npl.977 Nepal News Stream

#कला/शैली

Sutra News logo Sutra News

‘निफ’मा ४० देशका ८८ चलचित्र प्रदर्शन

सुत्र न्युज | 7 hours ago
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ । यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए । चलचित्रकर्मीहरूसँग अन्तरक्रिया, युवा पुस्ता र एआई (कृत्रिम बुद्धिमत्ता) चलचित्रलाई प्राथमिकतासहित आयोजना हुने उक्त महोत्सव ‘विश्वभरका कथाहरुको उत्सव’ भन्ने नारा राखिएको छ । उनले भने, “हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ ।
Sutra News logo Sutra News

एक्सन फिल्मबाट कमब्याक गर्दैछन् आकाश श्रेष्ठ

सुत्र न्युज | 10 hours ago
काठमाडौं । आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बिचमा केही फिल्ममा भने केमियो भूमिकामा काम गरेका थिए । आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि फिल्मका लागि भने राम्रो कथाको प्रतिक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको फिल्ममा कमब्याक पक्का भएको छ । नायक श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन फिल्म निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो । माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ ।
Sutra News logo Sutra News

जाडोमा समुन्द्री किनारमा हट प्रियंका कार्की (तस्बिरहरू)

सुत्र न्युज | 10 hours ago
काठमाडौं । अभिनेत्री प्रियंका कार्की आज नेपाली मनोरञ्जन उद्योगको सबैभन्दा चर्चित अनुहारमध्ये एक हुन्। सौन्दर्य प्रतियोगिताबाट खुलेको ढोका उनलाई टेलिभिजन, मोडलिङ, विज्ञापन र फिल्म हुँदै स्टारडमसम्म पुर्‍यायो। प्रियंकाले दर्जनौं चर्चित विज्ञापन र घरेलु फिल्महरूमा अभिनय गर्दै आफूलाई ‘ए-लिस्ट’ अभिनेत्रीका रूपमा स्थापित गरिसकेकी छन्। अभिनय मात्र होइन, उनको फेसन सेन्स र स्टाइल स्टेटमेन्ट युवापुस्तामाझ ट्रेन्डसेटरकै रूपमा हेरिन्छ। सामाजिक सञ्जालमा कहिले तस्बिरका कारण त कहिले अरू कारण भाइरल भइरहन्छिन्। यही क्रममा उनले हालै समुन्द्रको किनारामा खिचेको हट तस्बिरहरू अहिले भाइरल भैरहेका छन्। उनको स्टाटसमा लेखिएको छ, ‘गर्मी मौसमको याद आयो। समुन्द्री किनारमा रमाउन मन छ।
Sutra News logo Sutra News

यी चर्चित गायकसँग डेट गर्दैछिन् अभिनेत्री दिशा

सुत्र न्युज | 13 hours ago
एजेन्सी । पञ्जाबी गायक तलविन्दर सिंह सिद्धू अचानक चर्चामा आएका छन्। उनको यो लाइमलाइटको कारण अभिनेत्री दिशा पाटनी हुन्। नूपुर सेनन र स्टेबिनको विवाह समारोहबाट दुवै जनाले हात समातेको भिडियो भाइरल भएपछि उनीहरूको डेटिङलाई लिएर अड्कलबाजी सुरु भएको हो। अब नूपुर सेनन–स्टेबिनको रिसेप्सनबाट तलविन्दर र दिशा पाटनीका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। यद्यपि, यी सबै भिडियोहरूमा दुवै क्यामेराअगाडि सँगै उभिन वा कुराकानी गर्नबाट जोगिएको देखिन्छ। तर हरेक भिडियोमा उनीहरू वरिपरि भने देखिएकै छन्। सामु आएको एउटा भिडियोमा तलविन्दर लिफ्टमा मौनी रोय, दिशा र दिशाका बेस्ट फ्रेन्ड अलेक्जेन्डर एलेक्स इलिकसँग देखिन्छन्।
Sutra News logo Sutra News

प्रेमी राहुलसँग कहिले बिए गर्दैछिन् चर्चित अभिनेत्री श्रद्धा ?

सुत्र न्युज | 13 hours ago
एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्नो व्यावसायिक जीवनभन्दा बढी व्यक्तिगत सम्बन्ध र विवाहको चर्चाका कारण सामाजिक सञ्जालमा छाएकी छन्। श्रद्धाले आफ्ना कथित प्रेमी राहुल मोदीसँग चाँडै नै लगनगाँतो कस्न लागेको दाबीसहितका खबरहरू भाइरल भइरहेका छन्। विशेष गरी राजस्थानको उदयपुरमा उनीहरूको भव्य विवाह हुन लागेको दाबीसहितका पोस्टहरू सार्वजनिक भएपछि यसले थप चर्चा पाएको हो। यही चर्चाका बिच श्रद्धाका दाजु एवं अभिनेता सिद्धान्त कपुरले निकै रोचक प्रतिक्रिया दिएका छन्। इन्स्टाग्राममा भाइरल भइरहेको विवाहको एक पोस्टमा कमेन्ट गर्दै सिद्धान्तले लेखेका छन्, ‘यो त मेरो लागि पनि न्यूज (समाचार) हो।
Sutra News logo Sutra News

को सँग डेट गर्दैछिन् मलाइका ?

सुत्र न्युज | 13 hours ago
एजेन्सी । मलाइका अरोडालाई गत वर्ष डायमण्ड व्यवसायी हर्ष मेहता सँगसँगै देखिएको थियो, जसपछि उनको प्रेम जीवनलाई लिएर अड्कलबाजी हुन थालेको थियो। अब अभिनेत्रीले ती अफवाहहरूमाथि प्रतिक्रिया दिएकी छन्। यसका साथै उनले आफ्नो पूर्व प्रेमी अभिनेता अर्जुन कपूरको विषयमा पनि कुरा गरेकी छन्। नम्रता जकरियाको शोमा अर्जुनबारे कुरा गर्दै मलाइकाले भनिन्, “उनी मेरो लागि धेरै महत्वपूर्ण छन्। जे भए पनि उनी मेरो जीवनको एउटा महत्वपूर्ण हिस्सा रहँदै आएका छन्। म आफ्नो अतीत वा भविष्यको बारेमा धेरै कुरा गर्न चाहन्नँ। यस विषयमा पहिले नै धेरै लेखिएको र देखाइएको छ।
Sutra News logo Sutra News

‘परिवर्तन’को ट्रेलरलाई ३ तीनमै ११ लाख बढी भ्युज

सुत्र न्युज | 14 hours ago
काठमाडौं । फिल्म ‘परिवर्तन’को ट्रेलरलाई छोटो समयमै ११ लाखभन्दा बढि भ्य्ज मिलेको छ। गत सोमबार रिलिज भएको यो फिल्मको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढि पटक हेरिएको छ। यो समाचार तयार पार्दासम्म पन्द्र हजारले लाइक गरेका छन् भने १२ सय ३३ जनाले कमेन्ट गरेका छन्। अधिकांशले फिल्मको ट्रेलरलाई मन पराएको प्रतिक्रिया दिएका छन्। कमेन्टकर्ता पल साउदले फिल्मका अभिनेता सुशील श्रेष्ठको एक्सन मन परेको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्,‘सुशील श्रेष्ठको फ्यानहरु को–को हुनुहुन्छ हाजिर हुनु त। मुभि सुपरहिट हुन्छ।
Sutra News logo Sutra News

काठमाडौं सपना बोकेको सिनेमा ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

सुत्र न्युज | 14 hours ago
काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथाबस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन विताउने सपना पूरा नहुँदाको कथा ‘गोबर गणेश’मा हेर्न सकिन्छ । १४० मिनेट रनटाइमको यो चलचित्रले देशब्यापी ११२ शोज प्राप्त गरेको छ ।
Sutra News logo Sutra News

प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ ?

सुत्र न्युज | 14 hours ago
काठमाडौं । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । बुवा र छोरीबीचको इमोस्नल सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा चलचित्रको मुख्य विषय छ । नेपाली कलाकारमा प्यासन छैन भन्नेहरुका लागि ‘मिरमिरे’ जवाफ रहेको र यही कारण आफूले यो सिनेमामा अभिनय गरेको दयाहाङले बताएका छन् । ‘मिरमिरे’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ ।

Explore by Source or Category