npl.977 Nepal News Stream

GandakNews logo

GandakNews

Gandak News: Gandaki News | GandakiNews | News Gandaki | News Gandak | Gandaki Samachar | Leading News Pokhara | No. 1 News from Pokhara, Gandaki, Nepal

अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?

गण्डक न्यूज | 1 hour ago
आज फागून १९ गते पूर्णिमाको दिन खण्डग्रास चन्द्र ग्रहण पर्न गएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो । अहिले साँझ ६ बजेर ३ मिनेटबाट ग्रहण सुरु हुनेछ । ग्रहण ७ बजेर २ मिनेट सम्म रहने छ ।

लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान

गण्डक न्यूज | 2 hours ago
पोखरा–६ लेकसाइडस्थित लालुपाते मार्गमा सडक किनारमा फेला पारेको शंकास्पद झोलामा भेटेनरीको सामान भेटिएको छ । एक पसल अघि एक अपरिचत व्यक्तिले राखेर गएको झोलाबाट गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु फेला परेको सूचनापछि आर्मीको बम डिस्पोजल टोली पुगेको थियो । पोखराको एक मतदान केन्द्रमा खटिएका कर्मचारीले पसलमा झोला राखेको खुलेको छ ।

सरकारले सार्वजनिक गर्‍याे ०८३ सालमा हुने बिदाको सूची

गण्डक न्यूज | 2 hours ago
काठमाडौं । सरकारले विसं २०८३ सालभरिको सार्वजनिक बिदा तय गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदाका सम्बन्धमा उक्त निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई राजपत्रमा समेत प्रकाशित गरेको छ । आगामी २०८३ वैशाख १ देखि चैत मसान्तसम्मका लागि बिदा र कार्यालय समय निर्धारण गरिएको हो ।

रास्वपाका किशोरी साहको उम्मेदवारी खारेज

गण्डक न्यूज | 2 hours ago
काठमाडौं- धनुषा निर्वाचन क्षेत्र १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो । विवादै विवादले कालोसूचीमा परेका साहको उम्मेदवारी खारेज भएसँगै त्यहाँ अब नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा

गण्डक न्यूज | 2 hours ago
मुस्ताङ । चुनावलाई प्रभावित पार्नको लागि पैसा बाँड्न हिंडेको आरोपमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

राम बहादुर रोकाहा | 6 hours ago
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ । जिल्लाका सबै मतदानस्थलका मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक सामग्री सोमबार नै पुर्‍याइएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी नियुक्तिपत्र वितरण गरेपछि सामग्री हस्तान्तरण गरेको हो ।

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

राम बहादुर रोकाहा | 22 hours ago
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुने मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले सबै सरोकारवालालाई आग्रह गरेको छ ।

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

राम बहादुर रोकाहा | 1 day ago
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा चुनाव सामग्री र मतपत्र वितरण गरिएको छ । मतदान अधिकृतलाई अभिमुखीकरण गरी नियुक्तिपत्र प्रदान गरेसँगै चुनाव सामग्री बुझाउने काम अघि बढाइएको हो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीलाई आवश्यक सामग्री हस्तान्तरणसँगै अन्तिम तयारीलाई तीव्र बनाइएको हो ।

सिंहदरबार जलाउने पनि चुनावी मैदानमा

रञ्जन अधिकारी | 1 day ago
पत्रपत्रिकाबाट । यस समाचार नागरिक दैनिकमा प्रकाशन भएको छ। काठमाडौँ । जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउन हिँडेकाहरू नै अहिले उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्। उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो। आन्दोलनमा पानी बाँड्न हिँडेका सुदन गुरुङ अहिले गोरखा–१ बाट उम्मेदवार छन्।

‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

रञ्जन अधिकारी | 1 day ago
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ।

राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

गण्डक न्यूज | 1 day ago
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु

गण्डक न्यूज | 1 day ago
मुस्ताङ । राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ खन्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

रास्वपाको प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल फेला

गण्डक न्यूज | 1 day ago
सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र मदिरा राखिएको अवस्थामा फेला परेको छ। सोमबार बिहान पौने १० बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डा प्रयोग भएको गाडीमा मदिरा, चामल लगायत वस्तुहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

राम बहादुर रोकाहा | 1 day ago
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबारदेखि मतदानमा खटिने कर्मचारीलाई नियुक्तिपत्र वितरण सुरु गरेसँगै जिल्लाभर चुनावी माहोल तातेको हो । जिल्लाभरका १९९ मतदान स्थलअन्तर्गत ३२२ नियमित मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन पूरा गरिएको छ ।

प्रधानमन्त्री कार्कीले गरिन् देशबासीका नाममा सम्बोधन (पूर्णपाठ)

रञ्जन अधिकारी | 1 day ago
प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गरेकी छन्। सोमबार मध्यान्हमा उनले आसन्न निर्वाचनको सम्बन्धमा विभिन्न निकायलाई धन्यवाद दिएकी छन्। उनले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका खेलेको निर्वाचन आयोग, चारै वटा सुरक्षा संयन्त्र लगायतलाई धन्यवाद दिएकी हुन्। त्यस्तै मित्र राष्ट्रलाई पनि चुनाव गराउन सहयोग गरेको बताएकी हुन्।

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

राम बहादुर रोकाहा | 1 day ago
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा कारागारका १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला कारागारमा चार महिलासहित १६४ जना कैदीबन्दी रहे पनि मतदाता परिचयपत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका १७ जनाले मात्रै मत हाल्न पाउने भएका हुन् ।

यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु

गण्डक न्यूज | 2 days ago
इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।

आज राति १२ बजेदेखि नेपालसँग जोडिएका भारत चीन सीमा नाका बन्द हुने

रञ्जन अधिकारी | 2 days ago
आज (आइतबार) राति १२ बजेदेखि नेपालसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्। यही २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सरकारले आज राति १२ बजेदेखि सीमा नाका बन्द गर्न लागेको हो। निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ।

स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता

राम बहादुर रोकाहा | 2 days ago
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ स्याङ्जामा अस्थायी मतदाताको संख्या टुंगो लागेको छ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट संकलित विवरणका आधारमा एक हजार ८५९ जना अस्थायी मतदाता कायम गरेको हो ।

निर्वाचनका दिन क-कसलाई चाहिन्छ सवारी पास?

गण्डक न्यूज | 2 days ago
काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन अत्यावश्यक सेवा र विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने गरी विशेष व्यवस्था गरेको छ ।

Explore news by Category