लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
पोखरा–६ लेकसाइडस्थित लालुपाते मार्गमा सडक किनारमा फेला पारेको शंकास्पद झोलामा भेटेनरीको सामान भेटिएको छ ।
एक पसल अघि एक अपरिचत व्यक्तिले राखेर गएको झोलाबाट गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु फेला परेको सूचनापछि आर्मीको बम डिस्पोजल टोली पुगेको थियो ।
पोखराको एक मतदान केन्द्रमा खटिएका कर्मचारीले पसलमा झोला राखेको खुलेको छ ।
नेपाली सेना करीब २ घण्टादेखि निस्क्रिय पार्ने प्रक्रियामा रहँदा शंकास्पद वस्तु राखेको समाचार थाहा पाएपछि उनले झोला आफ्नो भएको बताउँदै आएका थिए ।
स्थानीय आक्रोसित भएपछि वडा प्रहरी कार्यालय बैदामले उनलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले झोला राख्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे । झोलामा नाइट्रोजन ग्याँस लगायतका सामानहरु थिए ।
उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । उनको झोलामा भेटिएको पत्र अनुसार उनी पोखराको तालबाराही मावि बैदाम ‘ख’ मतदान केन्द्रमा सहायक कर्मचारीको रुपमा खटिएका छन् ।