npl.977 Nepal News Stream

#विश्व

Kendrabindu logo Kendrabindu

होर्मुज सङ्कटले विश्व बजारमा हलचल

इन्द्र कमल रोक्का | 10 hours ago
हङकङ । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे ।
Kendrabindu logo Kendrabindu

इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाउने साउदीकाे चेतावनी

इन्द्र कमल रोक्का | 10 hours ago
रियाद, साउदी अरब । साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ । साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ ।
NepalWatch logo NepalWatch

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

Nepal Watch | 11 hours ago
बेरुत, फागुन १८ गते । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
Kendrabindu logo Kendrabindu

साउदीको रास तनुरा तेल केन्द्रमा आक्रमण

इन्द्र कमल रोक्का | 14 hours ago
रियाद । साउदी अरेबियाको पूर्वी क्षेत्रमा रहेको रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमण भएको आशंका गरिएको छ। घटनापछि केन्द्रबाट ठूलो आगो बलिरहेको दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। कतारस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले पूर्वी साउदीको रणनीतिक महत्व बोकेको उक्त केन्द्रमा आक्रमण भएको देखिएको जनाएको छ।
Kendrabindu logo Kendrabindu

अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो- यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो

इन्द्र कमल रोक्का | 14 hours ago
एजेन्सी । इरानले आइतबार राति दक्षिणी इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमणमा १६५ जनाको मृत्यु भएको जनाएको छ । शजरेह तैयबेह स्कूल मिनाबमा अवस्थित छ, जहाँ इस्लामिक रिभोलुसनरी गार्डको सैन्य अड्डा रहेको छ। वासिङ्टन र तेल अभिभले संयुक्त रूपमा गरेको ठूलो स्तरको आक्रमणको बीचमा शनिबार स्कूलमा आक्रमण गरिएको थियो।
News of Nepal logo News of Nepal

‘खामेनीको हत्याको बदला लिन’ हिजबुल्लाहद्वारा इजरायलतर्फ मिसाइल र ड्रोन प्रहार

न्युज अफ नेपाल | 19 hours ago
काठमाडौँ। इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार हिजबुल्लाहबाट गरिएको प्रक्षेपणको जवाफस्वरूप लेबनानस्थित लक्षित स्थानहरूमा प्रतिआक्रमण भइरहेको छ। यसैबीच, हिजबुल्लाहले लेबनानबाट इजरायलतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको पुष्टि गरेको छ। समूहले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिन उक्त कारबाही गरिएको जनाएको छ। इजरायली सेनाका अनुसार प्रहार गरिएका अधिकांश प्रक्षेपणहरू इजरायलका खुला क्षेत्रमा खसेका छन्।
Kendrabindu logo Kendrabindu

अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति

इन्द्र कमल रोक्का | 20 hours ago
काठमाडौं । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त आक्रमणमा बेलायत प्रत्यक्ष रूपमा सहभागी नभएको दोहो¥याउँदै इरानी मिसाइल खतरालाई रोक्न “विशेष र सीमित रक्षात्मक उद्देश्य”का लागि अमेरिकालाई बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति दिने बताएका छन् ।
Kendrabindu logo Kendrabindu

मध्यपूर्वी क्षेत्रको युद्धः ट्रम्पले इजरायल, बहराइन र युएईका नेतासँग गरे वार्ता

इन्द्र कमल रोक्का | 20 hours ago
काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा मिसाइल आक्रमण जारी राखिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् ।
Kendrabindu logo Kendrabindu

निर्वाचनका लागि भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

इन्द्र कमल रोक्का | 22 hours ago
वीरगञ्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई सघाउन भारत सरकारले ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक र अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे।
Kendrabindu logo Kendrabindu

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

इन्द्र कमल रोक्का | 22 hours ago
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तरराष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेकी छन् । उनले भनेकी छन्, “युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु ।
News of Nepal logo News of Nepal

इरानका सर्वोच्च नेता खामेनीको निधनमा ४० दिन राष्ट्रिय शोक

न्युज अफ नेपाल | 23 hours ago
–इरानी आक्रमणमा परी इजरायलको बेत सेमेसमा ९ जनाको मृत्यु काठमाडौं। अमेरिका र इजरायलले शनिबार इरानमा गरेको संयुक्त हवाई आक्रमणका क्रममा इरानको सर्वोच्च नेता ८६ वर्षीय आयोतोल्ला अलि खामेनीको मृत्यु भएपछि इरानले कडा प्रतिशोध लिन थालेको छ ।

Explore by Source or Category