Nepal Watch
|
34 minutes ago
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो ।
Nepal Watch
|
12 hours ago
काठमाडौं । आजदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न पाइँदैन । मन्त्रिपरिषदको निर्णय अनुसार १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने भएको हो ।
Nepal Watch
|
12 hours ago
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि सम्पन्न महाधिवेशनले आफ्नो पार्टीलाई विभाजन हुनबाट जोगाएको दाबी गरेका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाली कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवालाई हटाउन भइरहेको प्रयास र आफ्नो विगतको अवस्था उस्तै रहेको टिप्पणी गरे।
Nepal Watch
|
20 hours ago
रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ ।
Nepal Watch
|
20 hours ago
काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
Nepal Watch
|
1 day ago
काठमाडौं -काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ । आज कामपाको उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आयव्यय प्रक्षेपण गरेको हो ।
Nepal Watch
|
1 day ago
चितवन – केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एक दिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैका आँखा रसाए। उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे।
Nepal Watch
|
1 day ago
काठमाडौँ । काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्। त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारीमा रहेका तीन कैदीबन्दी केही समयपछि कैदमुक्त हुँदै छन्।
Nepal Watch
|
1 day ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ केन्द्रीय समिति चयन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले बहुमतबाट नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो । नयाँ केन्द्रीय कार्यसमितिको सभापतिमा गगन थापा चुनिएका छन् । त्यस्तै, उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।
Nepal Watch
|
1 day ago
काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । कार्यालयले आज विभिन्न अदालतमा रहेका उक्त मुद्दासम्बन्धी अभियोग संशोधन गर्न स्वीकृति दिएको हो ।
Nepal Watch
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेस लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः विभाजित भएको छ । संस्थापन पक्ष (शेरबहादुर देउवा समूह)ले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको अनुशासन उल्लङ्घन गरेको अभियोगमा ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ ।
Nepal Watch
|
1 day ago
काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।
Pushpa Dhungana
|
2 days ago
काठमाडौं । कांग्रेस विवादको समाधान निकाल्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्मा निर्णायक छलफलमा जुटेका छन् । विशेष महाधिवेशन र संस्थापन पक्षधर नेताबीच सहमतिका लागि विभिन्न चरणमा भएका हिजो र अस्तिका वार्ताले निकास निकाल्न नसकेपछि पार्टी सभापति देउवा र महामन्त्रीद्वय निर्णायक संवादमा जुटेका हुन् ।
Nepal Watch
|
2 days ago
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ। मंगलबार बिहान ११ बजेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केही बेर बसेर बुधवार बिहान ८ बजेसम्मका लागि स्थगित भएको थियो ।
Nepal Watch
|
2 days ago
काठमाडौँ। आज काठमाडौँको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस थियो। तापक्रम घटेसँगै काठमाडौँमा चिसो बढेको छ। यद्यपि पछि बिहान ८:४५ बजे घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस कायम भएको थियो।
Nepal Watch
|
2 days ago
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीमाथि सुरक्षा बलको हिंसापछि इरानी अधिकारीहरूसँगको सबै छलफल रद्द गरेको घोषणा गरेका छन। उनले इरानी नागरिकलाई छिट्टै सहयोग गर्ने बताएका छन। ट्रम्पले इरानी नागरिकलाई गर्ने सहयोगको विवरण भने दिएका छैनन्। यसअघि, उनले इरानले अमेरिकी चेतावनीपछि वार्ता गर्न चाहेको बताएका थिए।
Nepal Watch
|
2 days ago
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।
Nepal Watch
|
2 days ago
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो ।
Nepal Watch
|
2 days ago
काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । लिगमा १७ क्लबको सहभागिता रहनेछ भने बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा हुने छ ।
Nepal Watch
|
2 days ago
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरीमा ५ दिनमा करिब १ लाख जनाले आवेदन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले ७७ वटै जिल्लास्थित आ-आफ्ना कार्यालयमार्फत २५ पुसबाट आवेदन खुलाएकामा मंगलबारसम्म करिब १ लाखको दरखास्त परेको हो ।