RONB post
सिमलताल नजिकै भेटिएको बस डेढ वर्षअघि हराएको ‘गणपति डिलक्स’
काठमाडौं । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बस डेढ वर्षअघि हराएको गणपति डिलक्स भएको पुष्टि भएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो ।
उत्खनन गर्दै जाँदा मंगलबार डेढ वर्षअघि त्रिशूली नदीमा खसेको दुईवटा बस मध्ये एक गणपति डिलक्स भएको पुष्टि भएको हो ।सशस्त्र प्रहरी बलको टोलीले तीन दिनदेखि निरन्तर उत्खनन गरिरहेको छ ।
२०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।
दुबै बसका ६५ यात्रुसहित बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर भने माथि आएका थिए । अरू सबै बससँगै बगेका थिए । दुर्घटनामा परेका मध्ये केहीको मात्रै शव फेला परेको थियो ।
The post सिमलताल नजिकै भेटिएको बस डेढ वर्षअघि हराएको ‘गणपति डिलक्स’ appeared first on RONB post.