काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध्यामा आयोग कार्यालय बहादुर भवनमा उनले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान र प्रचारप्रसार सम्बन्धी नियमहरूमा कडाइ गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि मतदाताले एकभन्दा बढी पटक मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिबाना हुने चेतावनी दिएको छ ।
काठमाडौँ। रामेछाप नगरपालिका-२ देउरालीस्थित सिरुवारीमा सोमबार भएको निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट खसेर भएको उक्त दुखद घटनामा एक सुरक्षाकर्मी र एक कर्मचारीको मृत्यु भएको हो । दुर्घटनामा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौँ- सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयातनिर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो।
काठमाडौँ- आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित आचारसंहिता अनुगमन अधिकृत तोकेको जनाएको हो।
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेको गाडी रामेछापमा दुर्घटनामा परेको छ । सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन सामग्रीसहित जाँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
काठमाडौँ- आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। देशका १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुने भएकाले सम्बन्धित जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी, मतदान केन्द्र व्यवस्थापन र कर्मचारी परिचालन गरिएको छ। सो क्रममा मनाङको चामे गाउँपालिका-३ कोतोबाट सुरक्षाकर्मी र कर्मचारीहरू मतपेटिका बोकेर नार्पाभूमितर्फका दुर्गम मतदान केन्द्र जाँदै गरेका दृश्यहरू देखिएका छन्।
प्रदेश निर्वाचन कार्यालय, पोखराबाट यही फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मतदान सामग्री बुझेर मतदान केन्द्रतर्फ लिएर जाँदै मतदानमा खटिएका कर्मचारी। कास्कीमा एक सय ६५ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र तोकिएका छन्।
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदान कार्य सम्पन्न नभएसम्म लागु हुने यो अवधिमा राजनीतिक दल र उम्मेदवारले कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाउने छैनन्। मौन अवधि सुरु हुनुअघि आज दिनभर उम्मेदवारहरु चुनावी सभा र घरदैलोमा व्यस्त देखिएका छन्।
काठमाडौँ। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु आज सोमबार अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन आयोगले सबै कर्मचारीलाई तोकिएको केन्द्रमा पुग्न परिपत्र गरेको छ। दुर्गम र विकट क्षेत्रका मतदान केन्द्रमा सुरक्षाकर्मीसहितको टोली केही दिनअघि नै पुगिसकेको छ।