राम बहादुर रोकाहा
|
15 hours ago
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू हुने मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले सबै सरोकारवालालाई आग्रह गरेको छ ।
राम बहादुर रोकाहा
|
20 hours ago
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा चुनाव सामग्री र मतपत्र वितरण गरिएको छ । मतदान अधिकृतलाई अभिमुखीकरण गरी नियुक्तिपत्र प्रदान गरेसँगै चुनाव सामग्री बुझाउने काम अघि बढाइएको हो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीलाई आवश्यक सामग्री हस्तान्तरणसँगै अन्तिम तयारीलाई तीव्र बनाइएको हो ।
रञ्जन अधिकारी
|
21 hours ago
पत्रपत्रिकाबाट । यस समाचार नागरिक दैनिकमा प्रकाशन भएको छ। काठमाडौँ । जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउन हिँडेकाहरू नै अहिले उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्। उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो। आन्दोलनमा पानी बाँड्न हिँडेका सुदन गुरुङ अहिले गोरखा–१ बाट उम्मेदवार छन्।
रञ्जन अधिकारी
|
21 hours ago
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ।
गण्डक न्यूज
|
21 hours ago
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।
गण्डक न्यूज
|
21 hours ago
मुस्ताङ । राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ खन्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
गण्डक न्यूज
|
22 hours ago
सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र मदिरा राखिएको अवस्थामा फेला परेको छ। सोमबार बिहान पौने १० बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डा प्रयोग भएको गाडीमा मदिरा, चामल लगायत वस्तुहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
राम बहादुर रोकाहा
|
23 hours ago
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबारदेखि मतदानमा खटिने कर्मचारीलाई नियुक्तिपत्र वितरण सुरु गरेसँगै जिल्लाभर चुनावी माहोल तातेको हो । जिल्लाभरका १९९ मतदान स्थलअन्तर्गत ३२२ नियमित मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन पूरा गरिएको छ ।
रञ्जन अधिकारी
|
23 hours ago
प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गरेकी छन्। सोमबार मध्यान्हमा उनले आसन्न निर्वाचनको सम्बन्धमा विभिन्न निकायलाई धन्यवाद दिएकी छन्। उनले निर्वाचन सम्पन्न गराउनका लागि भूमिका खेलेको निर्वाचन आयोग, चारै वटा सुरक्षा संयन्त्र लगायतलाई धन्यवाद दिएकी हुन्। त्यस्तै मित्र राष्ट्रलाई पनि चुनाव गराउन सहयोग गरेको बताएकी हुन्।
राम बहादुर रोकाहा
|
1 day ago
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा कारागारका १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला कारागारमा चार महिलासहित १६४ जना कैदीबन्दी रहे पनि मतदाता परिचयपत्र बनाएको र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका १७ जनाले मात्रै मत हाल्न पाउने भएका हुन् ।
गण्डक न्यूज
|
1 day ago
इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।
रञ्जन अधिकारी
|
1 day ago
आज (आइतबार) राति १२ बजेदेखि नेपालसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्। यही २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सरकारले आज राति १२ बजेदेखि सीमा नाका बन्द गर्न लागेको हो। निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ।
राम बहादुर रोकाहा
|
1 day ago
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ स्याङ्जामा अस्थायी मतदाताको संख्या टुंगो लागेको छ । निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लाबाट संकलित विवरणका आधारमा एक हजार ८५९ जना अस्थायी मतदाता कायम गरेको हो ।
गण्डक न्यूज
|
1 day ago
काठमाडौँ– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन अत्यावश्यक सेवा र विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने गरी विशेष व्यवस्था गरेको छ ।
गण्डक न्यूज
|
1 day ago
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावना आवश्यक रहेको बताएका छन् । आइतबार (फागुन १७) भिडियो सन्देश जारी गर्दै उनले अब बनाउने बाटो रोज्ने कि भत्काउने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् । “आज तपाईंले एउटा बाटो रोज्नुपर्ने भएको छ, बनाउने कि भत्काउने बाटो ।
राम बहादुर रोकाहा
|
2 days ago
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्याङजामा अन्तिम चरणमा पुगेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले सुरक्षा तथा व्यवस्थापनका सबै तयारी पूरा गरेको जनाएको छ । प्रशासनका अनुसार उम्मेदवार, मतदाता, मतदान कर्मचारी र मतदान सामाग्रीको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।
गण्डक न्यूज
|
2 days ago
काठमाडौँ — नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्। निर्वाचन विथोल्न खाजेको आरोपमा प्रहरीले उनलाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो। प्रसाईं यसअघि पनि पटक- पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन्। उनले फागुन २१ गतेको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन्। उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे ।
गण्डक न्यूज
|
2 days ago
काठमाडौँ — इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानी मिडियाले पुष्टि गरेको छन्। उनी अमेरिका र इजरायलले संयुक्तरुपमा गरेको हवाइ आक्रमणमा मारिएका हुन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनेई मारिएको उल्लेख गरेका थिए। यसअघिनै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत खामेनि मारिएको र त्यसको प्रमाण आफूसँग रहेको बताएका थिए।
मन्दिप केसी
|
2 days ago
गण्डक न्यूज
|
2 days ago
मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो तनावलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चासो व्यक्त गरेको छ। संघले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइनलगायतका देशमा रहेका करिब १९ लाखभन्दा बढी नेपालीको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।