npl.977 Nepal News Stream

#राजनीति

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

धनकुटामा तारजालीसहितको मतगणना स्थल तयार

ईश्वर थापा | 23 minutes ago
धनकुटा । धनकुटामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्रमा कर्मचारी पुगेसँगै मतगणस्थल तयारी बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान सम्पन्न भएसँगै तत्काल मतगणना सुरु गर्न सकिने गरी मतगणना स्थल व्यवस्थित रूपमा तयार पारेको हो ।
Kendrabindu logo Kendrabindu

निर्वाचन आउन एक दिन बाँकी,सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको छ- आयोग

इन्द्र कमल रोक्का | 27 minutes ago
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ ।
Himal Press logo Himal Press

२०८३ मा यी दिन दिइने छ सार्वजनिक बिदा

Kiran Poudel | 34 minutes ago
काठमाडौँ- सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ। गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मतदान अधिकृतका खातामा ५९ करोड ६२ लाख रुपैयाँ

राजधानी समाचारदाता | 39 minutes ago
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हरेक मतदान केन्द्रमा २५ हजार ८ सय रुपैयाँ खर्च व्यवस्थापन गरेको छ । देशभरका १० हजार ९ सय ६७ मतदानस्थलमा गरी २३ हजार १ सय १२ मतदान केन्द्र छन् ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

४५ वर्षदेखि ‘निर्वाचन सामग्री’ बन्दै छ स्वस्तिक चिह्न

अमृतनाथ तिमल्सिना | 41 minutes ago
काठमाडौं । विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा ‘शुभकर्म’ जनाउन प्रयोग हुने ‘स्वस्तिक’ नेपालमा ४५ वर्षदेखि मतसंकेत जनाउने छापका रूपमा समेत प्रयोग भइरहेको छ । वैदिक ग्रन्थमा पूर्वीय संस्कृति र हिन्दु धर्मसँग सम्बन्धित मानिने स्वस्तिक चिह्नलाई नेपाल, भारत, श्रीलंकालगायतका देशले निर्वाचन चिह्नको रूपमा प्रयोग गरेसँगै नेपालमा २०३७ सालदेखि प्रयोग भएको निर्वाचन आयोगले जनाएको छ ।
Kendrabindu logo Kendrabindu

सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् -सुरक्षा फौज

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पारे ।
Kendrabindu logo Kendrabindu

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

कांग्रेस सभापतिको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाहीको माग

राजधानी समाचारदाता | 12 hours ago
काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
Kendrabindu logo Kendrabindu

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

इन्द्र कमल रोक्का | 12 hours ago
काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये ९५ लाई स्पष्टीकरण सोधिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा ६२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राससलाई जानकारी दिए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मिथिलामा बम विस्फोट हुँदा दुई जना घाइते

राजधानी समाचारदाता | 13 hours ago
काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व(पश्चिम राजमार्गको बडहरी पुलमाथि बम विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका हुन् ।
Kendrabindu logo Kendrabindu

प्रधान सेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण, निर्वाचन सुरक्षा थप सुदृढ गर्न निर्देशन

इन्द्र कमल रोक्का | 13 hours ago
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतनाको निरीक्षण गरेका छन्। मंगलबार नारायणहिटीस्थित उपत्यका पृतना भ्रमणका क्रममा प्रधानसेनापतिले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थासहित समग्र वस्तुस्थिति प्रतिवेदन प्राप्त गरेका थिए। निरीक्षणको क्रममा उनले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन र आवश्यक व्यवस्थापन सुनिश्चित गर्न निर्देशन दिएका छन्।
Kendrabindu logo Kendrabindu

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

इन्द्र कमल रोक्का | 13 hours ago
सिद्धार्थनगर (रुपन्देही) । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार हुने निर्वाचन प्रक्रियाअन्तर्गत मौनअवधि सुरु भइसकेको अवस्थामा खटिएका कर्मचारी निर्वाचन सामग्री लिई तोकिएको मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको हो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

राजधानी समाचारदाता | 13 hours ago
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो ।
Taksar News logo Taksar News

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

टक्सार न्युज | 13 hours ago
काठमाडाैँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वाणिज्य विद्, पेट्रोलियम व्यवसायी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेतको उपस्थितिमा नाफिजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
GandakNews logo GandakNews

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

गण्डक न्यूज | 14 hours ago
काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो । विवादै विवादले कालोसूचीमा परेका साहको उम्मेदवारी खारेज भएसँगै त्यहाँ अब नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।
Taksar News logo Taksar News

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

टक्सार न्युज | 14 hours ago
काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरु गरिएका छन् ।
Kendrabindu logo Kendrabindu

दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा  कारण देखाऊ आदेश जारी

इन्द्र कमल रोक्का | 14 hours ago
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईँलाई पक्राउ गर्नुपर्ने कारण न्यायालयमा पेश गर्न आदेश दिएको छ।
Taksar News logo Taksar News

‘आफ्नो मत आफ्नै गाउँमा’ (फोटो फिचर)

टक्सार न्युज | 14 hours ago
काठमाडाैँ । ‘आफ्नो गाउँ, आफ्नै ठाउँ, आफैँले चुनेको प्रतिनिधि’– यही भावना बोकेर अहिले हजारौँको सङ्ख्यामा मानिसहरू काठमाडौं उपत्यका छाडेर आफ्नो थाँतथलोतिर लागिरहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौंका नाकाहरूमा गाउँ फर्किने मतदाताहरूको उत्साह देखिएको छ । शहरका व्यस्त गल्लीहरू सुनसान बन्दै जाँदा गाउँघरमा भने निर्वाचनको रौनकले छुट्टै उल्लास थपेको छ ।
Kendrabindu logo Kendrabindu

कालीकोटका १२८ वटै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

इन्द्र कमल रोक्का | 14 hours ago
कालीकोट। कालीकोट जिल्लाका सबै १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पु-याइएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दुर्गम तथा हिमाली क्षेत्रसम्म आवश्यक सामग्री ढुवानी सम्पन्न भएको जनाएको छ। सहायक निर्वाचन अधिकृत सुनिलकुमार खाँणका अनुसार जिल्लामा १२७ स्थायी र एक अस्थायी गरी १२८ मतदान केन्द्र रहेका छन्।
Kendrabindu logo Kendrabindu

राष्ट्रियसभा सदस्यको सपथ आउने २५ गते

इन्द्र कमल रोक्का | 15 hours ago
काठमाडौं। माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूको शपथ ग्रहण फागुन २५ गते हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजना गरिनेछ।

Explore by Source or Category