npl.977 Nepal News Stream

#मुख्य समाचार

Taksar News logo Taksar News

विहीबार कुन राशिको लागि कस्तो छ ?

टक्सार न्युज | 2 hours ago
२०८२ माघ १ गते विहीबारको राशिफल मेष मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन । वृष वृष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ ।
News of Nepal logo News of Nepal

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत चयन

न्युज अफ नेपाल | 6 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा चार दिनसम्म चलेको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा थापालाई निर्विरोध सभापतिमा चयन गरिएको हो। सभापतिमा थापाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएका हुन्।
NepalWatch logo NepalWatch

रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति

Nepal Watch | 6 hours ago
काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्तासम्बन्धी प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । कार्यालयले आज विभिन्न अदालतमा रहेका उक्त मुद्दासम्बन्धी अभियोग संशोधन गर्न स्वीकृति दिएको हो ।
News of Nepal logo News of Nepal

कांग्रेस विशेष महाधिवेशनः मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म

न्युज अफ नेपाल | 6 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा भएको विशेष महाधिवेशनपछि सार्वजनिक निर्वाचन तालिका परिमार्जन गरिएको छ । विशेष महाधिवेशनद्वारा गठित निर्वाचन समितिले नेतृत्व चयनका लागि परिमार्जन गरेको तालिकाअनुसार बिहीबार बिहान २ देखि ५ बजेसम्म मतदान हुने भएको छ ।
NepalWatch logo NepalWatch

लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः फुट्यो कांग्रेस

Nepal Watch | 7 hours ago
काठमाडौँ । नेपाली कांग्रेस लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः विभाजित भएको छ । संस्थापन पक्ष (शेरबहादुर देउवा समूह)ले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको अनुशासन उल्लङ्घन गरेको अभियोगमा ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ ।
KHASOKHAS logo KHASOKHAS

इरानसँग तनाव बढेसँगै अमेरिकाले कतारको एयर बेसबाट आफ्ना कर्मचारीहरू हटाउँदै

खसोखास अमेरिका ब्यूरो | 7 hours ago
इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकी सेनाले सावधानी अपनाउँदै कतारस्थित ‘अल उदेद’ एयर बेसबाट केही गैर-अत्यावश्यक कर्मचारीहरूलाई अन्यत्र सार्न थालेको छ। इरानमा जारी प्रदर्शनहरूलाई लिएर राष्ट्रपति ट्रम्पले सैन्य कारबाही गर्नेबारे विचार गरिरहेका बेला यो कदम चालिएको हो।
News of Nepal logo News of Nepal

दलीय  गठबन्धनले स्थानीय सरकारमा महिला संख्या घट्याे: पूर्वराष्ट्रपति भण्डारी

न्युज अफ नेपाल | 9 hours ago
धादिङ । संविधान, कानूनले महिला सहभागिता ग्यारेन्टी गरेको भएपनि स्थानीय सरकारहरुमा महिलाको संख्या घटेकाे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।
News of Nepal logo News of Nepal

रविविरुद्धको  संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय

न्युज अफ नेपाल | 10 hours ago
काठमाडौँ। महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयलाई स्वीकृति दिएको छ । यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर ती अभियोगहरू फिर्ता हुनेछन् । महान्यायाधिवक्ता कार्यालयले बुधबार चारवटै जिल्लाका अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो ।
News of Nepal logo News of Nepal

कांग्रेस विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

न्युज अफ नेपाल | 11 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनले गुरु घिमिरे र प्रदीप पौडेललाई पार्टीको महामन्त्री चयन गरेको छ। काठमाडौँस्थित भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट उनीहरू महामन्त्री पदमा निर्वाचित भएका हुन्। नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनले युवा नेताद्वय घिमिरे र पौडेललाई महामन्त्रीको जिम्मेवारी सुम्पिएको हो।
Taksar News logo Taksar News

मापदण्ड विपरित भेटिएपछि ‘राेयल असम’ ब्रान्डको चिया बजारबाट फिर्ता लैजान विभागको निर्देशन

टक्सार न्युज | 11 hours ago
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनको क्रममा सङ्कलन गरिएको चिया नमुनामा मापदण्डभन्दा कम तत्व भेटिएपछि राेयल असम ब्रान्डको चिया फिर्ता गर्ने आदेश जारी गरेको छ। विभागका अनुसार मोडर्न इन्डस्ट्रिज टी प्रा. लि., भद्रपुर, झापा., भद्रपुर, झापाबाट उत्पादित व्याच नं.
Taksar News logo Taksar News

न्यूनस्तरको पुष्टि भएपछि ‘मेङ्गो ड्रिङ्क’ बजारबाट फिर्ता गर्न विभागको निर्देशन

टक्सार न्युज | 12 hours ago
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध ‘मेङ्गो ड्रिङ्क’ फिर्ता गर्ने आदेश जारी गरेको छ। विभागका अनुसार बजार अनुगमनको क्रममा सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिएको उक्त पेय पदार्थमा कुल घुलनशील ठोस पदार्थको मात्रा नेपाल सरकारको मापदण्डअनुसार नभेटिएपछि यो निर्णय गरिएको हो। विभागको आदेश अनुसार, हाइजेन प्याक्स नेपाल प्रा.लि.
News of Nepal logo News of Nepal

नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित, देउवा समूहद्वारा गगन–विश्वप्रकाशसहित नेतामाथि पाँच वर्षे कारबाही

न्युज अफ नेपाल | 12 hours ago
काठमाडौं । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको माग सम्बोधन गर्न संस्थापन समूह तयार नभएपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट कारबाही गर्ने निर्णय गरेको छ ।
News of Nepal logo News of Nepal

देउवाको विकल्पमा पूर्णबहादुर वा शेखर जसलाई भए पनि स्वीकार्न तयार थिएँ : गगन थापा

न्युज अफ नेपाल | 13 hours ago
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको जारी विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाको विकल्पमा अन्य नेताहरूलाई स्वीकार गर्न आफू तयार रहेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, “पार्टीलाई निकास दिन देउवाको विकल्प खोज्नुपर्छ भन्ने मेरो अडान हो।
News of Nepal logo News of Nepal

कारबाहीपछि विश्वप्रकाश शर्माले भने- कांग्रेस र देश रूपान्तरणको अभियानबाट पछि हट्दैनौँ

न्युज अफ नेपाल | 13 hours ago
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको कारबाहीका बाबजुद आफूहरू कांग्रेस र देश परिवर्तन गर्ने अभियानमा दृढतापूर्वक अघि बढिरहेको बताएका छन्। नेपाली कांग्रेसले उनलाई तथा अर्का महामन्त्री गगन थापालाई कारबाही गर्ने निर्णय सार्वजनिक गरेलगत्तै शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गरेका हुन्।
News of Nepal logo News of Nepal

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा चर्को नाराबाजी

न्युज अफ नेपाल | 13 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थलमा नाराबाजी सुरू भएको छ। भृकुटीमण्डपस्थित दोस्रो विशेष महाधिवेशनस्थलमा अहिले महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी थालेका छन् । बहुमतको कदर गर, नेपाली जनता के भन्छ, गगन-विश्व ले भन्छ, निरंकुशता मान्दैनौँ जस्ता नाराबाजी उनीहरूले गरिरहेका छन्।
News of Nepal logo News of Nepal

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

न्युज अफ नेपाल | 14 hours ago
काठमाडौँ। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। पार्टीका केन्द्रीय सदस्यहरूका अनुसार तीनै जनामाथि पाँच वर्षका लागि साधारण सदस्यता निलम्बन गर्ने निर्णय गरिएको हो।
Taksar News logo Taksar News

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

टक्सार न्युज | 14 hours ago
काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् ।
News of Nepal logo News of Nepal

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

न्युज अफ नेपाल | 14 hours ago
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा रहेको छ ।
Taksar News logo Taksar News

नर्वे र डब्लुएचओको सहयोगमा नेपाललाई आधुनिक उपकरण तथा तालिम सामग्री हस्तान्तरण

टक्सार न्युज | 15 hours ago
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आपतकालीन स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न नर्वे सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको सहयोग महत्वपूर्ण रहेको बताएकी छिन् ।
News of Nepal logo News of Nepal

कांग्रेस विशेष महाधिवेशन समूहले देउवा पक्षलाई पठाए ८ बुँदे प्रस्ताव

न्युज अफ नेपाल | 15 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग सहमति खोज्ने उद्देश्यसहित ८ बुँदे प्रस्ताव सभापति शेरबहादुर देउवालाई पठाएका छन् । प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावी तयारी गर्नुपर्ने विषय उल्लेख गरिएको छ।

Explore by Source or Category