npl.977 Nepal News Stream

Taksar News logo

Taksar News

अर्थराजनीतिक दिशानिर्देश

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन पुस २६–२८ मा हुने

टक्सार न्युज | 4 hours ago
काठमाडाैँ । नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशन पुस २६ गतेदेखि २८ गतेसम्म सञ्चालन गर्ने भएको छ। सोमबार बसेको पार्टी केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो। केन्द्रिय समिति बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले लामो छलफलपछि सर्वसम्मत रूपमा महाधिवेशनको मिति र कार्यतालिका तय गरिएको जानकारी दिए।

बैंकहरूले ‘लोन प्याकेज’ हरू पुनरावलोकन गर्नुपर्छः गभर्नर पौडेल

टक्सार न्युज | 4 hours ago
काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूले ‘लोन प्याकेज’ हरू पुनरावलोकन गर्नुपर्ने बताएका छन्। सोमबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूबाट बैंकका लोन सम्बन्धी प्रश्न उठेको उल्लेख गर्दै अब बैंकहरूले ती प्याकेजहरू प्रभावकारी ढंगले पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।

भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः पृथ्वीसुब्बा गुरुङ

टक्सार न्युज | 5 hours ago
काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते नेपालमा ‘प्रतिक्रान्ति’ भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालको सोमबारको कार्यक्रममा उहाँले जेनजीको नाममा वाह्य शक्तिहरूले नेपाललाई नियन्त्रणमा लिएको आरोप लगाए । उनले भने, “नेपालका तीन वटै संस्थालाई कोल्याप्स पारिएको छ।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

टक्सार न्युज | 5 hours ago
काठमाडाैँ । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानून मान्नुपर्ने बताएका हुन् । गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द गरिएको थियो ।

रेडियन्ट रिडर्स एकेडेमीकाे ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित

टक्सार न्युज | 5 hours ago
काठमाडाैँ । ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले मंसिर १४ गते (आइतबार) विशेष समारोह आयोजना गरी ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

असोजकाे वर्षाले देशभर कृषि क्षेत्रमा ३ अर्ब ७६ करोडभन्दा बढीको क्षति, मधेश सबैभन्दा बढी प्रभावित

टक्सार न्युज | 5 hours ago
काठमाडौँ । असोज १७ देखि १९ गतेसम्म देशका विभिन्न भागमा परेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार पाँच ओटा प्रदेशमा करिब १५ हजार ४९९ हेक्टर क्षेत्रफलमा विभिन्न बालीहरू प्रभावित भएका छन्।

सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट

टक्सार न्युज | 5 hours ago
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा समान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ अंकमा पुगेको छ । आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खाेजियाे, त्यसलाई चिर्न जरुरी छः अध्यक्ष ढकाल

टक्सार न्युज | 6 hours ago
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले नेपालकै पुँजी पनि धेरै ठूला आयोजना बनाउन सकिने बताएका हुन् ।

लगानीमैत्री नीतिको अभावले रोजगारी र आर्थिक समृद्धि रोकियो: अध्यक्ष अग्रवाल

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकमा लगानीमैत्री नीतिको अभावका कारण आर्थिक समृद्धि हासिल गर्न समस्या भएको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले सरकारले देशभित्रै रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताएका हुन् ।

प्रहरी हिरासतबाट हतियार सहित भागेका थुनुवा पक्राउ

टक्सार न्युज | 6 hours ago
काठमाडौंँ । जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भाग्ने क्रममा लुटेको हतियार र भगौडा थुनुवा पक्राउ परेका छन् ।आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा लागुऔषध मुद्दामा पक्राउ परी थुनामा राखिएका २८ वर्षीय रसिल जोशी भागेका थिए ।

चार महिनामा लघु जीवन बिमा कम्पनीले उठाए ३२ करोड भन्दा बढी बिमाशुल्क, कुनको कति ?

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म लघु जीवन बिमकले ३२ करोडभन्दा बढीको व्यापार गरेको छन्। नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका तीन ओटा लघु जीवन बिमकले भदौसम्म २१ लाख २९ हजार ९२३ ओटा बिमालेख जारी गरेर ३२ करोड ७१ लाख ११ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

कात्तिकसम्म जीवन बिमा कम्पनीहरूले गरे ६२ अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन , कुनकाे कति ?

टक्सार न्युज | 7 hours ago
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिक महिनासम्ममा जीवन बिमा कम्पनीहरूले ६२ अर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क सङ्कलन गरेका छन् ।

‘भ्रष्टाचार निवारणका लागि बनाइएको सतर्कता केन्द्र सरकारको प्राथमिकतामा परेन’

टक्सार न्युज | 7 hours ago
काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते निशानामा परेको प्रधानमन्त्री मातहतको राष्ट्रिय सतर्कता केन्द्र अभावै अभावमा गुज्रिरहेको छ । जेनजी आन्दोलनकारीको निशानामा परी आगलागी र तोडफोड भएको सतर्कता केन्द्रको कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा ल्याइएको भएपनि यो निकायको आफ्नै भवन छैन ।

सहकारी पीडितको आन्दोलन: ३ वर्षसम्म बचत फिर्ता नपाउँदा बुद्धनगरमा निरन्तर प्रदर्शन

टक्सार न्युज | 7 hours ago
काठमाडाैँ । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

औषधि व्यवसायीद्वारा स्वास्थ्यमन्त्री गौतमको आलोचना

टक्सार न्युज | 7 hours ago
काठमाडाैँ । औषधि व्यवसायीहरूले आफूहरूको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमवार पनि काठमाडौँको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिन पुगेका उनीहरूले आफूहरूकाे माग सुनुवाई नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् ।

निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरी काम गरिरहेका छौँः उद्योगमन्त्री सिन्हा

टक्सार न्युज | 8 hours ago
काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरि काम गरिरहेको बताएका छन् ।

सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैनः अर्थमन्त्री खनाल

टक्सार न्युज | 8 hours ago
काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन् । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पतीमाथी हमला गर्नु सह्य नहुने चेतावनी दिए ।

चिनीयाँ कम्पनीले रू. १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने

टक्सार न्युज | 9 hours ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रू. १००० दरको ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरेको छ । राष्ट्र बैंकले रू. १००० दरको ४३ करोड थान अर्थात ४ खर्ब ३० अर्ब रूपैयाँ छपाइ गर्ने जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया सुरू गर्न आयोगमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

टक्सार न्युज | 9 hours ago
काठमाडाैँ । समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय स्थापना गरिएको हो । समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगका सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ । नेपालमा संवैधानिक व्यवस्था बमोजिम दुई वटा निर्वाचन प्रणाली छ ।

Explore news by Category