npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

हाइजेनको म्याङ्गो ड्रिंक्स र मोडर्नको रोयल असम चियामा न्यून गुणस्तर, बजारबाट फिर्ता गर्न निर्देशन

Sarala Subedi 5 hours ago

काठमाडौं। नमुना परीक्षणमा न्यून गुणस्तरको पाइएका झापाका दुई कम्पनीका म्याङ्गो ड्रिंक्स र चियाका सम्बद्ध ब्याच बेचबिखन रोकेर बजारबाट फिर्ता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको छ।

झापाको हाइजेन प्याक्स नेपालद्बारा उत्पादित २०० एमएलको एनएमआर१०७एमएल ब्याचको म्याङ्गो ड्रिंक्स र मोडर्न टी इन्डस्ट्रिजको ‘रोयल असम’ ब्राण्डको ५०० ग्रामको ब्याच डब्ल्युसी३३०पी चिया न्यूनस्तरको भेटिएको हो। प्रयोगशालामा परीक्षण गर्दा दुवैमा न्यून गुणस्तर भएको भेटिएपछि बजारमा बेचबिखन नगर्न भनिएको विभागले जनाएको छ।

विभागका अनुसार हाइजेन प्याक्सको म्याङ्गो ड्रिंक्समा कुल घुलनशील ठोस पदार्थको मात्रा सरकारले तोकेको अनुसार नभएको पाइएको छ। हाइजेन प्याक्सको उद्योग झापाको कमल गाउँपालिका-२ मा छ। उद्योगले इनर्जी ड्रिंक्स र जुस उत्पादन गर्दै आएको छ।

त्यस्तै, मोडर्न टी इन्डस्ट्रिजले उत्पादन गरेको रोयल असम ब्राण्डको ५०० ग्रामको चियामा उद्दत तत्व (एक्टिभ इन्ग्रेडिएन्ट्स्)को मात्रा मापदण्ड बमोजिम नभएको पाइएको विभागले जनाएको छ। दीनेश सरिया निर्देशक रहेको उद्योग मोर्डन टीको प्रशोधन कारखाना झापाको महेशपुरमा छ।

विभागले ब्याच नम्बर तोकेर दुवै उद्योगलाई आफ्ना उत्पादन बजारबाट तत्काल फिर्ता लैजान भनेको छ।

The post हाइजेनको म्याङ्गो ड्रिंक्स र मोडर्नको रोयल असम चियामा न्यून गुणस्तर, बजारबाट फिर्ता गर्न निर्देशन appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category