npl.977 Nepal News Stream

Taksar News logo Taksar News

निर्वाचन र युद्ध त्रासले उपत्यकाका पेट्रोल पम्पमा भीड

टक्सार न्युज 12 hours ago

काठमाडाैँ । उपत्यकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरू गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौँका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो ।

आइतवार, सोमवार पम्पहरुमा इन्धन भर्नेहरूको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरु लाइनमा बस्नुपरेको थियो । पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ ।

केही म्यादी प्रहरीहरुले व्यवस्थापन गरेका थिए । पछिल्लो समय बढ्दो मध्यपूर्वको तनावले उपभोक्तामा त्रास बढेको छ । समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो की भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरुमा रहेको छ ।

नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर उपभोक्ताहरू भने विगतका नाकाबन्दी र अभावका अनुभवका कारण त्रसित छन् ।

Read more news from Taksar News

Explore by Source or Category