Nepal Watch
|
1 hour ago
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधि सभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ ।
Nepal Watch
|
1 hour ago
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
Nepal Watch
|
2 hours ago
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । ती भू-भाग लगायत बाँकी भू-भागहरूमा तुँवालो पनि लागेको छ ।
Nepal Watch
|
11 hours ago
काठमाडौँ । निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट तथा भ्रामक सामग्रीप्रति गगन थापाले आपत्ति जनाएका छन्। आफू र पार्टीका उम्मेदवारलाई लक्षित गरी असत्य सूचना तथा सम्पादन गरिएका भिडियो सामग्री योजनाबद्ध रूपमा फैलाइएको उनले बताएका छन्। यस्तो गतिविधि निर्वाचन आचारसंहिताविरुद्ध र लोकतान्त्रिक अभ्यासमा प्रतिकूल प्रभाव पार्ने उनको भनाइ छ।
Nepal Watch
|
11 hours ago
काठमाडौँ – निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरु गरिएका छन् ।
Nepal Watch
|
11 hours ago
काठमाडौँ । निर्वाचन प्रक्रियाका क्रममा जारी गरिएका सवारी पासको उद्देश्य विपरीत प्रयोग नगर्न निर्वाचन आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ। आयोगले मंगलबार सार्वजनिक सूचनामार्फत पासको आडमा तोकिएका व्यक्तिबाहेक अन्यलाई ओसार पसार नगर्न आग्रह गरेको हो।
Nepal Watch
|
11 hours ago
काठमाडौँ । बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ-आफ्नो गृह जिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको हो । ट्राफिक प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए ।
Nepal Watch
|
12 hours ago
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केन्द्रीय तहमा गर्नुपर्ने सबै सम्पन्न काम भइसकेका छन्। आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको उनले जानकारी दिए ।
Nepal Watch
|
15 hours ago
काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ।
Nepal Watch
|
16 hours ago
काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
Nepal Watch
|
18 hours ago
काठमाडौँ । खाडी क्षेत्रमा विकसित सुरक्षा अवस्थाका कारण अस्थायी रूपमा बन्द गरिएका दुबई अन्तर्राष्ट्रिय विमानस्थल र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलबाट आंशिक रूपमा हवाई सेवा सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। बीबीसीको विवरणअनुसार ती विमानस्थलबाट लन्डन, मस्को र पेरिसलगायतका गन्तव्यतर्फ उडान प्रारम्भ भएका छन्। यद्यपि सेवा पूर्ण क्षमतामा सञ्चालनमा आएको छैन।
Nepal Watch
|
21 hours ago
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन १९) सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार, आजका लागि प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
Nepal Watch
|
21 hours ago
दमौली (तनहुँ)। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
Nepal Watch
|
22 hours ago
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ। आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।
Nepal Watch
|
23 hours ago
काठमाडौं। बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो।
Nepal Watch
|
23 hours ago
नवलपरासी। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो।
Nepal Watch
|
23 hours ago
वासिङ्टन डीसी । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले सोमबार इरानसँगको द्वन्द्वका क्रममा ६ जना अमेरिकी सेवा सदस्य (सैनिक) को मृत्यु भएको जनाएको छ। रोयटर्सका अनुसार अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार भएको उक्त घटनाको पुष्टि गरेको हो। घटनाको प्रकृति र मारिएका सैनिकहरूको विस्तृत विवरण भने गोप्य राखिएको छ।
Nepal Watch
|
1 day ago
वीरगन्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ ।
Nepal Watch
|
1 day ago
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
Nepal Watch
|
1 day ago
निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा सक्रियता बढाएको जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म दर्ता भएका ४५४ उजुरीमध्ये ९५ जनासँग स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ। आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारलाई सोधिएका स्पष्टीकरणमध्ये ६२ वटाको जवाफ प्राप्त भएको छ। हालसम्म ८९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ।