Nepal Watch
|
4 hours ago
काठमाडौं -काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ । आज कामपाको उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आयव्यय प्रक्षेपण गरेको हो ।
Nepal Watch
|
4 hours ago
चितवन – केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एक दिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैका आँखा रसाए। उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे।
Nepal Watch
|
4 hours ago
काठमाडौँ । काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्। त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारीमा रहेका तीन कैदीबन्दी केही समयपछि कैदमुक्त हुँदै छन्।
Nepal Watch
|
5 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ केन्द्रीय समिति चयन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले बहुमतबाट नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो । नयाँ केन्द्रीय कार्यसमितिको सभापतिमा गगन थापा चुनिएका छन् । त्यस्तै, उपसभापतिहरू दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।
Nepal Watch
|
13 hours ago
काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । कार्यालयले आज विभिन्न अदालतमा रहेका उक्त मुद्दासम्बन्धी अभियोग संशोधन गर्न स्वीकृति दिएको हो ।
Nepal Watch
|
14 hours ago
काठमाडौँ । नेपाली कांग्रेस लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः विभाजित भएको छ । संस्थापन पक्ष (शेरबहादुर देउवा समूह)ले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको अनुशासन उल्लङ्घन गरेको अभियोगमा ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ ।
Nepal Watch
|
17 hours ago
काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । यो काम सम्बन्धित सरकारी वकिलहरूमार्फत हुनेछ । लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।