Sutra News
को सँग डेट गर्दैछिन् मलाइका ?
एजेन्सी । मलाइका अरोडालाई गत वर्ष डायमण्ड व्यवसायी हर्ष मेहता सँगसँगै देखिएको थियो, जसपछि उनको प्रेम जीवनलाई लिएर अड्कलबाजी हुन थालेको थियो। अब अभिनेत्रीले ती अफवाहहरूमाथि प्रतिक्रिया दिएकी छन्। यसका साथै उनले आफ्नो पूर्व प्रेमी अभिनेता अर्जुन कपूरको विषयमा पनि कुरा गरेकी छन्।
नम्रता जकरियाको शोमा अर्जुनबारे कुरा गर्दै मलाइकाले भनिन्, “उनी मेरो लागि धेरै महत्वपूर्ण छन्। जे भए पनि उनी मेरो जीवनको एउटा महत्वपूर्ण हिस्सा रहँदै आएका छन्।
म आफ्नो अतीत वा भविष्यको बारेमा धेरै कुरा गर्न चाहन्नँ। यस विषयमा पहिले नै धेरै लेखिएको र देखाइएको छ। मेरो निजी जीवन मिडियाका लागि फिडिङ ग्राउन्ड बनेको छ।”
जब होस्टले अर्जुनसँग ब्रेकअपपछि हर्षको बारेमा सोधे, त्यसमा मलाइकाले भनिन्, “मानिसहरूलाई कुरा गर्न मन पर्छ। यदि तपाईं कसैसँग देखिनुभयो, बाहिर जानुभयो भने त्यो तुरुन्तै छलफलको विषय बन्छ। म बिना कारण यी कुरालाई हावा दिन चाहन्नँ। म यस्तो गर्न चाहन्नँ, किनकि यसबाट वास्तवमा कुनै फाइदा हुँदैन।
मलाई विश्वास गर्नुहोस्, म जब पनि बाहिर निस्किन्छु—चाहे त्यो कुनै पुरानो साथी होस्, गे फ्रेन्ड होस्, विवाह भइसकेको साथी होस्, म्यानेजर होस् वा जोसुकै होस्—मेरो नाम तुरुन्तै त्यो व्यक्तिसँग जोडिन्छ। हामी यसमाथि हाँस्छौं र मजाक बनाउँछौं।”
उल्लेखनीय छ कि गत वर्ष अक्टोबरमा मुम्बईमा आयोजित एनरिक इग्लेसियसको कन्सर्टमा मलाइकालाई डायमण्ड व्यवसायी हर्ष मेहतासँग देखिएको थियो। ३३ वर्षका हर्ष त्यसपछि एक–दुई अन्य अवसरमा पनि मलाइकाको वरिपरि देखिएका थिए।
सोसल मिडियामा दुवैको सम्बन्धलाई लिएर अड्कलबाजी हुन थालेको थियो। केही रिपोर्टहरूले त अर्जुन कपूरसँग ब्रेकअपपछि मलाइका हर्षलाई डेट गरिरहेकी छन् भन्ने समेत लेखेका थिए।