npl.977 Nepal News Stream

KHASOKHAS logo

KHASOKHAS

THE VOICE OF THE NEPALI COMMUNITY IN NEW YORK CITY SINCE 2012

अमेरिकामा सम्बन्धविच्छेदको ८ वर्षपछि पूर्वपत्नीको हत्या गर्नेलाई कस्तो होला कारबाही ?

भवानी प्रसाद पाण्डे | 2 hours ago
अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस सहरमा एक दम्पतीको हत्या गरेको आरोप लागेका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइने भएको छ। उनलाई ओहायो फिर्ता ल्याएर मुद्दा चलाउने समयसीमा सुरु भइसकेको अधिकारीहरूले बताएका छन्। माइकल डेभिड म्याकीलाई इलिनोइस राज्यमा मोनिक टेपे र उनका पति स्पेन्सर टेपेको हत्या अभियोगमा पक्राउ गरिएको थियो। म्याकी मोनिकका पूर्व-पति हुन्।

ट्रम्प प्रशासनको आप्रवासन कडाइ विरुद्ध मिनेसोटा र इलिनोइसद्वारा मुद्दा दायर

भवानी प्रसाद पाण्डे | 2 hours ago
अमेरिकाका मिनेसोटा र इलिनोइस राज्यका अधिकारीहरूले ट्रम्प प्रशासनको आप्रवासनसम्बन्धी कडा नीतिको कार्यान्वयन रोक्न माग गर्दै मुद्दा दायर गरेका छन्। यी मुद्दाहरू विशेषगरी ती राज्यहरूमा ‘इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ आइस र ‘बोर्डर प्याट्रोल’ एजेन्टहरूको परिचालनविरुद्ध लक्षित छन्। मुद्दाहरू अलग-अलग भए तापनि दुवै राज्यले अमेरिकी संविधानको १०औँ संशोधनलाई मुख्य आधार बनाएका छन्।

अमेरिकी पत्रकारको घरमा किन मार्यो एफबीआईले छापा ?

भवानी प्रसाद पाण्डे | 3 hours ago
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एक पत्रकारको घरमा छापा मारेको छ। यसै हप्ता ‘वासिङ्टन पोस्ट’ की पत्रकार हान्ना नाटान्सनको घरमा एफबीआईले छापा मारेको हो। अधिकारीहरूका अनुसार, गोप्य सरकारी सूचना चुहाएको आरोप लागेका एक सरकारी ठेकेदारमाथिको अनुसन्धानका क्रममा यो छापा मारिएको हो।

नेपाल लगायत ७५ देशका नागरिकको अमेरिकाको आप्रवासी भिसामा अस्थायी रोक

किशोर पन्थी | 13 hours ago
अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी ७५ वटा देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने घोषणा गरेको छ। यो कदम आप्रवासीहरू अमेरिका आएपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई रोक्न र सम्बन्धित कानुनहरूको कार्यान्वयनमा कडाइ गर्न चालिएको जनाइएको छ ।

इरानसँग तनाव बढेसँगै अमेरिकाले कतारको एयर बेसबाट आफ्ना कर्मचारीहरू हटाउँदै

खसोखास अमेरिका ब्यूरो | 13 hours ago
इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकी सेनाले सावधानी अपनाउँदै कतारस्थित ‘अल उदेद’ एयर बेसबाट केही गैर-अत्यावश्यक कर्मचारीहरूलाई अन्यत्र सार्न थालेको छ। इरानमा जारी प्रदर्शनहरूलाई लिएर राष्ट्रपति ट्रम्पले सैन्य कारबाही गर्नेबारे विचार गरिरहेका बेला यो कदम चालिएको हो।

ट्रम्प प्रशासनद्वारा विदेशमा रहेका हजारौं धार्मिक कामदारको प्रतीक्षा अवधि घटाउने नियम घोषणा

किशोर पन्थी | 13 hours ago
अमेरिकी सरकारको डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विदेशमा रहेका हजारौं धार्मिक कामदारहरूको प्रतिक्षा अवधि घटाउने नयाँ नियम लागू गरेको छ। यस अन्तर्गत अब उनीहरूलाई अमेरिकामा फर्किनुअघि अनिवार्य रूपमा एक वर्ष विदेशमा बस्नुपर्ने आवश्यकता हटाइएको छ। नयाँ नियम तत्काल लागू हुने गरी अन्तरिम अन्तिम नियमको रूपमा जारी गरिएको हो।

Explore news by Category