । कार्यालयले आर्थिक गणनाका लागि करार सेवामा जनशक्ति लिन दरखास्त आव्हान गरेको छ । स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्य सञ्चालन गर्न कार्यालयले सुपरिवेक्षक र गणक पदमा दरखास्त आह्वान गरेको हो ।

कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्धनमा युवाहरूको सक्रिय सहभागिताको आवश्यकता छः मन्त्री परियार

टक्सार न्युज | 5 hours ago
काठमाडौँ । आज राष्ट्रिय कृषि जैविक विविधता दिवसको चौथो संस्करण मनाइँदैछ। यस अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले शुभकामना दिदैँ कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्धनमा युवाहरूको सक्रिय सहभागिताको आवश्यकता औंल्याएका छन्। मन्त्री परियारले भने, “कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा हो।

माघे संक्रान्ति अवसरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–८३’ सुरू

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । आज (माघ १ गते) बाट काठमाडौँकाे बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरू भएको छ। डिग फर नेपाल र वल्ड मार्ट युनिक सलुसन्सले संयुक्त रूपमा आयोजना गरेको यो मेला चौँथो जैविक विविधता दिवसको अवसरमा हरेक शनिवार र विशेष पर्व/अवसरमा ५२ हप्तासम्म सञ्चालन हुने बताइएको छ।

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ: महासचिव पोखरेल

टक्सार न्युज | 6 hours ago
काठमाडाैँ । एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गरे ।

छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व सङ्कलन

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारको राजस्व सङ्कलन अपेक्षाभन्दा कमजोर देखिएको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कअनुसार पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व उठाएको छ जुन अर्धवार्षिक लक्ष्यको ८१ .७५ प्रतिशत मात्र हो।

यूएईमा अध्ययन गराइदिने नाममा ठगी गर्ने पाँच कन्सल्टेन्सी सञ्चालक पक्राउ

टक्सार न्युज | 7 hours ago
काठमाडौँ । यूएईमा अध्ययन गराइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) का सञ्चालकहरू पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौँका विभिन्न स्थानमा कार्यालय सञ्चालन गर्दै विद्यार्थीहरूलाई भ्रममा पारी ठगी गरेको अभियोगमा पाँच जनालाई नियन्त्रणमा लिएको हो।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विवरण नबुझाएका सहकारीहरूलाई माघ मसान्तसम्म समय थप

टक्सार न्युज | 7 hours ago
काठमाडाैँ । सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तथ्याङ्क नपठाएका सहकारी संस्थाका लागि विवरण बुझाउने समयावधि थप गरेको छ। विभागका अनुसार सहकारी संस्थाहरूको तथ्याङ्क सङ्कलन कार्य २०८२ श्रावण १ गतेदेखि निरन्तर रूपमा जारी छ र अधिकांश संस्थाहरूले विभागले उपलब्ध गराएको गुगल फर्ममार्फत आफ्नो विवरण प्रविष्ट गरिरहेका छन्।

कास्की कारागारबाट फरार कैदी हिरा बहादुर कुँवर स्याङ्जाबाट पक्राउ

टक्सार न्युज | 7 hours ago
काठमाडाैँ । कास्की कारागारबाट फरार भएका एक कैदीलाई स्याङ्जाबाट पक्राउ गरिएको छ। जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका कैदीलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।

स्वास्थ्य बिमा कोषमा आम्दानी–खर्चको खाडल गहिरिँदै, राज्यको अनुदान अपर्याप्त

टक्सार न्युज | 7 hours ago
काठमाडाैँ । स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको एक दशक पूरा भएको छ। २०७२ साल चैत २५ गते सुरू भएको यो कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनपछि सरकारले २०७४ सालमा स्वास्थ्य बिमा ऐन ल्याएको थियो। ऐन कार्यान्वयनका लागि २०७५ मा स्वास्थ्य बिमा नियमावली जारी गरियो। स्वास्थ्य बिमा बोर्डका अनुसार हाल सक्रिय बिमितको सङ्ख्या करिब ६८ लाख पुगेको छ।

विहीबार कुन राशिको लागि कस्तो छ ?

टक्सार न्युज | 14 hours ago
२०८२ माघ १ गते विहीबारको राशिफल मेष मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन । वृष वृष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ ।

Explore news by Category