npl.977 Nepal News Stream

NepaliPatra logo NepaliPatra

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

नेपालीपत्र 2 months ago

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद्को परिसरमा श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङ, अन्य पदाधिकारी, बिभिन्न खेलमा आवद्ध खेलाडी लगाएतले दीप प्रज्वलन गरेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव घिसिङले परिवर्तनका निमित युवाहरुले गरेको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाको बलिदानको कदर हुनुपर्ने बताए ।

आन्दोलनको उदेश्य प्राप्तका लागि खेलकुदका क्षेत्रबाट निरन्तर खवरदारी गरिरहने उनको भनाइ छ । जेनली आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको थियो ।

The post जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली appeared first on NepaliPatra.

Read more news from NepaliPatra

Explore by Source or Category