Chandra Shekhar Adhakari
|
2 hours ago
पश्चिम एसिया (खाडी क्षेत्र) पुन: घातक अध्यायमा प्रवेश गरेको छ। खाडीको आकाश फेरि एकपटक बारुद र धुवाँले ढाकेको छ। सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको आणविक स्थल, मिसाइल आधार र सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि लामो समयदेखिको छायाँयुद्ध अब खुला, प्रत्यक्ष र विनाशकारी युद्धमा बदलिएको छ।
Keshav Rana Chhetri
|
2 hours ago
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अंग मात्र नभएर यो मानव अधिकारको सवाल भएकाले उत्साहपूर्ण रूपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरेको हो। साथै, मौन अवधि सुरु भइसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा.
Keshav Rana Chhetri
|
3 hours ago
काठमाडौँ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ। मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ।
Keshav Rana Chhetri
|
3 hours ago
काठमाडौँ- नेपाली अनुवादक समाजले आफ्नो मासिक कार्यक्रम ‘अनुवाद विमर्श’को दोस्रो संस्करण सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख वक्ता प्रोफेसर डा. नवराज न्यौपाने अनुवादलाई केवल शब्दको प्रतिस्थापनको मेसिनिक प्रक्रिया नभई बौद्धिक र नैतिक जिम्मेवारी भएको बताए। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक रहेका उनले आफ्नो प्रारम्भिक साहित्यिक अनुवाद अनुभव र पछि डक्टरल अनुसन्धानमार्फत अनुवाद अध्ययनमा गरेको विशेषज्ञता सेयर गरेका थिए।
Keshav Rana Chhetri
|
3 hours ago
काठमाडौ- भर्चुअल रियालिटी (भीआर) उडान प्रशिक्षण प्रदायक लफ्ट डाइनामिक्सले नेपालको चुनौतीपूर्ण हवाई वातावरणमा सुरक्षा सुदृढ गर्न नयाँ हेलिकप्टर सुरक्षा प्रशिक्षण गर्ने भएको छ। युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी र एयरबस हेलिकप्टर्ससँगको साझेदारीमा सुरु गरिएको यसले नेपालमा हेलिकप्टर दुर्घटना न्यूनीकरण गर्ने र पाइलटहरूको पूर्वतयारीलाई मजबुत बनाउने लक्ष्य राखेको छ।
Keshav Rana Chhetri
|
4 hours ago
सुर्खेत- प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका सबै मतदानस्थलमा कर्मचारीहरू पुगेका छन्। सोमबार प्रदेश निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री लिएर गएका कर्मचारीहरू मतदानस्थल पुगिसकेको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरूङले जानकारी दिए। मतदान अधिकृत, सहायक मतदान अधिकृतसँगै अन्य कर्माचारी र सुरक्षाकर्मीहरू निर्वाचनको सामान लिएर गएकोमा सम्बन्धित ठाउँमा पुगिसकेका गुरूङले बताए।
Keshav Rana Chhetri
|
5 hours ago
काठमाडौँ- परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षाका साथै उद्धारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली गठन गरिएको जानकारी दिए।
Keshav Rana Chhetri
|
5 hours ago
काठमाडौँ- फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरेको छ। आयोगका अनुसार निर्वाचनको सुरक्षा र मतदान व्यवस्थापनका लागि सुरक्षा निकाय र निजामती कर्मचारी गरी साढे पाँच लाख जनशक्ति परिचालन हुने भएको हो।
Keshav Rana Chhetri
|
6 hours ago
काठमाडौँ- पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो लागेको एक घण्टाभित्रै आगलागी नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार दिउँसो ३:४५ बजे लागेको आगो निभाउन दमकल र विभिन्न सुरक्षा निकायका कर्मचारीहरू खटिएका थिए। रेस्टुरेन्ट व्यस्त सडक रहेको व्यावसायिक भवनको आठौं तलामा छ। आगलागीबाट रेस्टुरेन्ट जलेर नष्ट भएका छन्।
Keshav Rana Chhetri
|
6 hours ago
चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ। वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ।
Dhairya Kanta Dutta
|
7 hours ago
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अंकले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ। आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो।
Susmita Bajagain
|
7 hours ago
काठमाडौँ- फिल्मी क्षेत्रमा प्राय: अभिनेत्री आमाकाे भूमिकामा देखिन रुचाउँदैनन्। आफूलाई सधैं अभिनेत्रीकै चरित्रकाे अफर स्वीकार्न तयार हुन्छन्। तर अभिनेत्री उषा रजककाे हकमा भने त्याे फरक देखिएकाे छ। उमेरले उनी ४० कटेकी छैनन्। फागुन २९ मा प्रदर्शन हुने फिल्म ‘लालिमा’ मा उषा आमाको भूमिकामा छिन्।
Keshav Rana Chhetri
|
7 hours ago
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ।
Keshav Rana Chhetri
|
7 hours ago
काठमाडौँ- निर्वाचन आयोगले धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम देखिएकाले साहको उम्मेदवारी खारेज भएको आयोगको भनाइ छ। उनको कमल कन्ट्रक्सन कालोसूचीमा रहेको प्रमाणसहित उजुरी परेको बताइएको छ। सोही आधारमा आयोगले उम्मेदवारी खारेज गरेको हो।
Chandra Shekhar Adhakari
|
8 hours ago
काठमाडौँ- पश्चिम एसियाली मुलुक साउदी अरेबिया र कुवेतमा रहेका अमेरिकी दूतावास बन्द भएको छ। क्षेत्रीय तनावका कारण अर्को सूचना जारी नभएसम्मका लागि दूतावास सेवा बन्द गरिएको हो। ‘हामीले सबै नियमित र आपतकालीन कन्सुलर भेटघाटहरू रद्द गरेका छौँ,’ कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘दूतावास सामान्य सञ्चालनमा फर्किएपछि हामी सम्पर्क गर्नेछौँ।
Keshav Rana Chhetri
|
8 hours ago
काठमाडौँ- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदान गर्न आफ्नो क्षेत्र फर्कनेहरूको संख्या बढ्दै गएको छ। निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएपछि मताधिकार प्रयोग गर्न आफ्नो क्षेत्र फर्कनेहरूको संख्या बढ्दै गएको हो। पछिल्लो तीन दिनमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
Susmita Bajagain
|
9 hours ago
काठमाडौँ- चलचित्र विकास बोर्डले फागुन १६ सम्म हलमा प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। बोर्डले साेमबार बक्स अफिस कलेक्सन सार्वजनिक गरेको हाे। रिपोर्टअनुसार अहिले हलमा ‘आ बाट आमा’, ‘कुमारी’ , ‘रमिताको पिरती’ र ‘बिगुल’ प्रदर्शनरत छ।
Madhav P. Nepal
|
9 hours ago
तेहरानको पास्चर स्ट्रिट नजिक शनिबार इजरायली हवाई आक्रमणमा आयतोल्लाह अली खामेनी मारिएका थिए। वरिष्ठ इरानी अधिकारीहरूका उच्च तालिमप्राप्त र निष्ठावान अंगरक्षक तथा चालकहरू काममा आउँदा इजरायलले उनीहरूलाई निगरानी गरिरहेको थियो। यस विषयमा जानकार दुई व्यक्तिका अनुसार तेहरानका प्रायः सबै ट्राफिक क्यामेरा वर्षौँदेखि ह्याक गरिएका थिए। तिनका तस्बिर ‘इन्क्रिप्ट’ गरी तेलअविभ र दक्षिणी इजरायलस्थित सर्भरमा पठाइन्थ्यो।
Kiran Poudel
|
9 hours ago
महेन्द्रनगर- कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।
Kiran Poudel
|
10 hours ago