Taksar News
३ लाख २६ हजार रूपैयाँ पुग्यो सुनको मूल्य
टक्सार न्युज
|
1 day ago
काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख २० हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख २६ हजार १०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेर ६ हजार २० रूपैयाँ कायम भएको छ ।