Ramesh Dawadi
|
28 minutes ago
काठमाडौँ- काठमाडौँ महानगरपालिका बालअधिकार समितिकी विज्ञ सदस्य सोनी भट्टराई लामो समयदेखि बालबालिकाको हकहित र संरक्षणका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएकी अभियन्ता हुन्। राजनीति शास्त्र अध्ययन गरेकी भट्टराई हाल केन्द्रीय प्रशिक्षकका रूपमा नमुना युवा संसद अभ्यास कार्यक्रममार्फत युवालाई लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासमा सहभागी गराउँदै आएकी छन्।
Susmita Bajagain
|
34 minutes ago
काठमाडौँ- माघे संक्रान्तिको अवसरमा आजदेखि हलमा तीन फिल्म एकैसाथ प्रदर्शनमा आएको छ। ती हुन् ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’। तीनओटै फिल्म सामाजिक विषयवस्तुमा बनेको छ। ‘गोबर गणेश’ मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्ममा आमालाई खुसी पार्न सहर छिरेको एक छोराको संघर्ष प्रस्तुत गरिएको छ।
Kiran Poudel
|
37 minutes ago
Kiran Poudel
|
40 minutes ago
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन्। मकर संक्रान्तिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ बनाउने बताएका छन्।
Kiran Poudel
|
43 minutes ago
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
Ramesh Dawadi
|
47 minutes ago
काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थाप सभापतिमा निर्वाचित भएपछि अन्य दलहरूमा पनि पुनर्संरचनामा बल पुग्ने बताएका छन्। पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात भएको उनको भनाइ छ।
Kiran Poudel
|
47 minutes ago
सल्यान- सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ ।
Ramesh Dawadi
|
1 hour ago
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै आउने गालीगलौजले चित्त दुख्ने बताएका छन्। सामाजिक सञ्जालमा अभिव्यक्त हुने असहमति र आलोचना स्वाभाविक भए पनि गालीको संस्कृतिले समाज र लोकतन्त्र दुवैलाई कमजोर बनाउने उनको भनाइ छ। डा.भण्डारीले जिउँदो मानिसले जीवनमा प्रशंसा र आलोचना दुवै भोग्नुपर्ने बताए।
Ramesh Dawadi
|
1 hour ago
काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ। चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो।
Ramesh Dawadi
|
1 hour ago
काठमाडौँ- बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० त्यति नै चाँदीको मूल्य रु पाँच हजार ४८५ कायम भएको छ।
Ramesh Dawadi
|
1 hour ago
काठमाडौँ- विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ। सहमहामन्त्री डा.डिला संग्रौलाले केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हिमालप्रेसलाई जानकारी दिइन्। उनले भनिन्,‘केन्द्रीय कार्यसमिति बैठक बोलाएका छौं।’ बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्नेछ। गएराति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चुनेको थियो।
Ramesh Dawadi
|
2 hours ago
काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह लामाले पार्टी नेतृत्वसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई बधाई तथा आभार व्यक्त गर्दै कांग्रेसको भावनालाई आत्मसात गर्ने प्रतिबद्धता जनाएका छन्।
Ramesh Dawadi
|
2 hours ago
बागलुङ- तमानखोला गाउँपालिकाले आ.व. २०८२/०८३ का लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई स्थानीय भत्ता माग गरी विवरण पेस गर्न आग्रह गरेको छ।
Kiran Poudel
|
3 hours ago
इटहरी- भारी सामग्री ढुवानीका क्रममा अपनाइनुपर्ने न्यूनतम सुरक्षा मापदण्डको बेवास्ता गर्दा सुनसरीको भोक्राह नरसिंह गाउँपालिकास्थित फूलचोकमा पाँच जना कामदारले ज्यान गुमाएका छन्।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याएको छ। यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ। सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ।
Kiran Poudel
|
4 hours ago
केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एक दिन छाडा छोडिएको एउटा कुकुर उनीहरूनजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिँदै चोट लाग्ने गरी लखेटे । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे ।
Kiran Poudel
|
4 hours ago
भक्तपुर- भक्तपुरका बौद्ध धर्मालम्बीले दानमध्येको महादान ‘सम्यक दान पर्व’ मनाउँदैछन्। बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते सो पर्व मनाउँदै आएका जनाइएको छ। सम्यक महादान व्यवस्थापन सहयोग समितिद्वारा संयोजित पर्वमा करिब दुई हजार भिक्षुलाई महादन गर्ने लक्ष्य रहेको छ।
Kiran Poudel
|
4 hours ago
चितवन- माघेसंक्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन्।
Kiran Poudel
|
5 hours ago
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले नेपालको बहुसांस्कृतिक एकतालाई जोड दिएका हुन्। बालेनले चर्चित गीतको अंश ‘सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल’ उद्धृत गर्दै नेपालीपनको व्याख्या गरेका छन्।
Kiran Poudel
|
5 hours ago
काठमाडौँ- नेपाली कांग्रेसको गगन थापा समूह आधिकारिकता खोज्दै आज निर्वाचन आयोग जाने भएको छ । सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बिहीबार निर्वाचन आयोग जाने बताएका थिए । उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए ।