npl.977 Nepal News Stream

Taksar News logo Taksar News

मोलुङ हाइड्रोपावरको ५३ लाखभन्दा बढी सेयर आजदेखि खुला

टक्सार न्युज 1 day ago

काठमाडौँ । मोलुङ हाइड्रोपावर लिमिटेड को ५३ लाख ५१ हजार ७ सय कित्ता सेयरको लक–इन अवधि आजबाट सकिएको छ। यससँगै संस्थापक, कर्मचारी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका नाममा रोक्का रहेका सेयर दोस्रो बजारमा कारोबारका लागि खुला भएका हुन्।

कुल खुला भएको सेयरमध्ये संस्थापक समूहको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीका लागि सुरक्षित ५४ हजार ५७० कित्ता र स्थानीय बासिन्दाका लागि छुट्याइएको ८ लाख २ हजार ५ सय कित्ता रहेको कम्पनीले जनाएको छ। लक–इन अवधि सकिएसँगै बजारमा सेयर आपूर्ति बढ्ने सम्भावना देखिएको छ, जसले मूल्यमा दबाब पर्न सक्ने आँकलन लगानीकर्ताहरूले गरेका छन्।

यद्यपि, सञ्चालक समिति सदस्य र उच्च व्यवस्थापन तहका कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।

Read more news from Taksar News

Explore by Source or Category