npl.977 Nepal News Stream

GandakNews logo GandakNews

मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा

गण्डक न्यूज 4 hours ago

मुस्ताङ । चुनावलाई प्रभावित पार्नको लागि पैसा बाँड्न हिंडेको आरोपमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ क्षेत्रमा मत प्रभावित पार्ने ध्येयले बाँड्न लैजादै गरेको पाँच लाख रुपैयाँ र नेपाली कांग्रेसका दस्तावेजसहित गाडी नियन्त्रणमा लिएको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् ।

मौन अवधिमा चराङ हुँदै लोमन्थाङतर्फ जाँदै गरेको उक्त गाडीलाई शंका लागेर खानतलासी गर्दा नगद तथा कांग्रेसको झण्डा तथा पैसा दिने व्यक्तिहरुको नामावली समेत भेटिएको सुरक्षा निकायले जनाएको छ ।

स्थानीय राजनैतिक दलका प्रतिनिधिको रोहवरमा गाडी खानतलासी गर्दा पैसा भेटिएपछि गाडीमा सवार कांग्रेस कार्यकर्ताहरु भने भागेको स्थानीयको भनाई छ ।

Read more news from GandakNews

Explore by Source or Category