npl.977 Nepal News Stream

#ताजा अपडेट

Taksar News logo Taksar News

नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिदै गर्दा कित्ताकाट सुरु

टक्सार न्युज | 2 hours ago
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिदै गर्दा यसक्षेत्रका नेताहरू आआफ्नो पक्षमा खुल्न थालेका छन् । महासङ्घमा दुई समूह देखिएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने यो अन्तिम पटक हो । आगामी चैतको अन्तिम हप्ता हुने साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष बन्नेछन् ।
KHASOKHAS logo KHASOKHAS

रियादस्थित अमेरिकी दूतावासमा इरानद्वारा ड्रोन हमला

भवानी प्रसाद पाण्डे | 4 hours ago
साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। उक्त आक्रमण इरानले गरेको दाबी गरिएको छ। साउदी अरेबियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त आक्रमणबाट दूतावासको भवनमा आगलागी भएको र केही भौतिक क्षति पुगेको छ।
KHASOKHAS logo KHASOKHAS

अमेरिकाले भन्यो: इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन दिइने छैन

भवानी प्रसाद पाण्डे | 5 hours ago
अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले इरानमाथिको सैन्य कारबाहीको मुख्य उद्देश्य परमाणु हतियार विकास रोक्नु मात्र रहेको दाबी गरेका छन्। उनले इरानमा कसले शासन गर्छ भन्ने विषय त्यहाँका जनताको निर्णय भएको बताउँदै अमेरिकाको चासो भनेको उसको परमाणु कार्यक्रमलाई निस्तेज पार्नु रहेको स्पष्ट पारे। अमेरिकाले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने अडान भान्सले पुनः दोहोर्‍याएका छन्।
KHASOKHAS logo KHASOKHAS

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकाको चेतावनी

भवानी प्रसाद पाण्डे | 5 hours ago
अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका आफ्ना नागरिकलाई “गम्भीर सुरक्षा जोखिम” का कारण ती देशहरू तत्काल छाड्न आग्रह गरेको हो। बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाले आफ्ना नागरिकका लागि यस्तो ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ।
KHASOKHAS logo KHASOKHAS

अष्टिन गोलीकाण्ड: आतंकवादसँग सम्बन्धित हुनसक्ने भन्दै एफबीआईको अनुसन्धान केन्द्रित

भवानी प्रसाद पाण्डे | 6 hours ago
अमेरिकाको अष्टिन सहरमा भएको गोलीकाण्ड आतंकवादी घटना हुनसक्ने भन्दै संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान तीव्र बनाएको छ। एफबीआईले यस घटनामा आतंकवादसँग सम्बन्धित सम्भावित कोणबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। शंकास्पद व्यक्तिको गाडी र घरबाट केही यस्ता सामग्री फेला परेका छन्, जसले “आतंकवादसँग सम्भावित सम्बन्ध” रहेको संकेत गर्ने अधिकारीहरूको भनाइ छ।
KHASOKHAS logo KHASOKHAS

आगामी दशैंमा बिहे गर्ने योजनामा थिए दिवस, इरानी ड्रोन आक्रमणमा परी दुबईमै अस्ताए 

रासस (RSS) | 16 hours ago
घरको आर्थिक अवस्था सुधार्न ४ वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए । गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए ।

Explore by Source or Category