Dhairya Kanta Dutta
|
3 hours ago
जनकपुरधाम- भारत सरकारको सहयोगमा कोशी नदीमा नहरमार्ग निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। भारत सरकारको पश्चिमी कोशी नरह परियोजनाअन्तर्गत बिहारको दरभंगा जोनमा पर्ने नेपालको कोशी नदीदेखि मधुबनी जिल्लाको साहरघाटसम्म नहरमार्ग परियोजनाले स्वीकृति पाएको हो।
Dhairya Kanta Dutta
|
3 hours ago
नेपाली कांग्रेसको वर्तमान संकट गहन गरी हेर्दा यसलाई एउटा राजनीतिक दलको आन्तरिक द्वन्द्व मात्र नभएर विचारधारा र सिद्धान्तको क्रमिक क्षयको परिणाम हो भन्ने स्पष्ट हुन्छ। जसले पार्टीको मूल आत्मालाई खोक्रो बनाइरहेको छ।
Dhairya Kanta Dutta
|
4 hours ago
काठमाडौँ- इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले सञ्चालन गरिरहेको ‘नेपालको शान, मुम्बईको मैदान’ योजनाअन्तर्गत दोस्रो चरणको विजेताको नाम सार्वजनिक गरेको छ। यो अभियानअन्तर्गत पोखराका टेकनाथ भण्डारी दोस्रो चरणको विजेता चयन भएका हुन्। उनले पोखरास्थित ‘मोडर्न डिजिटल इलेक्ट्रोनिक्स’ बाट टीसीएल क्यूएलईडी टेलिभिजन खरिद गरी योजनामा सहभागिता जनाएका थिए।
Dhairya Kanta Dutta
|
4 hours ago
काठमाडौँ– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि इरानले गरेको ‘दमन’ का कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीब्र बन्दै गएपछि बिहीबार व्यावसायिक उडानहरूका लागि हवाई क्षेत्र बन्द गरेको छ। इरानले स्पष्ट करण नखुलाई हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको हो। प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो।
Keshav Rana Chhetri
|
4 hours ago
काठमाडौँ- महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए। स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए।
Keshav Rana Chhetri
|
5 hours ago
घोराही (दाङ)- दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
Keshav Rana Chhetri
|
5 hours ago
मलेखु (धादिङ)- माघे सङ्क्रान्तिको दिन आज (बिहीबार) धादिङमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो।
Keshav Rana Chhetri
|
5 hours ago
तानसेन (पाल्पा)– पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरुधाम क्षेत्रमा माघे संक्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ। पाँच दिनसम्म लाग्ने मेलाको आज (बिहीबार) पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो।
Dhairya Kanta Dutta
|
5 hours ago
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समन्वय समितिमा पाँच सदस्य थप भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकीकरण भएपछि बिहीबार पहिलोपटक बसेको केन्द्रीय समन्वय समितिको बैठकले पाँच जना सदस्य थप गर्ने निर्णय गरेको हो।
Dhairya Kanta Dutta
|
6 hours ago
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाएका छन्। नेकपा एमालेले बिहीबार आयोजना गरेको ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुसतकको विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
Keshav Rana Chhetri
|
6 hours ago
काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन्। बिहीबार काठमाडौँमा राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केही समय अघि करिब १२ दिन आफूहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन्।
Keshav Rana Chhetri
|
6 hours ago
इटहरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८, सोनियाहीस्थित हुलाकी राजमार्गमा बिहीबार बिहान ट्रक पल्टिँदा मृत्यु हुने पाँच जनाको पहिचान खुलेको छ। बिहान करिब ५ः३० बजे विराटनगरबाट राजविराजतर्फ टायल र मार्बल लोड गरी जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा सवारी दुर्घटना भएको हो।
Susmita Bajagain
|
6 hours ago
काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को नवौं संस्करण आगामी चैत १९ देखि २३ गते (अप्रिल २–६, २०२६) सम्म हुने भएको छ। ‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो। आयाेजकले यसअघि निफ फागुनमा २१ देखि सुरु हुने घोषणा गरेको थियो।
Madhav P. Nepal
|
6 hours ago
काठमाडौँ- नेपाली कांग्रेस विभाजन भएपछि अब प्रश्न ‘नेपाली कांग्रेस’ नाम लिएर जनतामाझ जाने आधिकारिक दल कुन हो भन्नेमा केन्द्रित भएको छ। निर्वाचन नजिकिँदै गर्दा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगनकुमार थापा नेतृत्वको विशेष महाधिवेशन पक्ष कांग्रेस आमनेसामने उभिएका छन्। विवाद समाधानका लागि निर्वाचन आयोगको निर्णय पर्खनुपर्नेछ।
Dhairya Kanta Dutta
|
6 hours ago
काठमाडौँ- बंगलादेशका क्रिकेट खेलाडीहरूले बिहबिार बंगलादेश प्रिमियर लिग (बीपीएल) बहिष्कार गरेका छन्। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का निर्देशक एम.नजमुल इस्लामको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीहरूले बिहिबार बीपीएलको पहिलो खेल बहिष्कर गरेका हुन्। बीपीएलअन्तर्गत बिहिबार पहिलो खेल नौखाली एक्सप्रेस र चट्टोग्राम रोयल्सबीच निर्धारित थियो। तर, दुवै टिमका खेलाडीहरू होटलमै बसिरहे। खेलाडीहरू मैदानमा नपुगेपछि बीपीएलअन्तर्गतको पहिलो खेल हुनसकेन।
Ramesh Dawadi
|
7 hours ago
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ४ न्यौपानेबेँसीमा बिहीबार गोरु जुधाउँदै स्थानीयवासी। माघे सङ्क्रान्तिका दिन हरेक वर्ष यहाँ गोरु जुधाउने परम्परा रहेको छ।
Ramesh Dawadi
|
7 hours ago
काठमाडौँ- पुरानो शिक्षण पद्धतिले नयाँ पुस्ताका विद्यार्थीलाई टिकाइराख्न नसक्ने उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष युवराज शर्माले बताएका छन्। ११ र १२ कक्षापछि ठूलो संख्यामा विद्यार्थीले अध्ययन छाड्ने वा विदेश जाने प्रवृत्ति बढ्नुको मुख्य कारण शिक्षण शैली र पाठ्यक्रम समयानुकूल नहुनु रहेको उनले बताए।
Keshav Rana Chhetri
|
7 hours ago
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन्।
Keshav Rana Chhetri
|
7 hours ago
सुर्खेत- पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ। गत पुस २३ गते सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गंगा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो। गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो।
Ramesh Dawadi
|
9 hours ago
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालको ऐन कानुनले प्रतिभाशाली र दूरदृष्टि भएका युवाको उत्साहलाई निरन्तर हतोत्साहित गर्दै आएको बताएका छन्। उनले लेखेका छन्, ‘ऐन कानुनले कहिल्यै पनि प्रतिभाशाली र दूरदृष्टि भएका मान्छेहरू जन्माएको छैन र जन्माउँदैन पनि।