npl.977 Nepal News Stream

NepalWatch logo

NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

Nepal Watch | 7 hours ago
काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढेको तनावका बीच सोमबार विशेष अनुरोध जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

Nepal Watch | 8 hours ago
गोरखा – घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन्। दिवस गत वर्षको दशैँमा घर आएका थिए। गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए।

झापामा तीन अस्थायी मतदान केन्द्र, छ हजार बढी अस्थायी मतदाता

Nepal Watch | 11 hours ago
झापा – पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले झापा कारागार, कर्मचारी मिलन केन्द्र चन्द्रगढीको भवन र दमक नगरपालिकाको कार्यालयमा अस्थायी मतदान केन्द्र रहेको जानकारी दिनुभयो ।

मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धताका लागि कांग्रेसको आह्वान

Nepal Watch | 11 hours ago
काठमाडौं । नेपाली कांग्रेसले मतपेटिका खोल्नुअगाडि प्रधानमन्त्रीका उमेदवारहरूबीच साझा प्रतिबद्धताका लागि आह्वान गरेको छ । केन्द्रीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिका तर्फबाट संयुक्त रूपमा गरेको प्रेसमिटमा मतगणनापूर्व सांसदले गर्ने कामका विषयमा साझा प्रतिबद्धता जाहेर गर्न प्रस्ताव गरेको हो ।

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

Nepal Watch | 11 hours ago
काठमाडौँ -विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ। बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो।

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

Nepal Watch | 13 hours ago
बेरुत, फागुन १८ गते । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको देशबासीलाई आह्वानः होलीको खुसी साट्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔं

Nepal Watch | 18 hours ago
काठमाडौं — सुशीला कार्की ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन (फागुन २१) लाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आज (सोमबार) देशबासीलाई आह्वान गरेकी छन्। उनले देशभरिका नागरिकलाई होलीको खुसी साट्ने सन्देश मार्फत् मतदानमा सहभागी भएर लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउने आग्रह गरेकी छन्।

उपत्यकासहित पहाडमा हर्षोल्लासका साथ होली मनाइँदै, आज सार्वजनिक बिदा

Nepal Watch | 22 hours ago
काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।

प्रतिनिधिसभा निर्वाचन ३ दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

Nepal Watch | 22 hours ago
काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

आजदेखि साताव्यापी सार्वजनिक बिदा, अब २५ गते मात्रै सरकारी कार्यालय खुल्ने

Nepal Watch | 22 hours ago
काठमाडौं । यस वर्ष फागुन महिनाको दोस्रो साता सर्वसाधारणका लागि पर्व र निर्वाचनको विशेष अवसर बनेर आएको छ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएसँगै देशभर उत्सव र निर्वाचनको छुट्टै उत्साह छाएको छ । सरकारले फागुन १८ र १९ गते रङहरूको पर्व होलीका लागि सार्वजनिक बिदा दिएको छ ।

आज मध्यरातिदेखि मौन अवधि, के–के गर्न पाइँदैन ?

Nepal Watch | 22 hours ago
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने आयोगले जनाएको छ ।

Explore news by Category