टक्सार न्युज
|
7 hours ago
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर आगामी शनिवारसम्म मौसम सामान्यतया सफा रहने जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार, मंगलबार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिएको भए पनि वर्षाको सम्भावना छैन।
टक्सार न्युज
|
7 hours ago
काठमाडाैँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वाणिज्य विद्, पेट्रोलियम व्यवसायी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि समेतको उपस्थितिमा नाफिजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
टक्सार न्युज
|
8 hours ago
काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरु गरिएका छन् ।
टक्सार न्युज
|
8 hours ago
टक्सार न्युज
|
8 hours ago
काठमाडौंँ । मंगलबार सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका सबै कम्पनीको सेयरमूल्य बढेको छ । मंगलबार नेप्सेमा आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।
टक्सार न्युज
|
9 hours ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
टक्सार न्युज
|
9 hours ago
काठमाडौं । पुल्चोककाे दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणका लागी दमकल पुग्दै गरेको छ ।
टक्सार न्युज
|
9 hours ago
काठमाडाैँ । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका नेपाल–भारत सीमा नाकाहरू सिल गरिएको छ। प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा योजनाअनुसार जटहीलगायत जिल्लाका भारतीय सीमा नाका गत राति १२ बजेदेखि बन्द गरिएको हो।
टक्सार न्युज
|
9 hours ago
काठमाडौँ । मध्यपूर्वमा फैलिँदै गएको द्वन्द्वका कारण चीनको प्रमुख पेट्राेलियम रिफाइनरी कम्पनी झेजियाङ पेट्रोकेमिकल कर्पोरेसनले उत्पादन कटौती गरेको छ । साउदी अराम्कोको लगानी रहेको रिफाइनरीले नियमित मर्मत–सम्भारको कामलाई नियमित भन्दा अगाडि सार्दै प्रतिदिन २ लाख ब्यारेल क्षमता भएको एक क्रुड यूनिट बन्द गर्ने निर्णय गरेको हो ।
टक्सार न्युज
|
10 hours ago
काठमाडाैँ । वाणिज्यविद् रवि शंकर सैंजुले पश्चिम एसियामा बढ्दो द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा प्रत्यक्ष असर पार्न सक्ने बताएका छन्।
टक्सार न्युज
|
10 hours ago
काठमाडाैँ । उपत्यकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरू गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौँका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो । आइतवार, सोमवार पम्पहरुमा इन्धन भर्नेहरूको भीड रह्यो ।
टक्सार न्युज
|
10 hours ago
काठमाडौँ । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले त्रासका कारण कृत्रिम रूपमा पेट्रोलियम पदार्थको मौज्दात बढाउँदा बजारमा अभाव देखिन सक्ने बताएका छन्।
टक्सार न्युज
|
10 hours ago
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का लागि साहको उम्मेदवारी बैंक तथा वित्तीय संस्थामा कालोसूचीमा परेको प्रमाण देखापरेपछि खारेज गरिएको हो।
टक्सार न्युज
|
11 hours ago
काठमाडाैँ । चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै स्वास्थ्य आपत्कालीन परिस्थितिका लागि द्रुत कार्यदल गठन गरेको छ। अस्पतालका अनुसार सम्भावित स्वास्थ्य जोखिमहरूलाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकसहितको टोली तयार पारिएको छ। यस अन्तर्गत आकस्मिक विभागका प्रमुख डा.
टक्सार न्युज
|
12 hours ago
काठमाडाैँ । बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ । मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ ।
टक्सार न्युज
|
12 hours ago
काठमाडौँ । दैनिक करिब ५ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग हुने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार यसअघि आवेदन दिइसकेका करिब २५ लाख सेवाग्राहीलाई अझै लाइसेन्स वितरण गर्न बाँकी रहेको छ । विभागका महानिर्देशक राजीव पोखरेलले अत्यावश्यक परेका सेवाग्राहीलाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराइरहेको जानकारी दिए ।
टक्सार न्युज
|
12 hours ago
काठमाडौँ । मंगलबार नेपाल राष्ट्र बैंकले एक सय अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । यसको सावाँब्याज राष्ट्र बैंकले २०८२ फागुन २५ गते भुक्तानी गर्ने जनाएको छ ।
टक्सार न्युज
|
12 hours ago
टक्सार न्युज
|
13 hours ago
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साम अल्टम्यानले कम्पनीले अमेरिकी रक्षा विभागसँग हतारमा सम्झौता गर्न नहुने बताएका छन् । उनले भने, “हालैको सम्झौतामा हतार गर्नु हुँदैनथ्यो र सम्झौतामा संशोधनहरूको रूपरेखा प्रस्तुत गर्नुपथ्र्यो ।” अल्टम्यानले सामाजिक सञ्जाल एक्समा आन्तरिक मेमोको पुनः पोस्टको रूपमा वर्णन गरेको कुरा सार्वजनिक गरे ।
टक्सार न्युज
|
13 hours ago
काठमाडाैँ । यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च व्यहोर्ने भएको छ ।