विप्लव र मिराज ढुंगानाबिच ४ बुँदामा एकता
इन्द्र कमल रोक्का
|
5 hours ago
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाको समूहबिच एकताको सहमती पत्रमा हस्ताक्षर भएको छ । बिहीबार माइतीघरमा दुई पक्षबिच ४ बुँदे सहमति भएको हो ।
नेकपा (माओवादी)का महासचिव विप्लव र जेन जी अभियन्ता ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने, जेनजी विद्रोहका माग पुरा गर्न संघर्ष गर्ने माग समेटिएको छ ।