Ramesh Dawadi
|
23 minutes ago
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा नियमावली, विश्वविद्यालयको कुलपतिले प्रधानमन्त्री बन्न नपाउने गरी कानुन संशोधनलगायत शिक्षा क्षेत्रमा सुधारका कदममा जोड दिँदै काम गरिरहेका छन्। यसलाई निष्कर्षमा पुर्याउन आफूले अन्तिम प्रयास गरेको उनले जनाएका छन्।
Ramesh Dawadi
|
44 minutes ago
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकमाथि कडाइ गर्ने प्रयासस्वरूप यो निर्णय लिएको जनाएको छ।
Ramesh Dawadi
|
56 minutes ago
काठमाडौँ- भेनेजुएलाकी प्रमुख विपक्षी नेता मारिया कोरिना मचाडोले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन्। बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटका क्रममा मचाडोले ट्रम्पलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। यस भेटघाटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै मचाडोको प्रशंसा गरेका छन्।
Ramesh Dawadi
|
1 hour ago
काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नआएका डेढ दर्जन जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले आवेदनको समय थप गरेका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेपछि शनिबारसम्म म्याद थप गरिएको सुरक्षा निकायले जनाएका छन्।
Ramesh Dawadi
|
1 hour ago
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
Ramesh Dawadi
|
2 hours ago
काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखा क्षेत्र नम्बर २ बाट नेपाली सेनाका पूर्वउपरथी (मेजर जनरल) बाबुराम श्रेष्ठलाई उम्मेदवार निश्चित गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र २ बाट श्रेष्ठ नै पार्टीका आधिकारिक उम्मेदवार रहने प्रलोपाले जनाएको छ।
Ramesh Dawadi
|
2 hours ago
Ramesh Dawadi
|
2 hours ago
म्याग्दी- एक जना किसानले १२० मुरी धान फलाएका छन्। मंगला गाउँपालिका-२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन्। खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन्।
Ramesh Dawadi
|
2 hours ago
काठमाडौँ- आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो। १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो। यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो। २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो।
Ramesh Dawadi
|
2 hours ago
शुभेच्छुक, शुभचिन्तक र सबै साथीहरूलाई— जय नेपाल ! साथीहरूको चासो र चिन्तालाई म हृदयदेखि स्वागत गर्छु— त्यसप्रति मेरो आदर र सम्मान छ। एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो। यात्रु बोलाउँदै–बोलाउँदै रेल भने हिँडिसक्यो। यही तरिकाले अघि बढिरहँदा दुवै रेल यात्रुविहीन हुन सक्छन्। त्यसपछि मात्र बुझिन्छ— “सँगै हिँडौँ” भन्ने धारणा वास्तवमा के हो।
Ramesh Dawadi
|
3 hours ago
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले शुक्रबार १२:०० बजेदेखि लागु हुने गरी मूल्य समायोजन गरेको हो। पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ।
Ramesh Dawadi
|
3 hours ago
काठमाडौँ- हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्नेछ। महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्नेछ।
Ramesh Dawadi
|
3 hours ago
काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिन जाने मतदान अधिकृतको काम, कर्तव्य के कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ। त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ।
Ramesh Dawadi
|
3 hours ago
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ।
Ramesh Dawadi
|
3 hours ago
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-३ मौरीफाँटामा पाटेबाघको त्रास छाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने बाघले पछिल्लो तीन दिनको अवधिमा दर्जन बढी घरपालुवा जनावरलाई मारेको छ। निकुञ्जबाट डमरुसहित बस्ती छिर्ने बाघले साँझ नपर्दै स्थानीयका चौपायामाथि आक्रमण गर्न थालेको छ। स्थानीय किसान कासी लुहारले दुई महिना अघि मात्रै रु ४० हजार ऋण लिएर किनेको दुधालु गाई बाघले मारेको बताए।
Ramesh Dawadi
|
4 hours ago
हुम्ला- ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका-२ स्थित ठूला खोला भन्ने ठाउँमा भे२त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए।
Ramesh Dawadi
|
4 hours ago
नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ देवचुली नगरपालिका-१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो।
Ramesh Dawadi
|
4 hours ago
२०८२ साल माघ २ गते शुक्रबार। माघ कृष्ण त्रयोदशी तिथि। पञ्चाङ्ग: ध्रुव गर मूल। तदअनुसार १६ जनवरी। यो राशिफल ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्। मेष तपाईंलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन्।
Dhairya Kanta Dutta
|
12 hours ago
जनकपुरधाम- भारत सरकारको सहयोगमा कोशी नदीमा नहरमार्ग निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। भारत सरकारको पश्चिमी कोशी नरह परियोजनाअन्तर्गत बिहारको दरभंगा जोनमा पर्ने नेपालको कोशी नदीदेखि मधुबनी जिल्लाको साहरघाटसम्म नहरमार्ग परियोजनाले स्वीकृति पाएको हो।
Dhairya Kanta Dutta
|
12 hours ago
नेपाली कांग्रेसको वर्तमान संकट गहन गरी हेर्दा यसलाई एउटा राजनीतिक दलको आन्तरिक द्वन्द्व मात्र नभएर विचारधारा र सिद्धान्तको क्रमिक क्षयको परिणाम हो भन्ने स्पष्ट हुन्छ। जसले पार्टीको मूल आत्मालाई खोक्रो बनाइरहेको छ।