Kiran Poudel
|
17 minutes ago
काठमाडौँ- देशभर बिस्तारै तापक्रम बढ्दैछ। आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसभन्दा माथि पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम १३.६ डिग्री सेल्सियस देखिएको हो। हिजो (मंगलबार) सुरुवाती मापनमा १०.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम अन्तिम मापनका बेला बिहान ८:४५ बजे १०.
Kiran Poudel
|
25 minutes ago
Kiran Poudel
|
31 minutes ago
काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ।यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
Kiran Poudel
|
35 minutes ago
काठमाडौँ- हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। वायु प्रदूषण र स्थानीय वायुका कारण केही स्थानमा तुवाँलो लागेको भए पनि यसले कुनै मौसमी जोखिम निम्त्याउने छैन ।
Kiran Poudel
|
40 minutes ago
काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ।
Kiran Poudel
|
43 minutes ago
Kiran Poudel
|
46 minutes ago
काठमाडौँ- होलीको निहुँमा कैलालीको धनगढीमा दुई समूहबीच मंगलबार साँझ झडप भएको छ। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरीसमेत घाइते भएका छन्। इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउद घाइते भएका हुन्। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ।
Kiran Poudel
|
50 minutes ago
काठमाडौँ- भक्तपुरमा सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा घाइते पाँचमध्ये तीन जनाको मृत्यु भएको हो।
Kiran Poudel
|
54 minutes ago
Chandra Shekhar Adhakari
|
10 hours ago
पश्चिम एसिया (खाडी क्षेत्र) पुन: घातक अध्यायमा प्रवेश गरेको छ। खाडीको आकाश फेरि एकपटक बारुद र धुवाँले ढाकेको छ। सन् २०२६ फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको आणविक स्थल, मिसाइल आधार र सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेपछि लामो समयदेखिको छायाँयुद्ध अब खुला, प्रत्यक्ष र विनाशकारी युद्धमा बदलिएको छ।
Keshav Rana Chhetri
|
10 hours ago
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अंग मात्र नभएर यो मानव अधिकारको सवाल भएकाले उत्साहपूर्ण रूपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरेको हो। साथै, मौन अवधि सुरु भइसकेको सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा.
Keshav Rana Chhetri
|
11 hours ago
काठमाडौँ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ। मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ।
Keshav Rana Chhetri
|
11 hours ago
काठमाडौँ- नेपाली अनुवादक समाजले आफ्नो मासिक कार्यक्रम ‘अनुवाद विमर्श’को दोस्रो संस्करण सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख वक्ता प्रोफेसर डा. नवराज न्यौपाने अनुवादलाई केवल शब्दको प्रतिस्थापनको मेसिनिक प्रक्रिया नभई बौद्धिक र नैतिक जिम्मेवारी भएको बताए। त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक रहेका उनले आफ्नो प्रारम्भिक साहित्यिक अनुवाद अनुभव र पछि डक्टरल अनुसन्धानमार्फत अनुवाद अध्ययनमा गरेको विशेषज्ञता सेयर गरेका थिए।
Keshav Rana Chhetri
|
11 hours ago
काठमाडौ- भर्चुअल रियालिटी (भीआर) उडान प्रशिक्षण प्रदायक लफ्ट डाइनामिक्सले नेपालको चुनौतीपूर्ण हवाई वातावरणमा सुरक्षा सुदृढ गर्न नयाँ हेलिकप्टर सुरक्षा प्रशिक्षण गर्ने भएको छ। युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी र एयरबस हेलिकप्टर्ससँगको साझेदारीमा सुरु गरिएको यसले नेपालमा हेलिकप्टर दुर्घटना न्यूनीकरण गर्ने र पाइलटहरूको पूर्वतयारीलाई मजबुत बनाउने लक्ष्य राखेको छ।
Keshav Rana Chhetri
|
12 hours ago
सुर्खेत- प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका सबै मतदानस्थलमा कर्मचारीहरू पुगेका छन्। सोमबार प्रदेश निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री लिएर गएका कर्मचारीहरू मतदानस्थल पुगिसकेको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरूङले जानकारी दिए। मतदान अधिकृत, सहायक मतदान अधिकृतसँगै अन्य कर्माचारी र सुरक्षाकर्मीहरू निर्वाचनको सामान लिएर गएकोमा सम्बन्धित ठाउँमा पुगिसकेका गुरूङले बताए।
Keshav Rana Chhetri
|
12 hours ago
काठमाडौँ- परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षाका साथै उद्धारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली गठन गरिएको जानकारी दिए।
Keshav Rana Chhetri
|
13 hours ago
काठमाडौँ- फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरेको छ। आयोगका अनुसार निर्वाचनको सुरक्षा र मतदान व्यवस्थापनका लागि सुरक्षा निकाय र निजामती कर्मचारी गरी साढे पाँच लाख जनशक्ति परिचालन हुने भएको हो।
Keshav Rana Chhetri
|
14 hours ago
काठमाडौँ- पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो लागेको एक घण्टाभित्रै आगलागी नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार दिउँसो ३:४५ बजे लागेको आगो निभाउन दमकल र विभिन्न सुरक्षा निकायका कर्मचारीहरू खटिएका थिए। रेस्टुरेन्ट व्यस्त सडक रहेको व्यावसायिक भवनको आठौं तलामा छ। आगलागीबाट रेस्टुरेन्ट जलेर नष्ट भएका छन्।
Keshav Rana Chhetri
|
14 hours ago
चितवन- चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ। वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ।
Dhairya Kanta Dutta
|
14 hours ago
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अंकले बढेर दुई हजार ७१२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ। आज नेप्से परिसूचक एक दशमलव ४४ प्रतिशतले बढेको हो।