npl.977 Nepal News Stream

NepaliPatra logo

NepaliPatra

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

नेपालीपत्र | 3 months ago
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ । रातारात होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो ।

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

नेपालीपत्र | 3 months ago
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको ग्राजुयसन सम्पन्न भएको हो । कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ग्राजुयटहरुलाई कलेजले सम्मान गरेको हो ।

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

नेपालीपत्र | 5 months ago
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट १४ हजार ५ सय ५५ जना कैदीबन्दी फरार भएकामा ५ हजार ४ सय ३४ जना पुनः जेल फर्किएको कारागार व्यवस्थापन विभागले जनाएको हो । ९ हजार १ सय २१ जना अझै फरार छन् ।

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण

नेपालीपत्र | 5 months ago
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्। गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ।

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

नेपालीपत्र | 5 months ago
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न प्रयास गर्ने बताइएको छ ।

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

नेपालीपत्र | 5 months ago
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद्को परिसरमा श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङ, अन्य पदाधिकारी, बिभिन्न खेलमा आवद्ध खेलाडी लगाएतले दीप प्रज्वलन गरेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

नेपालीपत्र | 5 months ago
रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार निर्णय नै गरेर यस्ता अत्यावश्यक सामाग्री भित्र्याउने भनेकोले भन्सारबाट ग्यास, डिजेल, पेट्रोल, औषधी, हरियो तरकारी लगायतका समान भित्रिएका छन् । भैरहवा भन्सार कार्यालयलाई आंशिक रुपमा सञ्चालन भएको कार्यालयले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

नेपालीपत्र | 5 months ago
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । यसअघि उनले लैनचौर पुगेर सहिदहरुलाई श्रद्धाञ्जली प्रकट गरेकी थिईन् । कार्की शुक्रबार साँझदेखि नै बालुबटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेकी छिन ।

Explore news by Category