npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्वाचनका लागि भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

इन्द्र कमल रोक्का 23 hours ago

वीरगञ्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई सघाउन भारत सरकारले ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक र अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे।

दूतावासले नेपाल सरकारको अनुरोधअनुसार आगामी निर्वाचन तयारीलाई सहयोग पुर्‍याउन सामग्री उपलब्ध गराइएको जानकारी दिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले समयमै सामग्री उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे।

यसअघि भारत सरकारले निर्वाचन सहयोगको क्रममा ५८० भन्दा बढी सवारीसाधन र अन्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।

Read more news from Kendrabindu

Explore by Source or Category