npl.977 Nepal News Stream

#राजनीति

Kendrabindu logo Kendrabindu

कसैको शिर झुक्न दिने छैन,काँग्रेसको गरिमा कहिल्यै घट्ने छैन : सभापति गगन थापा

इन्द्र कमल रोक्का | 19 minutes ago
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। मध्यराति काठमाडौंको भृकुटीमण्डपमा घोषणा गरिएको नतिजापछि सम्बोधन गर्दै थापाले कांग्रेसको गरिमा जोगाउने दृढ प्रतिबद्धता व्यक्त गरे। सभापतिमा चयन भएपछि भावुक हुँदै थापाले भने, “नेपाली कांग्रेसको सभापतिको नाम उच्चारण गर्दा नै गर्वले छाती फराकिलो हुन्छ। यो सामान्य जिम्मेवारी होइन।
Himal Press logo Himal Press

बिना मतदान चुनियो कांग्रेस कार्यसमिति

Kiran Poudel | 23 minutes ago
काठमाडौँ- गगनकुमार थापा नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमित चयन भएको छ। मध्यराति उनीसहित पदाधिकारी र केन्द्रीय सदस्य समेत सर्वसम्मत टुंग्याइएको थियो। कार्यसमिति गठनमा मतदान गर्नै परेन। नेताहरूका अनुसार सुरुवातमा उम्मेदवार छनोट गरियो त्यसपछि मात्र मनोनयन गरियो। यही कारण मतदान बिनै समिति गठन भएको हो। विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए।
Kendrabindu logo Kendrabindu

निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

इन्द्र कमल रोक्का | 36 minutes ago
काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो ।
Himal Press logo Himal Press

माघे संक्रान्तिबारे सभामुख : आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग मिलोस्

Kiran Poudel | 36 minutes ago
काठमाडौँ- सभामुख देवराज घिमिरेले माघे संक्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रिक मूल्य र सहअस्तित्वको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् ।
Himal Press logo Himal Press

माघीको शुभकामनामा उपराष्ट्रपतिले भने : जैविक स्रोतको संरक्षणमा जोड दिऊँ

Kiran Poudel | 39 minutes ago
काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्व (माघे सङ्क्रान्ति), २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिएका छन्। उनले स्रोतको संरक्षण र दिगो उपयोगका लागि आमनागरिक र सरोकारवाला सबै सचेत हुनुपर्ने बताए। उपराष्ट्रपति यादवले माघी पर्वलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा पनि मनाइने गरेको उल्लेख गरे।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

यस्तो छ– कांग्रेस विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति

राजधानी समाचारदाता | 2 hours ago
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

प्रचण्ड छलाङ : एकै वर्षमा २१औं एकता

राजधानी समाचारदाता | 2 hours ago
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्रै आफ्नो नेतृत्वमा ध्र‘वीकरण, रूपान्तरण र एकताको ऐतिहासिक श्रृंखला निर्माण भएको दाबी गरेका छन् । एक वर्षको अवधिमा आफ्नो नेतृत्वमा २१ औं घटकसँगको एकता हुनु नेपालको इतिहासमै नौलो र ऐतिहासिक ‘छलाङ’ भएको दाबी उनले गरेका छन् ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

अन्तरिम सरकारले फिर्ता लियो गम्भीर फौजदारी मुद्दा

राजधानी समाचारदाता | 2 hours ago
काठमाडौं । जेनजी आन्दोलनपछि संसद् विघटन भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन गराउने ‘एकल म्यान्डेट’ प्राप्त अन्तरिम सरकारले धमाधम विवादित निर्णय गरेको छ । बुधबार महान्यायाधिवक्ता सविता बराल भण्डारीले सम्पति शुद्धिकरण र संगठित अपराधमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएकी छन् ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

आमनिर्वाचन सँघारमा सात दशक पुरानो दल कांग्रेस विभाजित

सुभाष साह | 2 hours ago
काठमाडौं । देशको सात दशक पुरानो राजनीतिक दल नेपाली कांग्रेस आमनिर्वाचन आउन ४९ दिन बाँकी छँदै औपचारिक रूपमै विभाजिन भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा ‘विजयी रणनीति’ बनाउनुपर्ने बेला कांग्रेस नेता ‘आधिकारिता खोजी’ गर्दै निर्वाचन आयोग र अदालत धाउनुपर्नेगरी कानूनी झमेलामा परेका छन् ।
Saral patrika logo Saral patrika

निर्वाचन आयोग दबाबमा पर्दैन, वैधानिकता हाम्रै हुन्छ : कांग्रेस सभापति थापा

Saral Patrika | 5 hours ago
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले निर्वाचन आयोग कुनै पनि अवैध शक्ति वा दबाबको प्रभावमा नपर्ने विश्वास व्यक्त गरेका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सम्बोधन गर्दै थापाले आफू नेतृत्वको केन्द्रीय कार्यसमिति नै कांग्रेसको असली र वैधानिक समिति भएको दाबी गरे।
नेपाल न्युज logo नेपाल न्युज

प्रदेशस्तरीय र क्लस्टरतर्फका केन्द्रीय सदस्यमा को-को चुनिए?

नेपालन्युज | 7 hours ago
काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनले ३५ जना खुला केन्द्रीय सदस्य चयन गरेको छ। विशेष महाधिवेशनले बुधबार राति गगनकुमार थापाको सभापतित्वमा १३४ सदस्यीय अन्तरिम कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन्। शर्मा थापानिकट हुन् भने भुसाल संस्थापन पक्षबाट विद्रोह गरेर विशेष महाधिवेशनमा आएकी हुन्।
GandakNews logo GandakNews

विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)

गण्डक न्यूज | 7 hours ago
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । यस्तै, पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल न्युज logo नेपाल न्युज

गगन थापाको नेतृत्वमा यस्तो बन्यो अन्तरिम कांग्रेस

खिलानाथ ढकाल | 7 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्ततः गगनकुमार थापाको सभापतित्वमा अन्तरिम कांग्रेस निर्माण गर्दै समापन भएको छ। संस्थापन पक्षसँग दुई दिनसम्म चलेको निर्णायक वार्ता निष्कर्षमा नपुगेपछि, निष्कासनको कारबाहीसमेत झेल्दै विशेष महाधिवेशनले थापा नेतृत्वमा अन्तरिम कांग्रेस निर्माण गरेको हो।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

नेपाली कांग्रेसको सभापतिमा गगन थापा चयन

राजधानी समाचारदाता | 8 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन मार्फत पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति अनुसार पार्टीको सभापतिमा गगन थापा चयन भएका छन् यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् ।
GandakNews logo GandakNews

विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति

गण्डक न्यूज | 8 hours ago
काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टी इतिहासकै संवेदनशील र कठिन मोडमा उभिएको जनाएका छन् । उनीहरूले पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको उल्लेख गरेका छन् । ‘यतिबेला हामी गम्भीर र विषम परिस्थितिबाट गुज्रिरहेका छौं ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

आजपा र स्वाधीन मधेस जनअभियानबीच पार्टी एकीकरण

राजधानी समाचारदाता | 11 hours ago
काठमाडौं । आम जनता पार्टी (आजपा) र स्वाधीन मधेस जनअभियानबीच पार्टी एकीकरण गर्ने सहमती भएको छ । पार्टी एकीकरण गर्दै आजपाको मोवाइल चुनाव चिन्हबाटै २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागि हुने सहमती पत्रमा उल्लेख गरिएको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

राजधानी समाचारदाता | 11 hours ago
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको हित हुनेगरी जिम्मेवारीपूर्वक काम गर्न गोरखापत्रको नेतृत्वलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारी (अखण्ड) लाई नियुक्तिपत्र प्रदान गर्दै मन्त्री खरेलले इतिहास बोकेको संस्था गोरखापत्रको शाख बलियो हुनेगरी काम गर्न निर्देशन दिए ।
Sutra News logo Sutra News

रविविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोप महान्यायाधिवक्ताद्वारा फिर्ता

सुत्र न्युज | 12 hours ago
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध लागेको सबैभन्दा गम्भीर अभियोग सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दाबी फिर्ता लिने निर्णय गरेको छ। महान्यायाधिवक्ता सबिता भण्डारीले सरकारी वकिल कार्यालयले अघि सारेको उक्त अभियोग फिर्ता लिन स्वीकृति दिएको पुष्टि गरेकी छन्। भण्डारीका अनुसार, लामिछानेले आफूमाथि लगाइएका आरोप खारेज गर्न औपचारिक रूपमा निवेदन दिएका थिए, जसबारे निर्णयका लागि सरकारी वकिल कार्यालयहरूबाट फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाइएको थियो। ‘लामिछानेको निवेदन आएको थियो। त्यसमा के गर्ने भन्ने विषय निर्णयका लागि पठाइएको थियो। हामीले अभियोगदाबी फिर्ता लिन स्वीकृति दिएका छौँ,’ भण्डारीले भनिन्।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

रास्वपा सभापति लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

राजधानी समाचारदाता | 12 hours ago
काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि नै निवेदन परेको थियो ।
Kendrabindu logo Kendrabindu

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने सरकारको निर्णय

इन्द्र कमल रोक्का | 12 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग सरकारले फिर्ता लिने भएको छ । महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको हो ।

Explore by Source or Category