npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

‘खामेनीको हत्याको बदला लिन’ हिजबुल्लाहद्वारा इजरायलतर्फ मिसाइल र ड्रोन प्रहार

न्युज अफ नेपाल 1 day ago

काठमाडौँ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिअनुसार हिजबुल्लाहबाट गरिएको प्रक्षेपणको जवाफस्वरूप लेबनानस्थित लक्षित स्थानहरूमा प्रतिआक्रमण भइरहेको छ।

यसैबीच, हिजबुल्लाहले लेबनानबाट इजरायलतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको पुष्टि गरेको छ। समूहले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिन उक्त कारबाही गरिएको जनाएको छ।

इजरायली सेनाका अनुसार प्रहार गरिएका अधिकांश प्रक्षेपणहरू इजरायलका खुला क्षेत्रमा खसेका छन्।

हिजबुल्लाह एक शिया मुस्लिम राजनीतिक तथा सैन्य संगठन हो, जसलाई इरानबाट बलियो समर्थन प्राप्त छ। उक्त संगठनले इजरायलको अस्तित्वको अधिकारप्रति असहमति जनाउँदै आएको छ। बीबीसी

Read more news from News of Nepal

Explore by Source or Category