नबिल बैंकको अडिटरमा पुन: भारी, ४४ लाख १२ हजारमा लेखा खोतल्ने जिम्मेवारी !
Manjila Pandey
|
6 hours ago
काठमाडौँ। नबिल बैंकको लेखापरीक्षणमा ज्ञानेन्द्र बहादुर भारी नियुक्त भएका छन्। बैंकको ४१औं वार्षिक साधारण सभाले उनलाई लेखापरीक्षणमा पुन: नियुक्त गरेको हो।
चालु आर्थिक वर्ष २०८२-८३ को लेखापरीक्षण गर्ने जिम्मा बीआरएस न्यौपाने एण्ड कम्पनीका भारीले पाएका छन्।
बैंकको लेखापरीक्षणमा नियुक्त भएका उनले भ्याटसहित ४४ लाख १२ हजार ६५० रुपैयाँ पारिश्रमिक पाउने भएका छन्।