npl.977 Nepal News Stream

GandakNews logo

GandakNews

Gandak News: Gandaki News | GandakiNews | News Gandaki | News Gandak | Gandaki Samachar | Leading News Pokhara | No. 1 News from Pokhara, Gandaki, Nepal

निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप

राम बहादुर रोकाहा | 6 hours ago
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खुलाइएको निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप गरिएको छ । अपेक्षित संख्यामा आवेदन नपरेपछि गृहमन्त्रालयको निर्देशनअनुसार भर्ना प्रक्रिया माघ ३ गतेसम्म लम्ब्याइएको हो । यसअघि पुस २४ गते सूचना प्रकाशित गरी पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त लिने व्यवस्था गरिएको थियो ।

आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई

राम बहादुर रोकाहा | 12 hours ago
स्याङ्जाको आँधीखोला गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माध्यमिक विद्यालयले हात पारेको छ । त्रि–शहिदले नौ स्वर्ण, छ रजत र आठ कास्य पदक जित्दै समग्र प्रतियोगिताको विजेता बनेको हो । उपाधिसँगै विद्यालयले ६० हजार रुपैयाँ नगद, रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ

राम बहादुर रोकाहा | 14 hours ago
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीरकोट नगरपालिका–२ का ३२ वर्षीय मुकर खान भनिने सजित अलि मिया र गोरखा नगरपालिका–४ स्थायी ठेगाना भई हाल भीरकोट–१ बस्दै आएका २४ वर्षीय पेप्पे भनिने प्रविन अधिकारी रहेका छन् ।

विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)

गण्डक न्यूज | 22 hours ago
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । यस्तै, पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति

गण्डक न्यूज | 23 hours ago
काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टी इतिहासकै संवेदनशील र कठिन मोडमा उभिएको जनाएका छन् । उनीहरूले पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको उल्लेख गरेका छन् । ‘यतिबेला हामी गम्भीर र विषम परिस्थितिबाट गुज्रिरहेका छौं ।

रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता

गण्डक न्यूज | 1 day ago
काठमाडौँ । सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गरेको छ लामिछानेमाथि सहकारी ठगि सहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चलेको थियो । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ ।

नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील

गण्डक न्यूज | 1 day ago
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए। त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ। यससँगै कांग्रेस विभाजन भएको छ।

गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा

गण्डक न्यूज | 1 day ago
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।

निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह

राम बहादुर रोकाहा | 1 day ago
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त र सुरक्षित रूपमा सम्पन्न गराउन अवैध हातहतियार बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनले जिल्लाभित्र विभिन्न कारणले व्यक्तिहरू तथा समूहसँग रहेका हातहतियार र खरखजना माघ १५ गतेभित्र बुझाउन अनुरोध गरेको हो ।

पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश

गण्डक न्यूज | 2 days ago
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि लागेर जाने बताएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको समापनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सबैलाई लोकतान्त्रिक ढंगले, स्वस्थ ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ ।

भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु

गण्डक न्यूज | 2 days ago
काठमाडौँ — आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा आइतबार उक्त घटना भएको हो । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो ।

कांग्रेस-एमालेका नेतासमेत राजसंस्थाको पक्षमा बोल्न थाले: लिङ्देन

गण्डक न्यूज | 2 days ago
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलका नेताहरू समेत राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा उभिन थालेको दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी (हाल नेपाली कम्युनिष्ट पार्टी) भित्रका असन्तुष्ट नेता-कार्यकर्ताहरू खुलेरै राप्रपाको एजेन्डाको पक्षमा बोल्न थालेको बताएका हुन्।

कांग्रेस विभाजनको संघारमा, सम्झौता नगरी अघि बढे गगन-विश्वलाई कारबाही गर्ने संस्थापनको तयारी

गण्डक न्यूज | 2 days ago
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलबार अपराह्न सुरू दोस्रो चरणको वार्ता बिनानिर्णय टुंगिएको छ। सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षको ‘बटमलाइन’ मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन भएको हो।

तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै

राम बहादुर रोकाहा | 2 days ago
स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित सुन्तलीटार खेलमैदानमा यही पौष २५ गतेदेखि चलिरहेको तेस्रो चापाकोट महोत्सव–२०८२ अन्तर्गत राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित हुन लागेको प्रतियोगिता पौष ३० गतेदेखि माघ ६ गतेसम्म सुन्तलीटार खेलमैदानमा सञ्चालन हुनेछ ।

भीरकोट नगरसभाबाट दुई ऐन पारित

राम बहादुर रोकाहा | 3 days ago
स्याङ्जा भीरकोट नगरपालिकाको १७ औँ नगरसभाले दुई महत्वपूर्ण ऐन पारित गरेको छ । सभाबाट विज्ञापन व्यवस्थापन एवं नियमन ऐन–२०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०८२ स्वीकृत भएका हुन् । नगरपालिकाले विज्ञापनसम्बन्धी ऐन लागू गरेसँगै अब भीरकोट क्षेत्रमा वस्तु तथा सेवाको बजार प्रवर्द्धन, बिक्रीवितरण र प्रचारप्रसारका लागि गरिने बाह्य विज्ञापन व्यवस्थित हुने भएको छ ।

अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

राम बहादुर रोकाहा | 3 days ago
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–१ माटेथर निवासी ५० वर्षीय सूर्यबहादुर रोका रहेका छन् ।

भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग

राम बहादुर रोकाहा | 3 days ago
स्याङ्जाको भीरकोट नगरपालिकाले करेन्ट लागेर गम्भीर घाइते भएका स्थानीय मनि खनालको उपचारमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको हालै बसेको १३४ औँ बैठकले खनाललाई ५० हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

राम बहादुर रोकाहा | 3 days ago
स्याङ्जाको बिरुवा गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजामा थप सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई प्रतिदिन पाँच रुपैयाँ थप अनुदान दिएर दिवा खाजाको दर २५ रुपैयाँ पुर्‍याएको हो । यसअनुसार पालिकाभित्रका ३२ वटा विद्यालयमा अध्ययनरत ५५४ जना विद्यार्थी लाभान्वित भएका छन् ।

पूर्वराजाको सन्देशः देश नै नरहने चिन्ता, ‘पृथ्वीपथ’मा लाग्न आव्हान

गण्डक न्यूज | 4 days ago
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो देश नबनेकोमा चिन्ता भएपनि आज भने देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको जनाएका हुन् ।

Explore news by Category