npl.977 Nepal News Stream

Sutra News logo Sutra News

‘जारी-२’, ‘मन बिनाको धन’ र ‘जेरी अन टप’ मध्ये सबैभन्दा बढी कमाई कसको ?

सुत्र न्युज 5 hours ago

 

 

काठमाडौं । नेपाली चलचित्र ‘परान’ले प्रदर्शन सुरु भएको महिनाभित्रै आफ्नो बलियो बक्सअफिस गति कायम राख्दै १६ करोडभन्दा माथिको ग्रस कलेक्सनमा पुगेको छ।

शनिबार रातिसम्म फिल्मको जम्मा कलेक्सन १६ करोड १६ लाख रुपैयाँ नाघेको बक्सअफिस तथ्यांकले देखाउँछ।

पछिल्लो सातामात्रै फिल्मले थप २ करोड रुपैयाँ कमाई जोडेको छ। अघिल्लो शनिबार ‘परान’को कलेक्सन १४ करोड १६ लाख रुपैयाँ रहेको थियो।

कात्तिक १४ गतेदेखि चलिरहेको यो फिल्ममा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा र अञ्जना बराइलीलगायत कलाकारको दमदार अभिनय छ। फिल्मको लेखन तथा निर्देशन दीपक आचार्यले गरेका हुन्।

‘जारी–२’

चलचित्र विकास बोर्डका तथ्यांकअनुसार, कात्तिक २१ गते रिलिज भएको ‘जारी–२’ ले हालसम्म ६ करोड १९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। अघिल्लो हप्तासम्म यो रकम ५ करोड ५९ लाख थियो।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्।

‘मन बिनाको धन’

अशोक दर्जी प्रमुख भूमिकामा रहेको चलचित्र ‘मन बिनाको धन’ ले प्रदर्शन अवधि भित्र ३ करोड ७४ लाख रुपैयाँ कमाई गरेको छ। फिल्मको निर्देशन टंक बुढाथोकीले गरेका हुन्।

‘जेरी अन टप’

अनमोल केसी अभिनीत ‘जेरी अन टप’ ले लगातार राम्रो व्यापार गर्दै १२ करोड २३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

सुयोग गुरुङ निर्देशित यस फिल्ममा अनमोलसँगै भूवन केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरेको पनि मुख्य भूमिका छ।

Read more news from Sutra News

Explore by Source or Category