npl.977 Nepal News Stream

Taksar News logo

Taksar News

अर्थराजनीतिक दिशानिर्देश

नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खाेजियाे, त्यसलाई चिर्न जरुरी छः अध्यक्ष ढकाल

टक्सार न्युज | 21 minutes ago
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले नेपालकै पुँजी पनि धेरै ठूला आयोजना बनाउन सकिने बताएका हुन् ।

लगानीमैत्री नीतिको अभावले रोजगारी र आर्थिक समृद्धि रोकियो: अध्यक्ष अग्रवाल

टक्सार न्युज | 27 minutes ago
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकमा लगानीमैत्री नीतिको अभावका कारण आर्थिक समृद्धि हासिल गर्न समस्या भएको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले सरकारले देशभित्रै रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताएका हुन् ।

प्रहरी हिरासतबाट हतियार सहित भागेका थुनुवा पक्राउ

टक्सार न्युज | 29 minutes ago
काठमाडौंँ । जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भाग्ने क्रममा लुटेको हतियार र भगौडा थुनुवा पक्राउ परेका छन् ।आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा लागुऔषध मुद्दामा पक्राउ परी थुनामा राखिएका २८ वर्षीय रसिल जोशी भागेका थिए ।

चार महिनामा लघु जीवन बिमा कम्पनीले उठाए ३२ करोड भन्दा बढी बिमाशुल्क, कुनको कति ?

टक्सार न्युज | 33 minutes ago
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म लघु जीवन बिमकले ३२ करोडभन्दा बढीको व्यापार गरेको छन्। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका तीन ओटा लघु जीवन बिमकले भदौसम्म २१ लाख २९ हजार ९२३ ओटा बिमालेख जारी गरेर ३२ करोड ७१ लाख ११ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

कात्तिकसम्म जीवन बिमा कम्पनीहरूले गरे ६२ अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन , कुनकाे कति ?

टक्सार न्युज | 52 minutes ago
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनासम्ममा जीवन बिमा कम्पनीहरूले ६२ अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क सङ्कलन गरेका छन् ।

‘भ्रष्टाचार निवारणका लागि बनाइएको सतर्कता केन्द्र सरकारको प्राथमिकतामा परेन’

टक्सार न्युज | 1 hour ago
काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते निशानामा परेको प्रधानमन्त्री मातहतको राष्ट्रिय सतर्कता केन्द्र अभावै अभावमा गुज्रिरहेको छ । जेनजी आन्दोलनकारीको निशानामा परी आगलागी र तोडफोड भएको सतर्कता केन्द्रको कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा ल्याइएको भएपनि यो निकायको आफ्नै भवन छैन ।

सहकारी पीडितको आन्दोलन: ३ वर्षसम्म बचत फिर्ता नपाउँदा बुद्धनगरमा निरन्तर प्रदर्शन

टक्सार न्युज | 1 hour ago
काठमाडाैँ । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

औषधि व्यवसायीद्वारा स्वास्थ्यमन्त्री गौतमको आलोचना

टक्सार न्युज | 1 hour ago
काठमाडाैँ । औषधि व्यवसायीहरूले आफूहरूको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमवार पनि काठमाडौँको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिन पुगेका उनीहरूले आफूहरूकाे माग सुनुवाई नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् ।

निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरी काम गरिरहेका छौँः उद्योगमन्त्री सिन्हा

टक्सार न्युज | 2 hours ago
काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरि काम गरिरहेको बताएका छन् ।

सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैनः अर्थमन्त्री खनाल

टक्सार न्युज | 2 hours ago
काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन् । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पतीमाथी हमला गर्नु सह्य नहुने चेतावनी दिए ।

चिनीयाँ कम्पनीले रू. १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने

टक्सार न्युज | 2 hours ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रू. १००० दरको ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरेको छ । राष्ट्र बैंकले रू. १००० दरको ४३ करोड थान अर्थात ४ खर्ब ३० अर्ब रूपैयाँ छपाइ गर्ने जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया सुरू गर्न आयोगमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

टक्सार न्युज | 2 hours ago
काठमाडाैँ । समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय स्थापना गरिएको हो । समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगका सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ । नेपालमा संवैधानिक व्यवस्था बमोजिम दुई वटा निर्वाचन प्रणाली छ ।

अशोक सिलवालको नयाँ कृति ‘एभरेस्ट’ सार्वजनिक

टक्सार न्युज | 3 hours ago
काठमाडौं । अशोक सिलवालको नयाँ कृति ‘एभरेस्ट’ पोखरास्थित अन्तर्राष्ट्रिय पर्वत संग्रहालय (आईएमएम) मा सार्वजनिक गरिएको छ। ‘एन अनफिनिस्ड स्टोरी’ उपशीर्षक रहेको यस पुस्तकको विमोचन संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले गरिन् । विमोचन कार्यक्रममा निर्देशक न्यौपानेले सिलवालको योगदान हिमाली पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण रहेको उल्लेख गरिन्।

पूर्व चीनमा ५ हजार ५ सय ८० मिटर लामो केबलवे प्रयोगमा

टक्सार न्युज | 3 hours ago
पूर्वी चीनको जियाङ्सी प्रान्तको नान्चाङ शहरको मेइलिङ रमणीय क्षेत्रमा आइतबारदेखि ५ हजार ५८० मिटर लामो नयाँ केबलवे सञ्चालनमा आएको छ । पर्यटकहरूले अब नान्चाङको मुटुबाट समुन्द्र सतहबाट ७६० मिटर उचाईमा रहेको शान्त तियानजिङ तालसम्म १७ मिनेटमा यात्रा गर्न सक्छन् । केबलवे केवल सवारी मात्र नभइ यो बहुउद्देश्यीय लिङ्क हो ।

साेमबार बढ्याे सुनचाँदीकाे मूल्य

टक्सार न्युज | 3 hours ago
काठमाडाैँ । साेमबार छापावाल सुनकाे मूल्य ताेलामा एक हजार ४०० रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको सुन छापावाल सुनकाे मूल्य सोमबार २ लाख ५३ हजार ६०० रूपैयाँ कायम भएकाे छ ।

मौद्रिक नीति समिक्षाः महानगरपालिका भित्रका बैंक तथा वित्तीय संस्थाका शाखा समायोजन गर्न सकिने

टक्सार न्युज | 4 hours ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकले महानगरपालिका भित्रका बैंक तथा वित्तीय संस्थाको शाखा समायोजन/एकीकरण गर्नसक्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो मौद्रिक नीति समिक्षा गर्दै शाखा समायोजन/एकीकरण गर्न सकिने व्यवस्था मिलाएको हो ।

प्रभु बैंकको कार्यवाहक सिइओमा लम्साल नियुक्त

टक्सार न्युज | 7 hours ago
काठमाडौँ । प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कार्यवाहक सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरुलाई पक्राउ गरेको थियाे ।

बिमा प्राधिकरण अध्यक्ष प्रकरण : अर्थमन्त्री खनालविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न आदेश

टक्सार न्युज | 8 hours ago
काठमाडौं । सर्वोच्च अदालतले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ । नेपाल बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको अवहेलनाको पुरक रिट दायर गर्न सर्वोच्चले आइतबार आदेश दिएको हो ।

साेमबार तपाईको शुभ अशुभ कस्तो छ ?

टक्सार न्युज | 11 hours ago
२०८२ मंसिर १५ गते साेमबारको राशिफल मेषमनमा अशान्ती रहने छ । शरिरमा पिडा हुनसक्छ । अनावश्यक कार्यको लागि धेरै खर्च हुन सक्दछ । व्यापारमा हानी हुनसक्हुने भएकोले व्यापार गर्दा सोच विचार पुर्याउनु होला । आप्mन्तसँग कारोबार गर्दा विचार पुर्याउनु होला । वृषवृष राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ ।

Explore news by Category