२०८३ मा यी दिन दिइने छ सार्वजनिक बिदा
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ। गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो।
‘नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा भनिएको छ।
