npl.977 Nepal News Stream

Himal Press logo Himal Press

‘अनुवाद विमर्श’को दोस्रो संस्करण सम्पन्न

Keshav Rana Chhetri 1 day ago

काठमाडौँ- नेपाली अनुवादक समाजले आफ्नो मासिक कार्यक्रम ‘अनुवाद विमर्श’को दोस्रो संस्करण सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख वक्ता प्रोफेसर डा. नवराज न्यौपाने अनुवादलाई केवल शब्दको प्रतिस्थापनको मेसिनिक प्रक्रिया नभई बौद्धिक र नैतिक जिम्मेवारी भएको बताए।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक रहेका उनले आफ्नो प्रारम्भिक साहित्यिक अनुवाद अनुभव र पछि डक्टरल अनुसन्धानमार्फत अनुवाद अध्ययनमा गरेको विशेषज्ञता सेयर गरेका थिए। उनले सैद्धान्तिक अध्ययन र व्यवहारिक अभ्यासबीचको सुदृढ समन्वय आवश्यक भएको बताए।

एसटीएनका अध्यक्ष डा. बलराम अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन चन्द्र बहादुर लामाले गरेका थिए। कार्यक्रममा सांस्कृतिक चुनौतीहरूका विषयमा छलफल भएको थियो।

Read more news from Himal Press

Explore by Source or Category