RONB post
विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा व्यस्त रहेको नेपालले श्रीलंका ‘ए’ विरुद्ध खेल्ने भएको छ ।
हाल रुपन्देहीको एक्स्ट्राटेक ओभलमा अभ्यास गरिरहेको नेपालले सुरुमा श्रीलंका जानेछ। नेपाल र श्रीलंका ‘ए’ बीचको खेल २० जनवरीमा तोकिएको छ ।
यस्तै, यी दुई टिमले २२ र २४ जनवरीमा पनि खेल्ने छन् । श्रीलंकामा रहँदा नेपालले १९, २१ र २५ जनवरीमा अभ्यास गर्नेछ ।
त्यहाँ एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई आउनेछ। त्यहाँ रहँदा नेपालले एमसिए प्रेसिडेन्ट–११ अर्थात् मुम्बई क्रिकेट एसोसियसन–११ सँग दुईवटा अभ्यास म्याच खेल्ने तालिका छ ।
ती दुईवटा खेल २९ र ३१ जनवरीमा हुने छन् । अभ्यासपछि नेपालले ८ फेब्रुअरीमा विश्वकपको पहिलो म्याच खेल्नेछ । त्यस खेलमा नेपालले इंग्ल्याण्डको सामना गर्नेछ ।
The post विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने appeared first on RONB post.