npl.977 Nepal News Stream

NepaliPatra logo

NepaliPatra

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

नेपालीपत्र | 2 weeks ago
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ । रातारात होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो ।

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

नेपालीपत्र | 2 weeks ago
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको ग्राजुयसन सम्पन्न भएको हो । कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ग्राजुयटहरुलाई कलेजले सम्मान गरेको हो ।

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

नेपालीपत्र | 2 months ago
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट १४ हजार ५ सय ५५ जना कैदीबन्दी फरार भएकामा ५ हजार ४ सय ३४ जना पुनः जेल फर्किएको कारागार व्यवस्थापन विभागले जनाएको हो । ९ हजार १ सय २१ जना अझै फरार छन् ।

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण

नेपालीपत्र | 2 months ago
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्। गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ।

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

नेपालीपत्र | 2 months ago
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न प्रयास गर्ने बताइएको छ ।

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

नेपालीपत्र | 2 months ago
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद्को परिसरमा श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङ, अन्य पदाधिकारी, बिभिन्न खेलमा आवद्ध खेलाडी लगाएतले दीप प्रज्वलन गरेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

नेपालीपत्र | 2 months ago
रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार निर्णय नै गरेर यस्ता अत्यावश्यक सामाग्री भित्र्याउने भनेकोले भन्सारबाट ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका समान भित्रिएका छन् । भैरहवा भन्सार कार्यालयलाई आंशिक रुपमा सञ्चालन भएको कार्यालयले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

नेपालीपत्र | 2 months ago
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । यसअघि उनले लैनचौर पुगेर सहिदहरुलाई श्रद्धाञ्जली प्रकट गरेकी थिईन् । कार्की शुक्रबार साँझदेखि नै बालुबटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेकी छिन ।

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

नेपालीपत्र | 2 months ago
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो । युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले आउँदो असोज १२ गतेदेखि चार वटा चार्टर उडान गर्ने जनाएको छ ।

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

नेपालीपत्र | 3 months ago
एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति ११.४७ मिनेटमा ८ किलोमिटर गहिराइमा गएको हो । भूकम्पपछि कम्तिमा ४.५ देखि ५.२ म्याग्निच्युडसम्मका तीनवटा पराकम्प महसुस गरिएको छ । स्थानीय अधिकारीहरूले कुनर र नंगरहार प्रान्तमा अहिलेसम्म २० जनाको ज्यान गएको पुष्टी गरेका छन् ।

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग

नेपालीपत्र | 3 months ago
नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र कानुनी दस्तावेजहरूले निरन्तर रूपमा प्रमाणित गर्दै आएका छन् कि यी भूभाग सदियौंदेखि नेपालको अभिन्न हिस्सा रहिआएका छन्।

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

नेपालीपत्र | 3 months ago
काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी पुन लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित थिइन् । उनको काठमाण्डौमा रहेको शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारकाक्रममा हिजो निधन भएको एमाले पोलिटब्यूरो सदस्य खेममान खड्काले जानकारी दिए । उपचारकाक्रममा दुई वटा अप्रेसन गरिएको थियो ।

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

नेपालीपत्र | 3 months ago
काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर २२ जना बेपत्ता भए भने ७ सय ७४ जना घाइते भएका छन् ।

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

नेपालीपत्र | 3 months ago
काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लागि गरिएको तीव्र निदानात्मक परीक्षणमा ४० जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिँहले जानकारी दिएका छन् ।

Explore news by Category